सुली प्रुधोमे
सुली प्रुधोमे | |
---|---|
![]() सन् १८८० तिर सुली प्रुधोमे | |
जन्म | रेनी फ्रान्सिस अर्मा प्रुधोमे १६ मार्च १८३९ पेरिस, फ्रान्स |
मृत्यु | ६ सेप्टेम्बर १९०७ | (उमेर ६८)
पेशा | लेखन |
भाषा | फ्रान्सेली |
राष्ट्रियता | फ्रान्सेली |
विधा | |
उल्लेखनीय पुरस्कारहरू | नोबेल पुरस्कार १९०१ |
उनको पूरा नाम रेनी फ्रान्सिस अर्मा सुली प्रुधोमे (René François Armand (Sully) Prudhomme) १६ मार्च १८३९ मा पेरिसमा जन्मिएका प्रुधोमेको उपनाम 'सुली हो । उनको मृत्यु ६ ,सेप्टेम्वर १९०७ मा भएको थियो। उनी १९०१ मा साहित्यतर्फको पहिलो नोबेल पुरस्कार विजेता थिए।[१]
सुली प्रुधम परिवारका एक्लो सन्तान थिए। उनी मूलतः दार्शनिक कवि थिए। उनले पेरिसस्थित 'इकोल पोलिटेकनिक' नामक विद्यालयबाट आफ्नो शिक्षाको थालनी गरेका थिए। गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए। उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो। यसको असर उनलाई पनि पर्यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सकेनन्। विस्तारै, उनले दार्शनिक ढङ्गका कविताहरू रच्न लागे। २६ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो, जसको नाम थियो 'स्टेजेज एट पोयम्स'।

'स्टेजेज एट पोयम्स' भित्रै उनको विश्वप्रसिद्ध कविता 'ली वेस व्राइस' सङ्ग्रहीत छ। अर्को वर्ष उनले 'ले ऐ पि्रवेस' नामक काव्यग्रन्थ प्रकाशित गरेका थिए। 'ले एक पि्रवेश' लाई अङ्ग्रेजी भाषामा 'दि स्टेट' नाम दिएर अनुवाद गरिएको छ।सन् १८७५मा उनका अन्य दुई पुस्तक 'ले सालीच्युड' र 'ले वेरेई ट्रेन्डेसेज' पनि प्रकाशित भए।केही वर्षपछि फेरि दुई पुस्तक 'ला जास्टिज' र 'ले वानुहुर' उनले प्रकाशित गरेका थिए। 'ला जस्टिज'मा न्यायको खोज गरिएको छ भने 'ल वानुहुर'मा चरम आनन्दमा पुग्ने मार्ग पहिल्याइएको छ।
सन् १८८१ मा उनी फ्रेन्च एकेडेमीका सदस्य चुनिए। त्यसबखत उनलाई भिक्टर हृयुगोको समानान्तर कवि मानिन्थ्यो।आफ्नो जीवनको अन्तिम क्षणमा उनी 'पक्षघात'बाट पीडित थिए। त्यही समयबीच उनले ललितकला, छन्द शास्त्र र काव्य सिद्धान्तमाथि केही निबन्धहरू पनि लेखेका थिए। सबैभन्दा पछि, आफ्नो ६३ वर्षको उमेरमा उनले 'ला बे्रइ रेलिजन सेंलो पास्कल' नामक पुस्तक लेखे, जसमा साहित्यसँग आधात्मिकताको महत्त्वलाई प्रकाश पारिएको छ।र, ६८ वर्षको उमेरमा निधन भएका सुलीलाई Père-Lachaise मा समाधिस्त गरिएको छ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Nobel Prize in Literature 1901", NobelPrize.org (en-USमा), अन्तिम पहुँच २०२५-०३-२३।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]