स्टान्डर्ड चार्टर्ड बैंक नेपाल
स्वरूप
(स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबाट अनुप्रेषित)
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
व्यावसायिक रूप | NEPSE: SCB |
उद्योग | बैङ्किङ |
स्थापित | १ जनवरी १९९७ |
केन्द्रीय कार्यालय | नयाँ बानेश्वर, काठमाडौँ |
सेवा क्षेत्र | नेपाल |
उत्पादनहरू | बैङ्किङ |
कर्मचारी सङ्ख्या | ४५०+ |
वेबसाइट | www |
स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेड (अङ्ग्रेजी: Standard Chartered Bank Nepal Limited) बैङ्किङ र वित्तीय सेवा कम्पनी हो र स्टाण्डर्ड चार्टर्ड पीएलसीको सहायक कम्पनी हो।यो सन् १९९७ जनवरी १,मा स्थापित भएको थियो। [१]
स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडमा स्टाण्डर्ड चार्टर्ड ग्रूपको ७०.२१ प्रतिशत शेयर रहेको छ भने बाँकी २९.७९ प्रतिशत शेयर नेपाली जनताको रहेको छ। स्टाण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडको मुख्य कार्यालय नयाँ बानेश्वरमा रहेको छ।नेपालभरि यसका १२ वटा शाखाहरू तथा ३ वटा एक्सटेन्सन काउन्टर संञ्चालनमा रहेका छन् जसमा कुल ४५० भन्दा बढी कर्मचारी कार्यरत छन्।
सञ्चालक समिती
[सम्पादन गर्नुहोस्]स्टान्डर्ड चार्टर्ड बैंक नेपालको सञ्चालक समितिका सदस्यहरू देहाय बमोजिम रहेका छन्।
- अध्यक्ष - जितेन्द्र अरोरा
- सञ्चालक - करेन डे अल्विस
- सञ्चालक - कृष्ण कुमार प्रधान
- सञ्चालक - भरत कुँवर
- सञ्चालक - अनिर्वन घोश दस्तिदर
पुरस्कार र मान्यता[२]
[सम्पादन गर्नुहोस्]२०१९
- एसिया प्रशान्तमा नेपालको लागि २०१९ को लागि विश्वको सर्वश्रेष्ठ उपभोक्ता डिजिटल बैङ्क पुरस्कार
- ICRA नेपालले [ICRANP-IR] AAA को जारीकर्ता रेटिंग निर्धारण
- वर्षको अन्तर्राष्ट्रिय क्यास व्यवस्थापन बैङ्क
- वर्षको अन्तर्राष्ट्रिय रिटेल बैङ्क
- नेपालमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय बैङ्क
२०१८
- एसिया प्रशान्तमा नेपालको लागि २०१८ को लागि विश्वको सर्वश्रेष्ठ उपभोक्ता डिजिटल बैङ्क पुरस्कार
२०१७
- एसियाको सर्वश्रेष्ठ कर्मचारी नियुक्ति ब्रान्ड पुरस्कार २०१७
- सर्वश्रेष्ठ डिजिटल बैङ्क पुरस्कार
२०१६
- उत्कृष्टताको लागि यूरोमनी पुरस्कार २०१६
२०१५
- बैङ्क अफ इयर २०१५ नेपाल
- एसिया प्रशान्तमा नेपालको लागि २०१५ को लागि विश्वको सर्वश्रेष्ठ उपभोक्ता डिजिटल बैङ्क पुरस्कार
- उत्कृष्टताको लागि यूरोमनी पुरस्कार २०१५
- विश्वको सर्वश्रेष्ठ बजार उदाउदो बैङ्क २०१५
शाखहरु
[सम्पादन गर्नुहोस्]काठमाडौ उपत्यका भित्र
- नयाँ बानेश्वर शाखा
- लाजिम्पाट शाखा
- नयाँ सडक शाखा
- बौद्ध(भाटभटेनी) शाखा
- ललितपुर शाखा
काठमाडौ उपत्यका बाहिर
- धरान शाखा
- विराटनगर शाखा
- वीरगन्ज शाखा
- नारायणगढ (भाटभटेनी) शाखा
- पोखरा शाखा
- बुटवल शाखा
- नेपालगञ्ज शाखा
सन्दर्भ सामग्रीहरु
[सम्पादन गर्नुहोस्]- ↑ "About us", Standard Chartered Bank Nepal, अन्तिम पहुँच २४ मे २०१३।
- ↑ "awards-achievements.", Standard Chartered Bank Nepal।