सिक्किम आम निर्वाचन, सन् १९५८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिक्किम आम निर्वाचन, सन् १९५८

← १९५३ १९५८ १९६७ →

सिक्किम राज्य परिषद्मा १४ सीटहरू
  बहुमत दल अल्पमत दल
 
दल सिक्किम राज्य काङ्ग्रेस सिक्किम राष्ट्रिय पार्टी
अघिल्लो निर्वाचन
प्राप्त सिट

सन् १९५८ मा सिक्किममा आम निर्वाचन भएको थियो। सिक्किम राज्य काङ्ग्रेस सबैभन्दा ठुलो पार्टीको रूपमा उभियो, २० मध्ये सात सीटहरू जित्यो। मतदाता झण्डै ३५ प्रतिशत रहेको थियो।[१]

निर्वाचन प्रणाली[सम्पादन गर्नुहोस्]

राज्य परिषद्को स्थापना सन् १९५३ मा छोग्यालले गरेका थिए। यसमा सुरुमा १८ जना सदस्य हरू थिए, जसमध्ये १२ जना निर्वाचित भएका थिए र छ जना (राष्ट्रपति सहित) छोग्यालद्वारा नियुक्त भएका थिए। निर्वाचित १२ जनामध्ये ६ जना नेपाली समुदायका र ६ जना लेप्चाभुटिया समुदायका थिए। सन् १९५८ को निर्वाचनका लागि सिट सङ्ख्या बढाएर २० पुर्याइएको थियो। सङ्घाको लागि एक सीट थपियो, एक अनारक्षित सीटको साथ।[२]

परिषद्को निर्वाचनका लागि उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष र मतदानको उमेर २१ वर्ष तोकिएको थियो। निर्वाचनका लागि करिब ५५ हजार मतदाताले नाम दर्ता गराएका थिए।[१]

नतिजा[सम्पादन गर्नुहोस्]

दलSeats
भुटिया-लेप्चानेपालीअन्यकुल+/–
सिक्किम राज्य काङ्ग्रेस+१
सिक्किम राष्ट्रिय पार्टी
स्वतन्त्र+१
नियुक्त सदस्यहरू
जम्मा२०+२
स्रोतह्यामलेट बरेह

निर्वाचन क्षेत्र अनुसार[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र आरक्षण नाम राजनीतिक दल
गान्तोक भुटिया-लेप्चा सोनम छिरिङ लेप्चा
केसाङ वाङ्दी
सिक्किमे नेपाली नरेन्द्रनर सिंह सिक्किम राज्य काङ्ग्रेस
उत्तर-मध्य भुटिया-लेप्चा मार्टम टोप्डेन
तेन्दुप भुटिया
सिक्किमे नेपाली नहकुल प्रधान सिक्किम राज्य काङ्ग्रेस
नाम्ची भुटिया-लेप्चा काजी नोर्बु वाङ्दी
सिक्किमे नेपाली सङ्घमान राई सिक्किम राज्य काङ्ग्रेस
काशीराज प्रधान
१० पेमायाङत्से भुटिया-लेप्चा गादेन टाशी
११ सिक्किमे नेपाली शेरबहादुर गुरुङ सिक्किम राज्य काङ्ग्रेस
१२ भुजित मुखिया
१३ सामान्य सामान्य चाक्सुङ भुटिया
१४ सङ्घ ल्हारिपा रिन्जिङ लामा सिक्किम राष्ट्रिय पार्टी
स्रोत: सिक्किम दरबार राजपत्र[३][४]

नियुक्त सदस्यहरू[सम्पादन गर्नुहोस्]

निर्वाचित सदस्यहरूका अतिरिक्त, १५ मार्चमा छोग्यालद्वारा सिक्किम राज्य परिषद्मा अन्य छ जनालाई नियुक्त गरिएको थियो; राईबहादुर डेन्सापा, रेभ. छोटुक छिरिङ पाजो, इन्द्रप्रसाद सुब्बा, भैरवबहादुर लाम्छाने, अटलसिंह देवान र माननीय लेफ्टिनेन्ट प्रेमबहादुर बस्नेत।

कार्यकारी परिषद्[सम्पादन गर्नुहोस्]

कार्यकारी परिषद्लाई निर्वाचित सदस्यहरू मध्येबाट छनोट गरिएको थियो, सिक्किमका दीवान, जो यसका अध्यक्ष थिए:

नाम जिम्मेवारी
नारीखुर्शिद रुस्तमजी राष्ट्रपति
काशीराज प्रधान वरिष्ठ कार्यकारी पार्षद
मार्टम टोप्डेन कार्यकारी पार्षद
नहकुल प्रधान उपकार्यकारी पार्षद
नोर्बु वाङ्दी उपकार्यकारी पार्षद
चुक्सुङ भुटिया उपकार्यकारी पार्षद
स्रोत: कार्यकारी परिषद्को कार्यविधि[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Hamlet Bareh (2001) Encyclopaedia of North-East India: Sikkim Mittal Publications, p17
  2. Tashi Namgyal (१६ मार्च १९५८), "Proclamation of His Highness Sir Tashi Namgyal, KCSI, KCIE, Maharaja of Sikkim, Dated the 16th March, 1958", पृ: १०२, अन्तिम पहुँच १६ जुन २०२१ 
  3. "Results of elections - 1958", Sikkim Darbar Gazette 8 (7), डिसेम्बर १९५८। 
  4. Pem Choden Tenzing (July 2019). Monarchy to Democracy Understanding Political Development in Sikkim, 1970-1994 (Thesis). pp. 149. http://dspace.cus.ac.in/jspui/handle/1/6961. अन्तिम पहुँच मिति: 17 June 2021.  वेब्याक मेसिन अभिलेखिकरण १६ जुन २०२१ मिति
  5. N. K. Rustomji (७ अप्रिल १९५९), "Proceedings of the Executive Council - 7th April, 1959", पृ: ९४, अन्तिम पहुँच २२ जुन २०२१