डेमी लोभाटो
डेमी लोभाटो Demi Lovato | |
|---|---|
सन् २०२० मा लोभाटो | |
| जन्म | डेमेट्रिया डेभोन लोभाटो २० अगस्ट १९९२ अल्बुकर्क, न्यु मेक्सिको, संयुक्त राज्य अमेरिका |
| पेशा |
|
| कार्यकाल | सन् २००२–वर्तमान[१] |
कार्य | |
| जीवनसाथी | |
| आफन्त |
|
| पुरस्कार | पूर्ण सूची |
| साङ्गीतिक जीवन | |
| विधा | पप |
| वाद्ययन्त्र |
|
| लेबल | |
| वेबसाइट | demilovato |
| हस्ताक्षर | |
डेमेट्रिया डेभोन "डेमी" लोभाटो[२] जन्म २० अगस्ट, १९९२) एक अमेरिकी गायिका, गीतकार र अभिनेत्री हुन्। बालबालिकाको टेलिभिजन शृङ्खला बार्नी एन्ड फ्रेन्ड्स (सन् २००२-२००४) मा देखा परेपछि, उनले डिज्नी च्यानलको छोटो शृङ्खला एज द बेल रिङ्स (सन् २००७-२००८) मा अभिनय गरेकी थिइन्। लोभाटो साङ्गीतिक टेलिभिजन चलचित्र क्याम्प रक (सन् २००८) र यसको उत्तरकथा क्याम्प रक २: द फाइनल जाम (सन् २०१०) मा 'मिची टोरेस'को भूमिका निर्वाह गरेर चर्चामा आएकी थिइन्। पहिलो चलचित्रको गीतमा समावेश "दिस इज मी" उनको पहिलो एकल गीत थियो, जुन अमेरिकी बिलबोर्ड हट १०० मा नवौँ स्थानमा पुग्न सफल भएको थियो।
हलिउड रेकर्ड्ससँग सम्झौता गरेपछि, लोभाटोले आफ्नो पहिलो पप रक एल्बम डन्ट फर्गेट (सन् २००८) सार्वजनिक गरेकी थिइन्, जुन अमेरिकी बिलबोर्ड २०० मा दोस्रो स्थानमा पुग्न सफल भएको थियो। त्यसपछिको एल्बम हियर वि गो अगेन (सन् २००९) अमेरिकामा शीर्ष स्थानमा पुगेको थियो। उनको तेस्रो र चौथो स्टुडियो एल्बमहरू, अनब्रोकन (सन् २०११) र डेमी (सन् २०१३) मा पप र आर एन्ड बी शैलीको प्रभाव थियो, जुन अमेरिकामा क्रमशः चौथो र तेस्रो स्थानमा पुग्न सफल भएका थिए। यी एल्बमहरूमा अमेरिकाका शीर्ष १० गीतहरू "स्काईस्क्र्यापर" र "हार्ट अट्याक" समावेश थिए।
लोभाटोको पाँचौँ र छैटौँ एल्बमहरूमा सोल सङ्गीतका प्रभावहरू थिए प्रभावहरू थिए; कन्फिडेन्ट (सन् २०१५) ले ग्रामी पुरस्कारमा नामाङ्कन प्राप्त गरेको थियो जबकि टेल मी यु लभ मी (सन् २०१७) को "सरी नट सरी" छैटौँ स्थानमा पुगेको थियो। केही समयको विश्रामपछि, लोभाटोले आफ्नो सातौँ र आठौँ एल्बमहरू डान्सिङ विथ द डेभिल... द आर्ट अफ स्टार्टिङ ओभर (सन् २०२१) र रक-प्रभावित होली फक (सन् २०२२) सार्वजनिक गरेकी थिइन्। उनको नवौं एल्बम इट्स नट द्याट डिप २०२५ मा सार्वजनिक भयो।
टेलिभिजनमा, लोभाटोले टेलिभिजन शृङ्खला सनी विथ अ चान्स (सन् २००९–२०११) मा मुख्य भूमिका निर्वाह गरेकी थिइन्, दुई संस्करण (सन् २०१२–२०१३) सम्म द एक्स फ्याक्टर को निर्णायक बनेकी थिइन् र ग्ली (सन् २०१३–२०१४) तथा विल एन्ड ग्रेस (सन् २०२०) मा पनि देखा परेकी थिइन्। उनले आफ्नै अन्तरवार्ता मूलक कार्यक्रम द डेमी लोभाटो सो (सन् २०२१) पनि सञ्चालन गरेकी थिइन्। उनले चलचित्र प्रिन्सेस प्रोटेक्सन प्रोग्राम (सन् २००९), एनिमेटेड चलचित्र स्मर्फ्स: द लस्ट भिलेज (सन् २०१७) र वृत्तचित्र चाइल्ड स्टार (सन् २०२४) मा पनि अभिनय गरेकी थिइन्।
लोभाटोले विश्वभर ३ करोड भन्दा बढी रेकर्डहरू बिक्री गरिसकेकी छिन्। उनले एक एमटिभी भिडियो म्युजिक अवार्ड, १४ वटा टिन च्वाइस अवार्ड्स, पाँचवटा पिपल्स च्वाइस अवार्ड्स र एक गिनिज वर्ल्ड रेकर्ड्स प्राप्त गरेकी छिन्। सन् २०१७ मा उनलाई टाइम १०० को वार्षिक प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरिएको थियो। सङ्गीतका साथै उनी विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय छिन्। आफ्नो खानपान विकार र लागुऔषध दुरुपयोगसँगको सङ्घर्षका बारेमा उनले आफ्ना वृत्तचित्रहरू डेमी लोभाटो: स्टे स्ट्रङ (सन् २०१२) र डेमी लोभाटो: डान्सिङ विथ द डेभिल (सन् २०२१) मार्फत खुलासा गरेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bitette, Nicole (अक्टोबर ४, २०१६), "Demi Lovato Is Taking a Break from Music and the Spotlight", New York Daily News, अन्तिम पहुँच डिसेम्बर ८, २०१६।
- ↑ "Demi Lovato Talks Favorite Dishes, Poot, And the Rock Version of "Sorry Not Sorry"", Harper's Bazaar, जुलाई १४, २०२३ – YouTubeद्वारा।