सूर्यनाथदास यादव
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सूर्यनाथ दास यादव नेपालका पूर्वमन्त्री हुन्। यिनी मातृकाप्रसाद कोइरालाको २०१० सालको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। उनी महात्मा सोनाई दास साहेब यादव राजगंज सिनवारी ४ जगह साविक मोरगं हाल देवानगंञ्ज ७, सुनसरी सरकार को शिष्य हुनुहुन्थ्यो । नेपाली काग्रेशमा प्रवेश गराउन महात्मा सरगुण साहेबको ठुलो योगदान थियो । वहाँ लाई राजधानी काठमाडौं पटकपटक लैजाने वहाँ को गुरुभाई सरगुण साहेबको ठूलो भुमिका थियो ।
सूर्यनाथ दास यादव र देवनाथ दास यादव दुवै दाजुभाइ हुन् । दुवैजना सँगै पार्टीमा थिए । २०१५ सालको आम चुनावमा दुवै दाजुभाइ चुनाव लडेका थिए र दुवै जनाले जितेका पनि ।
सूर्यनाथ दास यादव अलि चलाख र भलाद्मी र धार्मिक भएका कारण उनी दुई पटक मन्त्री पनि भए तर देवनाथ दास यादव अलि स्वभावले कडा मिजासको र क्रान्तकारी भएका कारणले उनी मन्त्री बन्न पाएनन् । बरु पार्टीले सुरु गरेको आन्दोलनमा सक्रिय भएर लागिरहे ।
२०१७ सालको क्रान्तिमा सूर्यनाथ दास यादव पक्राउ परे भने उनी भारत प्रवासमा गएर बसे । उनलाई पटक पटक आत्मसमर्पण गर्न नेपाल सरकारले भनिरह्यो ।
तर, उनले ‘बरु यतै घरजम गरेर बस्छु तर सरकार समक्ष आत्मसमर्पण गर्दिनँ’ भने र उनले त्यही गरे । करिव तीन महिना गुरु सोनाई दास यादवको घर राजगंज सिनवारी ४ मोरगं हाल सुनसरीमा बसेका थिए।
भारतको दरभङ्गामा जग्गा लिएर घर बनाई त्यहीँ बस्न थाले । आन्दोलन चलिरहेका कारण छोरीको विवाह पनि उतै गरे । आन्दोलन समाप्त भएपछि उनी नेपाल फर्केका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]