सिता कुमारी पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिता कुमारी पौडेल
व्यक्तिगत विवरण
जन्मविरेन्द्रनगर गा.वि.स.६,पाक्डी बास,चितवन
राजनीतिक दलनेकपा-एमाले
सन्तान(हरू)

सिता कुमारी पौडेल

पार्टी संगठित सदस्यका रूपमा २०३५ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी सीता कुमारी पौडेल समानुपातिकतर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। राजनीतिप्रति उहाँको रुचि भने २०२७ सालमा, सात कक्षा पढ्दै गर्दा विद्यार्थी सङ्गठनको सदस्यता लिएदेखि नै प्रारम्भ भएको थियो। ५२ वर्षीय पौडेल हाल एमाले राष्ट्रिय परिषद सदस्य, केन्द्रीय महिला विभाग सदस्य र संसदीय महिला विभाग सदस्य हुनुहुन्छ। यस अघि उहाँले अखिल नेपाल महिला संघको दुई कार्यकाल सम्म महासचिवको जिम्मेदारी सम्हालिसक्नुभएको छ। चितवन वीरेन्द्रनगर निवासी पौडेल संघको जिल्ला अध्यक्ष र एमाले अञ्चल कमिटी सदस्य समेत रहिसक्नुभएको छ। राजनीतिका संघर्षका क्रममा उहाँ चार महीना भूमिगत बस्नुभएको थियो भने २०४१को शिक्षक आन्दोलनमा महिना दिन जेल पर्नुभएको थियो। २०५६को संसदीय निर्वाचनमा उहाँ चितवन क्षेत्र नं. २बाट एमालेका प्रत्यासी हुनुहुन्थ्यो। अध्ययन र साहित्यको सृजनामा अभिरुचि राख्‍ने पौडेलका फुटकर रचना, खास गरी कविताहरू प्रकाशित हुदै आएका छन्। उहाँले आई.ए. सम्मको अध्ययन गर्नुभएको छ र १५ वर्ष अध्यापन समेत गर्नुभएको छ। लामो राजनीतिक संघर्ष र सैद्धान्तिक निरन्तरताले आफूलाई संविधानसभामा सभासद बन्न मद्दत पु्‍र्‍याएको ठान्ने पौडेलले संविधानसभामा प्रमुखतासाथ दुई मुद्दा उठाउने संकल्प गर्नुभएको छ- क. राज्यका सबै अङ्‍गमा सबैको समान पहुँच हुनुपर्ने, ख. मुलुकको दिगो विकासका निम्ति अर्थिक, सामाजिक विकासको मार्ग प्रशस्त हुनुपर्ने।[१]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]