क्लिन बान्डिट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्लिन बान्डिट
सन् २०१६ मा, प्रस्तुति दिँदै
व्यक्तिगत विवरण
उत्पत्तिक्याम्ब्रिज, क्याम्ब्रिजसायर, इङ्ल्यान्ड
विधा
सक्रिय वर्षसन् २००८–हाल
लेबल
सहयोगी
वेबसाइटcleanbandit.co.uk
सदस्यहरू
  • ग्रेस चट्टो
  • जेक प्याटरसन
  • लुक प्याटरसन
पूर्व सदस्य(हरू)
  • स्सेगावा-स्सेकिन्तु किवानुकु[१]
  • निल अमिन-स्मिथ[२]

क्लिन बान्डिट (/bændɪt/ ban-dɪ-t), एक बेलायती विद्युतीय साङ्गीतिक समूह हो जसको गठन सन् २००८ मा, बेलायतको क्याम्ब्रिजमा भएको थियो। सन् २०२० सम्म, समूहको सदस्यमा, ग्रेस चट्टो र दाजुभाइ जेक र लुक प्याटरसन समावेश थिए। उनीहरूका प्रायःजसो परियोजनाहरू दुबै शास्त्रीय र नृत्य सङ्गीतको तत्त्वहरूलाई समाहित गर्दछ जुन अतिथि गायकहरू/गायिकाहरूको विशेषताका लागि परिचित छन्। उनीहरूको उल्लेखनीय सहयोगीहरूले मारिना, डेमी लोभाटो, जेस ग्लेन, एनी मेरी, सिन पल, सरा लारसन, जुलिया माइकल्स, लुइस फोन्सी, एली गोल्डिङ र माबेल सामेल छन्।[३]

समूहले उनीहरूको पहिलो गीत ए+इ सन् २०१२ मा सार्वजनिक गरेका थिए र यसको लगत्तै सन् २०१३ मा समूले "मोजार्ट्स हाउस" नामक गीत सार्वजनिक गरेको थियो जुन गीत पछि बेलायती एकल साङ्गितिक तालिकाको १७औँ स्थानमा आएको थियो। जनवरी २०१७ मा, उनीहरूको गायिका जेस ग्लेनको साथ उनीहरूको पहिलो शीर्ष स्थान हासिल गर्न सफल गीत "र्‍यादर बी" जारी गरेका थिए।[४] गीत अमेरिकी बिलबोर्ड हट १००मा शीर्ष स्थानान पुगेको थियो र सन् २०१५ मा, यसले उत्कृष्ट नृत्य गीतको तर्फबाट ग्रामी पुरस्कार प्राप्त गरेको थियो।[५] समूहले जुन २०१४ मा, पहिलो गिती सङ्ग्रह न्यु आइज जारी गरेका थिए जसले बेलायती ध्वन्यात्मक उद्योगबाट स्वर्ण प्रमाणपत्र प्राप्त गरेको थियो। सन् २०१७ मा, गायक सान पल र बेलायती गायिका एन मेरीको सहयोगमा, "रकबाई" नाम गीत जारी गरेका थिए जहाँ गीत बेलायती साङ्गितीत तालिकाको शीर्ष स्थान प्राप्त गरेको थियो जहाँ यो तालिकाको शीर्ष स्थानमा पुगेको दोस्रो गीत हो। गीत विभिन्न देशहरूको साङ्गिती तालिकाको शीर्ष स्थानमा पुगेको थियो जहाँ यो बिलबोर्ड १०० मा, ९औँ स्थानमा पुगेको थियो। स्विडेनी गायिका सरा लारसनको सहयोगमा समूहले सन् २०१७ मा, "सिम्फोनी जारी गरेको थियो जहाँ गीत पुन: तालिकाको शीर्ष स्थानामा पुगेको थियो।[६] उनीहरूको दोस्रो गिती सङ्ग्रह, ह्वाट इन लभ? नोभेम्बर २०१८ मा, सार्वजनिक गरिएको थियो। सन् २०१६ सम्म, क्लिन बान्डिटले १ करोड ३० लाख एकल र १० लाख ६० हजार गिती सङ्ग्रह बिक्री गर्न सफल भएका छन्।[७]

साङ्गितीक शैली[सम्पादन गर्नुहोस्]

क्लिन बान्डिट विद्युतीय[८], विद्युतीय-पप[९], र नृत्य-पप साङ्गीतिक समूह हुन्।[१०] समूहले मोजार्ट र सोस्तकोभिच जस्ता सङ्गीतकारहरूद्वारा शास्त्रीय सङ्गीत टुक्राको साथ विद्युतीय सङ्गीतहरू प्रस्तुत गर्दछ।[११]

राजनितिक समर्थन[सम्पादन गर्नुहोस्]

मे २०१७ मा, क्लिन बान्डिटले सन् २०१७ को बेलायतीको आम चुनावमा बेलायती श्रमिक दल र जेरेमी कर्बिनको समर्थन गरेका थिए।[१२] जुनमा, समूहले बर्मिङ्घममा श्रमिक दलको विशाल प्रदर्शनलाई समर्थन गरेको थियो।[१३]

जुन २०१८ मा, समूहले लन्डनमा श्रमिक दलको समर्थनमा एक उत्सवमा प्रस्तुति दिएको थियो।[१४]

नोभेम्बर २०१९, मा, समूहले सन् २०१९ को बेलायतको आम चुनावमा श्रमिक दललाई समर्थन गरेको थियो। डिसेम्बर २०१९ मा, अन्य प्रमुख सांस्कृतिक व्यक्तित्वहरूको साथमा, समूहले एक पत्रमा हस्ताक्षर गरेको थियो[१५][१६] जसमा "जेरेमी कोर्बिनको नेतृत्वमा बेलायती श्रमिक दलको चुनावी घोषणापत्रले एक परिवर्तनकारी योजना प्रदान गर्दछ जुन निजी नाफा भन्दा केहीको निहित स्वार्थहरूलाई प्राथमिकता दिन्छ" भनेर लेखिएको थियोे।[१७][१८]

सन् २०२० श्रमिक दलको नेतृत्वको चुनावमा उनीहरूले रेबेका लङ-बेलीलाई समर्थन गरेका थिए।[१९]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

वर्तमान सदस्यहरू

  • ग्रेस चट्टो – सेलो वाधक, किबोर्ड वाधक, स्वर (सन् २००८–हाल)
  • जेक प्याटरसन – किबोर्ड, स्वर, पियानो, बेस, गितार, भोइलिन, निर्माता, डिजे, साक्सोफोन (सन् २००८–हाल)
  • लुक प्याटरसन – ड्रम वाधक (सन् २००८–हाल)

हालका साङ्गितिक कार्यक्रम सहयोगीहरू

  • स्टेफिनी बेनेडेटी – भोइलिन (सन् २०१६–हाल)
  • यासमिन ग्रसन – स्वर (सन् २०१६–हाल)
  • क्रिस्टेन जोय – स्वर (सन् २०१६–हाल)
  • स्याम स्किरो – बेस (सन् २०१७–हाल)[२०]
  • डान प्रेस्ली – गितार (सन् २०१८–हाल)

पूर्व सदस्यहरू

  • निल अमिन-स्मिथ – भोइलिन, पियानो (सन् २००८–२०१६)
  • स्सेगावा-स्केकिन्तु किवानुका – स्वर (सन् २००८–२०१०)

पूर्व साङ्गितीक कार्यक्रम सहयोगीहरू

  • प्याट्रिक ग्रिनबर्ग – बेस (सन् २०१०–२०१६)
  • साइमोन मार्लिन – गितार (सन् २०१०–२०१६)
  • ब्राइमाह कन्नेह-मासन – भोइलिन (सन् २०१६–२०१७)
  • निक्की सिस्लिन – स्वर (सन् २०१२–२०१३)
  • फ्लोरेन्स रलिङ्ग्स– स्वर (सन् २०१३–२०१६)
  • एलिजावेथ ट्रोय – स्वर (सन् २०१३–२०१६)
  • एजिन्मा – भोइलिन (सन् २०१७)
  • डेभिड जेन – ड्रम वाधक (सन् २०१८)[२१]
  • टम भ्यारेल – गितार (सन् २०१७)
  • मोलि फ्लेचर – भोइलिन (सन् २०१८)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Parrish, Charlie (२१ जुलाई २०१५), "Clean Bandit on Cambridge, being shameless, and turning down MI6" – टेलिग्राफद्वारा। 
  2. "Clean Bandit's Neil Amin-Smith just quit the band", पिङ्क न्युज 
  3. "Clean Bandit: il (super) successo della normalità", Rolling Stone Italia (इटालेलीमा), ६ gennaio २०१८, अन्तिम पहुँच १५ marzo २०१९ 
  4. "Meghan Trainor, Tove Lo, Clean Bandit Hit Top 10", बिलबोर्ड, अन्तिम पहुँच १ अक्टोबर २०१४ 
  5. "Grammys 2015: Complete list of winners and nominees", लस एन्जलस टाइम्स, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५ 
  6. "Clean Bandit", बिलबोर्ड, अन्तिम पहुँच १७ जुन २०१७ 
  7. "UK TRIO CLEAN BANDIT RELEASE THEIR NEW SINGLE "ROCKABYE" FEAT. SEAN PAUL AND ANNE-MARIE!", वार्नर सङ्गीत क्यानडा, २४ अक्टोबर २०१६, मूलबाट २० डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २०१६ मिति
  8. * Moser, John J., "REVIEW: Clean Bandit in Philly would 'Rather Be' disco than classical", द मर्निङ कल, ट्रिब्युन पब्लिसिङ, अन्तिम पहुँच १५ डिसेम्बर २०१६ 
  9. *Cridlin, Jay, "With 'Rather Be,' Clean Bandit leading a retro dance revolution", टाम्पा बे टाइम्स, टाम्पा बे टाइम्स, अन्तिम पहुँच १४ डिसेम्बर २०१६ 
  10. "Clean Bandit: A classical approach to pop music", बिबिसी समाचार, २६ मे २०१४। 
  11. Milne, Oliver (८ जुन २०१७), "Who are celebrities voting for in 2017 General Election? The A-Z of famous names supporting Labour, the Tories, the Lib Dems and Greens", डेली मिरर, अन्तिम पहुँच १४ जुन २०१७ 
  12. Elkes, Neil; Campbell, Darren; Cannon, Matt (६ जुन २०१७), "Recap - Jeremy Corbyn in Birmingham: Live updates as Labour holds major rally today - two days before General Election 2017", ब्रिमिङ्घम मेल (Birmingham), अन्तिम पहुँच १४ जुन २०१७ 
  13. "Clean Bandit's Grace Chatto On Labour Live, Jeremy Corbyn And Empowering New Single, 'Solo'", हफपोस्ट बेलायत (अङ्ग्रेजीमा), २०१८-०६-२१, अन्तिम पहुँच २०१९-११-२१ 
  14. Bandit, Clean [@cleanbandit] (२०१९-११-२०), "REGISTER TO VOTE BEFORE Tue Nov 26 www.gov.uk/register-to-vote …. Share or create your own version of ‘why I’m voting labour’ using #WantChangeVoteLabour. Vote tactically if you're in a marginal using www.tactical.vote, other sites are dishonest. Pass this on!" (ट्विट) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ नोभेम्बर २०१९ट्विटरद्वारा। 
  15. Speare-Cole, Rebecca (१४ नोभेम्बर २०१९), "General election 2019: Pop stars and actors rally behind Jeremy Corbyn, calling him 'last stand' for England", इभिनिङ स्ट्यान्डर्ड (लन्डन), अन्तिम पहुँच २७ नोभेम्बर २०१९ 
  16. "Vote for hope and a decent future", द गार्जियन, ३ डिसेम्बर २०१९, अन्तिम पहुँच ४ डिसेम्बर २०१९ 
  17. Proctor, Kate (३ डिसेम्बर २०१९), "Coogan and Klein lead cultural figures backing Corbyn and Labour", द गार्जियन, अन्तिम पहुँच ४ डिसेम्बर २०१९ 
  18. Clean Bandit (१२ फेब्रुअरी २०२०), "I think Rebecca Long-Bailey is the only choice? #Newsnight #LabourLeadership", अन्तिम पहुँच १३ फेब्रुअरी २०२० – ट्विटरद्वारा। 
  19. "Clean Bandit / Starley – Manchester Academy", १० नोभेम्बर २०१७। 
  20. "Clean Bandit - I Miss You (Live on Sunrise)", Facebook, अन्तिम पहुँच २८ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:क्लिन बान्डिट