सिनेमा हल
Jump to navigation
Jump to search

स्पेनको म्याड्रिडमा अवस्थित आधुनिक सिनेमा हल
सिनेमा हल चलचित्र प्रदर्शनको लागि निर्माण गरिएको ठुलो सभाकक्ष सहितको भवन हो। सामान्यतया सबै सिनेमा हल व्यबसायिक रूपमा सञ्चालन गरिएका हुन्छन जसमा चलचित्र हेर्नका लागि सर्वसाधारण नागरिकहरूले टिकट खरिद गर्नुपर्छ। तर केही सिनेमा हलहरू गैर-नाफामुलक संस्था वा समाजले सञ्चालन गरिरहेका हुन्छन् जसमा चलचित्र हेर्नका लागि सदस्यता शुल्क तिरेर सदस्य बन्नुपर्ने हुन्छ।
सिनेमा हलमा चलचित्र मुभी प्रोजेक्टरको माध्यमबाट सभाकक्षको अगाडि ठूलो प्रोजेक्शन स्क्रिनमा देखाइने गरिन्छ तथा संवाद, ध्वनी र सङ्गीत भित्तामा राखिएको स्पिकरहरू मार्फत बजाइन्छ।
इतिहास[सम्पादन गर्ने]
सिनेमा हल पहिलेका रङ्गमञ्चको आधुनिक रूप हो। विश्वको पहिलो व्यबसायिक सिनेमा हल २८ डिसेम्बर १८९५ मा स्थापित फ्रान्सको पेरिसमा रहेको ग्रान्ड क्याफेमा रहेको सालोन इन्डेन हो।[१]
बनावट[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "First movie theatre", www.guinnessworldrecords.com (अङ्ग्रेजीमा), गिनिज वर्ल्ड रेकर्ड्स, अन्तिम पहुँच २१ सेप्टेम्बर २०२०।
बाह्य कडीहरू[सम्पादन गर्ने]
विकिमिडिया कमन्समा सिनेमासँग सम्बन्धित मिडिया छन्
- Movie theaters early users of air conditioning – Pantagraph (Bloomington, Illinois newspaper)