स्थायी लेखा नम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो नम्बर आन्तरिक राजश्व विभागले करदातालाई पहिचानको रूपमा प्रदान गर्ने गर्दछ । कर प्रशासनको लागि करदाताको परिचय संख्या भनेको नै स्थायी लेखा नम्बर हो र यो ९ अंकको हुने गर्दछ । नेपालमा हाल सबै खालको आय आर्जन गर्ने करदाताहरूले स्थायी लेखा नम्बर लिनु अनिवार्य गरेको छ ।

यो सङ्केत नम्बर स्थायी प्रकृतिको हुने हुनाले अर्थात एक पटक यो लिइसकेपछि सधैंं भरी सोही नम्वर रहने हुनाले यसलाई स्थाई लेखा नम्वर भनिएको हो । कारोवारको स्थल, प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि यो नम्वर भने परिवर्तन हुँदैन । स्थायी लेखा नम्बर नवीकरण गराईरहनु पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल, प्रकृति वा नम्बर लिने समयमा दिईएको कुनै विवरण आदि परिवर्तन भएमा परिवर्तन भएको मितिले १५ दिन भित्र सोको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई अध्यावधिक गर्नु पर्दछ ।

प्रयोग[सम्पादन गर्नुहोस्]

फाइदा[सम्पादन गर्नुहोस्]

  • कारोवारको एउटा छुट्टै अस्तित्व वा पहिचान दिने भएकोले प्रत्येक करदाताले स्वतन्त्र रूपमा व्यवसाय गर्न अभिलेख राख्न र राजस्व दाखिला गर्न सहजता प्रदान गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]