सुन्दरा थारु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुलुकको नयाँ संविधान लेख्न संविधानसभामा कमैयाका दुई प्रतिनिधिमध्ये एक हुनुहुन्छ सुन्दरा थारु 'सुन्दर'। उहाँसँगै अर्का कमैया प्रतिनिधि कैलालीबाट सुक्दैया थारु हुनुहुन्छ। दुवैजना माओवादीको तर्फबाट समानुपातिक सभासद् हुनुहुन्छ। सुन्दर ०५७ देखि मात्र राजनीतिमा साइत गर्नुभएको थियो। उहाँ ८ वर्षको उमेरदेखि कमैया बस्नुभएको थियो। उहाँका तीन पुस्ता नै कमैयामा बिते। ०५७ साउन २मा सरकारले मुक्त कमैया घोषणा गरेपछि उहाँ केही समयपछि मुक्त कमैया जिल्ला संघर्ष समितिको अध्यक्ष हुनुभयो। ०५७ मै उहाँ मुक्त कमैया संघर्ष समितिको केन्द्रीय अध्यक्ष हुनुभयो।

उहाँ हाल माओवादी एरिया समितिको सदस्य हुनुहुन्छ। एउटा एनजीओले पढाएको प्रोढ शिक्षा पढेर उहाँले ८ कक्षासम्मको अध्ययन गर्नुभएको छ। बर्दियाको बनियाभार -१ लंगवहा कमैया बस्तीका सुन्दरले कमैया र भूमिहीको अधिकारलाई संविधानमै सुनिश्चित गर्ने उहाँको मुख्य एजेण्डा रहेको छ। यसैगरी कमैया र भूमिहीनका सन्तानले निशुल्क सरकारी शिक्षा लिन पाउने कानुनमै लेखाउने उहाँको अर्को एजेण्डा रहेको छ। कमैया वस्तीका जनताका पक्षमा आफूले काम गरेको र माओवादीको जनमुखी नैतिका कारणले आफू विजयी भएको सुन्दर बताउनुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]