सुरेश कुमार आलेमगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकिकृत नेकपा माओवादीको तर्फबाट संविधानसभाको चुनावमा तनहु -१बाट विजयी सभासद् सुरेश आले मगर 'मीनहाम' माओवादीको सल्लाहकार हुनुहुन्छ। 'मीनहाम' मगर भाषामा नया हो। मीनहाम आलेको उपनाम हो। २०३६ सालको विद्यार्थी आन्दोलनबाट वामपन्थी राजनीतिमा आकर्षित भएर राजनीतिमा गासिएका आले १० वर्ष जनयुद्धमा होमिनु भयको थियो। २०१० चैत १ गते तनहुको बरभञ्ज्याङ -८ मूलाबारीमा जन्मेका आलेको मातृभाषा मगर भाषा हो। निम्न मध्यम वर्गीय लाहुरे परिवारमा जन्मेका आले बाबुसगै भारत गएर प्रमाणपत्र तहसम्मको पढाइ पूरा गरेर नेपाल फर्कनुभएको हो। आलेका बुबा भारतीय लाहुरे हुनुहुन्थ्यो। उहाले अङ्ग्रेजीमा स्नातकोत्तर तथा बीएडसम्मको औपचारिक अध्ययन पूरा गर्नु भएको छ। भारतमा पढेकाले 'नेपाली राजनीतिमा आफू छुटेको' उहाले बताउनुभयो।

२०४२ सालमा पार्टी सदस्यता पाएका आले बिद्रोही स्वभावका हुनुहुन्थो। १७ वर्षम्म अङ्ग्रेजी विषयको प्राध्यापन गरेका आले अखिल नेपाल जनजाति सङ्घ तथा बुद्धिजीवी संघका अध्यक्ष पनि हुनुभयो। जनजाति आन्दोलनमा पनि लागेका मगर जनजाति महासङ्घ र नेपाल मगर संघका संस्थागत महासचिव पनि हुनुहुन्छ।

लामो सम्म माओवादीको वैधानिक मोर्चामा काम गरेका आले २०५७ असार २६ देखि भूमिगत हुनुभयो। २०५८ देखि विश्व जनप्रतिरोध आन्दोलनका दक्षिण एसियाका संयोजकसमेत हुनुभयो। भूमिगत कालमै २०६० भदौ २३ गते भारतमा हाल बनमन्त्री मातृका यादव तथा मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसगै पक्राउ पर्नुभयो। उहाले जेलमा डेढ वर्ष र सैन्य हिरासतमा २१ महिना बिताउनुभयो। आले लोकतन्त्र आएपछि २०६३ सालमा रिहा हुनुभएको हो। आले फुर्सदको बेला अध्ययन लेखन तथा फुटबल र बक्सिङ खेल्न मन पराउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]