स्न्यपटु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्न्यापटु गो
निर्माणकर्ता (हरू)स्न्यापटु
स्थिर संस्करण
१.७.१ / मार्च, २०११
प्रकारमोबाइल अनुप्रयोग
अनुमति पत्रफ्रिवेर
वेबसाइटsnaptu.com

स्न्यापटु स्न्याप्टु भनेर उच्चारण गरिने, वा पूर्व मोब्लिका भनेर पनि चिनिने, नि: शुल्क इजरायलमा निर्मित मोबाइल एक अनुप्रयोग मञ्च हो[१] जुन लगभग सबै प्रकारका इन्टरनेट सक्षम मोबाइल दूरभाषमा चल्थ्यो। यसले प्रयोगकर्तालाई लोकप्रिय सेवाहरू जस्तै फेसबुक, टुइटर , फ्लिकर, इएसपिएन क्रिकइन्फो र पिकासा जस्ता सामाजिक सञ्जालहरू देखि मनोरञ्जन समाचार, ब्लग, खेलकुद र स्थानीय निर्देशनहरूमा पहुँच गर्न अनुमति दिन्छ।

अवलोकन[सम्पादन गर्नुहोस्]

यस अनुप्रयोगलाई सुरुवातमा एक इजरायली कम्पनीले मोब्लिकाले सृजना गरेको थियो र यसलाई मूल रूपमा मोब्लिकाको नामले चिनिन्थ्यो। स्न्याप्टुको उद्देश प्रयोगकर्ताहरूलाई मोबाइल फोनमा एक प्राथमिक फोनको साथ जडान गर्ने क्षमता दिनु थियो[२]। उत्पादको बहु मञ्च क्षमताहरू यसको कार्यविधिबाट उत्पन्न हुन्छन्, जसमा अनुप्रयोगहरू मोबाइल फोन आफैंमा चल्दैनन्, तर यिनीहरू इन्टरनेट सेवकहरूमा सञ्चालनमा आउँदछन्।[३]

स्न्याप्पू टुइटर, लिङ्क्डिन, पिकासा, फ्लिकर र अन्य अनुप्रयोगहरूको सङ्ग्रह हो जुन आफ्नै अनुप्रयोग भण्डार मार्फत उपलब्ध छ। स्न्याप्टुले २३ सेप्टेम्बर २०१० सम्म, ३० भन्दा बढी नि: शुल्क अनुप्रयोगहरू र २५ भन्दा बढी वेब सूत्रहरूलाई समायोजन गरेको थियो।[४]

जनवरी २०११ मा, स्न्याप्टुको अनुप्रयोगमा विश्वव्यापी रूपमा ७८ मिलियन प्रयोगकर्ताहरू रहेका थिए। [५]

फेसबुकद्वारा अधिग्रहण[सम्पादन गर्नुहोस्]

फेसबुक र स्न्याप्टु, फेसबुकको अनुप्रयोगमा काम गरिरहेका थिए र १९ जनवरी २०११ मा यसलाई निष्कासित गरिएको थियो। कम्पनीको आधिकारिक ब्लगका अनुसार यसले बजारमा उपलब्ध ८०% मोबाइल फोनमा काम गरिरहेको थियो।[६]

मार्च २०११ मा कम्पनीमा ब्लगको एक प्रेस विज्ञप्तिले कम्पनीलाई फेसबुकद्वारा अधिग्रहण गर्न राजी भएको पुष्टि गरेको थियो।[५]

कम्पनीले आफ्नो ब्लगमा भनेको छ कि फेसबुकले अधिग्रहण गर्नुको कारण भनेको "यसले हाम्रो उत्पादनको विकासको गतिलाई निरन्तरता दिनको लागि उत्तम अवसर प्रदान गरेको थियो।[५] कम्पनीलाई, फेसबुकले अधिग्रहण गर्नुको कारण यसको उत्पादनको विकासको गतिलाई निरन्तरता दिनको लागि उत्तम अवसर प्रदान गरेको कम्पनीले आफ्नो ब्लगमा जनाएको थियो।[७][७][८]

स्न्यापटुको गृहपृष्ठ

अधिग्रहण केहि हप्तामा अन्त्य हुने र उक्त अवधिमा स्न्याप्टु सामान्य रूपमा काम सञ्चालन गर्ने जनाइएको थियो। इजरायली प्रकाशन ग्लोब्सका अनुसार यो सम्झौताको ६ देखि ७ करोड अमेरिकी डलरमा रहेको बताएको थियो। [९]

अक्टोबरको अन्त्यमा स्न्याटुले आफ्ना सबै प्रयोगकर्ताहरूलाई ११ नोभेम्बर २०११ मा उनीहरूले आफ्ना अधिकांश अनुप्रयोगहरूको अन्त्य गर्ने जानकारी दिएका थिए जसले टुइटर, क्रिकइन्फो र लिङ्क्डिन अनुप्रयोगहरूको विच्छेदन समावेश गर्दछ।[१०][११] यी अनुप्रयोगहरूमा विकास जारी राख्नको सट्टामा कम्पनीले आफ्नो ध्यान फेसबुक अनुप्रयोगमा केन्द्रित गर्ने पनि बताएका थिए। [१२]

सबै दूरभाषका लागि फेसबुक[सम्पादन गर्नुहोस्]

डिसेम्बर २०११ को अन्त्यमा, स्न्याप्टुको कार्यक्षमता पूर्ण रूपमा बन्द भएको थियो। कम्पनीले प्रयोगकर्तालाई यसको सेवा बन्द भएको छ जानकारी दिँदै, उत्तराधिकारी अनुप्रयोग डाउनलोड गर्नका लागि सूत्र प्रदान गर्ने बताएको थियो जसमा यसले उक्त उत्तराधिकारी सेवाको नाम प्रत्येक दूरभाषको लागि फेसबुक रहेको खुलासा गरेको थियो। [१३]

२२ जुलाई २०१३ मा, फेसबुकले प्रत्येक दूरभाषको लागि फेसबुकले १० करोड मासिक सक्रिय प्रयोगकर्ताहरू भन्दा बढी पुगेको घोषण गरेको थियो। केही महिना पछि, कम्पनीले प्रत्येक दूरभाषका लागि फेसबुकको बारेमा सम्पूर्ण अध्याय समावेश गर्ने एक सेतो कागज जारी गरेको थियो। यस अध्यायले स्न्याप्टु प्रणालीको प्राविधिक सञ्चालन र उच्च दक्षता हासिल गर्न प्रयोग गर्ने विधिहरूको बारेमा धेरै विवरणहरूको खुलासा गरेको थियो। [१४] १२ सेप्टेम्बर २०१४ मा, प्रत्येक दूरभाषका लागि फेसबुकको फेसबुक अनुप्रयोग पृष्ठले आधा अर्ब भन्दा बढी मनपराइएका सामग्रीहरू दर्साएको थियो। [१५][१६] यसको उच्च सङ्ख्याको बाबजुद, कम्पनीले अनुप्रयोगको बारेमा कुनै थप जानकारीहरूको जारी गरेको थिएन।[१७]

फेसबुक लाइट[सम्पादन गर्नुहोस्]

फेसबुकले स्नाप्टु प्रविधिलाई थुपार्न पुन: निर्माण गरेको थियो र ४ जुन २०१५ मा यसले स्न्याप्टु प्रविधिमा आधारित कम एन्ड्रोइड उपकरणहरूको लागि फेसबुक लाइट नामक अनुप्रयोगको सुरू गरेको थियो। कम्पनीले केही समयको लागि अनुप्रयोगको परीक्षण गरेको थियो र यसलाई कम्पनी बिस्तारै यसको प्रयोगकर्ता आधारको बढ्दो अंशमा ल्याएको थियो। ८ फेब्रुअरी २०१७ मा, फेसबुकले, फेसबुक लाइटलाई २० करोड मानिसहरूले प्रयोग गरिरहेको घोषण गरेको थियो। अक्टोबर २०१८ मा, फेसबुकले आइओएसको लागि फेसबुक लाइटको परीक्षणको सुरु गरेको थियो। यसको एन्ड्रोइड समकक्ष जस्तै, आइओएस अनुप्रयोगले पुरानो र कम सञ्चालन गति भएका मोबाइलहरूलाई लक्षित गरेको थियो[१८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sequoia Capital Backs Snaptu", मार्च १५, २०१०, अन्तिम पहुँच ७ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ११ डिसेम्बर २०१३ मिति
  2. Mendelsohn, Xen (सेप्टेम्बर ९, २००८), "Moblica Aims to Make the Mobile Internet More Fun", GigaOM, अन्तिम पहुँच ७ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०१३ मिति
  3. abhilash, "Facebook Mobile application for All mobiles", meabi.com, अन्तिम पहुँच ९ अप्रिल २०१६  वेब्याक मेसिन अभिलेखिकरण २२ मार्च २०१६ मिति
  4. Complete list of applications bunched together in SnapTu | QuiQinQ - blog वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-०६ मिति
  5. ५.० ५.१ ५.२ "Archived copy", मूलबाट २०११-०३-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२२  वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-२४ मिति
  6. "Archived copy", मूलबाट २०११-०१-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२३  वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-३० मिति
  7. ७.० ७.१ "Archived copy", मूलबाट २०११-०३-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०३-२३  वेब्याक मेसिन अभिलेखिकरण २०११-०३-२३ मिति
  8. Arthur, Charles (२१ मार्च २०११), "Facebook buys mobile startup Snaptu: Social networking site's latest acquisition enables people to use smartphone-like applications on simpler 'feature' phones", The Guardian 
  9. "Feature Phone Milestone: Facebook for Every Phone Reaches 100 Million", अन्तिम पहुँच ९ अप्रिल २०१६ 
  10. "Focusing on Efficiency", अन्तिम पहुँच ९ अप्रिल २०१६ 
  11. http://internet.org/efficiencypaper
  12. "Security Check Required", अन्तिम पहुँच ९ अप्रिल २०१६ 
  13. "Facebook Is Testing A Simple App For Low-End Android Phones", टेक क्रञ्च, एओएल, २५ जनवरी २०१५, अन्तिम पहुँच ९ अप्रिल २०१६ 
  14. फेसबुक, "Facebook Lite - Android Apps on Google Play", अन्तिम पहुँच ९ अप्रिल २०१६ 
  15. https://techcrunch.com/2017/02/08/facebook-lite/
  16. https://www.facebook.com/photo.php?fbid=10103488405279651
  17. "Facebook is testing a Lite app for iOS", इनग्याजेट (en-USमा), अन्तिम पहुँच २०१८-११-११ 
  18. "Announcing Facebook Lite", अन्तिम पहुँच ९ अप्रिल २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]