सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन अमेरिकाको स्वास्थ्यसम्बन्धी सङ्घीय नियोग हो । यसले स्वास्थ्य तथा मानव सेवा मन्त्रालय (डिपार्टमेन्ट)अन्तर्गत काम गर्छ। यसको कार्यालय जर्जिया राज्यको एटलान्टा शहरनजिक डेकाल्ब काउन्टीमा छ।

सन् १९९२ अक्टोबर २७मा स्थापित यस संस्थाले जनस्वास्थ्यसम्बन्धी अनुसन्धान, चेतना तथा सूचना प्रवाह, सुरक्षा उपाय, नयाँ औषधीको विश्लेषण वा चलाईरहेको औषधीको हानी फेला परे खारेज गर्न सरकारलाई सिफारिश आदि गर्छ।