सुम्निमा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुम्निमाबाट अनुप्रेषित)

सुम्निमा (उपन्यास) विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजिकअनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ । [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]