सिम्फोनी (क्लिन बान्डिटको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"सिम्फोनी"
सरा लारसनको विशेषत रहेको क्लिन बान्डिटको गीतको एकल
सार्वजनिक१७ मार्च २०१७ (2017-03-17)
ढाँचा
किसिम
लम्बाई:३२
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
क्लिन बान्डिट एकल कालक्रम
"रकबाई"
(सन् २०१६)
"सिम्फोनी"
(२०१७)
"डिसकनेक्ट"
(सन् २०१७)
सरा लारसन कालक्रम
"सो गुड"
(सन् २०१७)
"सिम्फोनी"
(सन् २०१७)
"डन्ट लेट मि बि योर्स"
(सन् २०१७)
साङ्गीतिक भिडियो
"सिम्फोनी" युट्युबमा हेर्नुहोस्

सिम्फोनी बेलायती साङ्गीतिक समूह क्लिन बान्डिटको गीत हो जसमा स्वर स्विडेनी गायिका सरा लारसनको रहेको छ। यो क्लिन बान्डिटको तेस्रो गिती सङ्ग्रह, ह्वाट इज लभ? (सन् २०१८) मा समावेश तेस्रो गीत हो। गीतलाई सरा लारसनको दोस्रो गिती सङ्ग्रह, सो गुड (सन् २०१७) मा समावेश छैटौँ गीतको रूपमा पनि सार्वजनिक गरिएको थियो।[२][४][५] गीत बेलायती एकल साङ्गीतिक तालिकामा शीर्ष स्थानमा आएको थियो जहाँ गीत शीर्ष स्थानमा आएको उनको पहिलो र क्लिन बान्डिटको तेस्रो हो। संयुक्त अधिराज्य बाहिर, यसले उनको गृह देशको तालिकामा शीर्ष स्थानमा आएको थियो भने यो छिमेकी देश नर्वेमा पनि शीर्ष स्थानमै रहेको थियो।

यसको सम्पादित संस्करणलाई, बिबिसीको क्रिसमस लक्षित छोटो चलचित्रमा प्रयोग गरिएको थियो भने दुबै संस्करणको गीतलाई डिसेम्बर २०१७ मा बीबीसी वानमा प्रसारित गरिएको थियो।[६] यसको कभर गीत, चलचित्र र टेलिभिजन कलाको बेलायती एकेडेमी पुरस्कार विजेता अभिनेत्री सुरेन जोन्सद्वारा जारी गरिएको थियो।

दृश्य[सम्पादन गर्नुहोस्]

गीतको साङ्गितीक दृश्यलाई १७ मार्च २०१७ मा, क्लिन बान्डिटको युट्युब खाता मार्फत सार्वजनिक गरिएको थियो। यसलाई क्लीन बन्दितकी सदस्यहरू ग्रेस चट्टो र ज्याक प्याटरसनले निर्देशन गरेका थिए र लारसनलाई क्लिन बान्डिट र साङ्गितीक दल समर्थनमा चम्किलो पोशाकमा प्रस्तुत गरिएको छ जहाँ भावनात्मक कहानीको सुरुवात गरिएको छ। जुलाई २०२० सम्म, यसले युट्युबमा ९६ करोड अवलोकन प्राप्त गरिसकेको थियो।[७]

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

१८ मार्च २०१८ मा, क्लिन बान्डिट र लारसनले गीतको पहिलो प्रत्यक्ष प्रस्तुति, द भ्वाइस अफ युकेमा दिएका थिए[१] भने २१ अप्रिल २०१७ मा, उनीहरूले द टुनाइट सो स्टेरिङ जिम्मी फलोन नामक एक कार्यक्रममा पनि प्रत्यक्ष प्रस्तुति दिएका थिए।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Lee, Christina (१९ मार्च २०१७), "Clean Bandit & Zara Larsson Perform "Symphony" On 'The Voice UK': Watch", Idolator, अन्तिम पहुँच ७ अप्रिल २०१७ 
  2. २.० २.१ "Zara Larsson Drops 'Symphony' Music Video with Clean Bandit From Her New Album – KiSS 92.5", १८ मार्च २०१७, अन्तिम पहुँच १ अगस्ट २०१७ 
  3. Time Mazagine - Zara Larsson Is a Pop Star Who's About More Than Just the Music (29th January 2019)
  4. Copsey, Rob (१७ मार्च २०१७), "Clean Bandit's release new single Symphony with Zara Larsson: Listen, stream, lyrics", आधिकारिक साङ्गिती तालिका कम्पनी, अन्तिम पहुँच १८ मार्च २०१७ 
  5. "So Good by Zara Larsson on Apple Music", आइट्युन्स, अन्तिम पहुँच १८ मार्च २०१७ 
  6. "BBC - BBC One celebrates spending Christmas together in its 2017 short film – Media Centre", www.bbc.co.uk, २ डिसेम्बर २०१७। 
  7. Clean Bandit (१७ मार्च २०१७), "Clean Bandit - Symphony feat. Zara Larsson [Official Video]", अन्तिम पहुँच २९ जुन २०१७ – युट्युबद्वारा। 
  8. Christina Lee (२२ अप्रिल २०१७), "Clean Bandit & Zara Larsson Perform "Symphony" On 'The Tonight Show': Watch", आइडोलेटर, अन्तिम पहुँच १३ मे २०१७ 

ढाँचा:क्लिन बान्डिट