स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल
स्वरूप
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल | |
सङ्क्षिप्त नाम | इप्पान |
---|---|
प्रकार | गैर-नाफामूलक, गैर-सरकारी संस्था |
लक्ष्य | बिजुली उतपादन तथा वितरण |
प्रधान कार्यालय | काठमाडौँ |
अध्यक्ष | गणेश कार्की[१] |
मुख्य अङ्ग | संचालक समिति |
वेबसाइट | https://www.ippan.org.np/ |
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान ) नेपालका निजी विकासकर्ता तथा ऊर्जा उत्पादकहरूको सङ्घ हो। यो एक गैर-नाफामूलक, गैर-सरकारी स्वायत्त संस्था हो र सन् २००१ मा स्थापना भएको थियो।[२] यसको मुख्य उद्देश्य जलविद्युत उत्पादनमा संलग्न निजी क्षेत्र र सरकारी संस्थाहरूलाई जोड्नु हो।[३] इप्पान मुख्यतया एउटा सदस्यता सङ्गठन हो। साधारण सभामा संस्थागत र व्यक्तिगत दुवै सदस्यहरू हुन्छन्। साधारण सभाले सञ्चालक समिती चयन गर्छ, जसले सङ्गठनको योजना र नीतिहरू तयार गर्दछ।
सन् २०२० सम्ममा, २१,००० मेगावाट उत्पादन गर्ने कुल क्षमताको साथ ५८० निजी जलविद्युत परियोजनाहरू सञ्चालनमा छन् वा निर्माणाधीन छन्। निजी क्षेत्रले यी परियोजनाहरूमा लगभग रु ६ खर्ब लगानी गरेको छ।[४]
उद्देश्यहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- विद्युत विकास विभाग
- नेपाल विद्युत प्राधिकरण
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Executive Committee Members", Independent Power Producers’ Association, Nepal (IPPAN)।
- ↑ "Independent Power Producers' Association, Nepal |", अन्तिम पहुँच २०२०-०८-०१।
- ↑ Thanju, Jeewan Prasad (२०१२), "An Interview with Dr. Subarna Das Shrestha", Hydro Nepal: Journal of Water, Energy and Environment 11: 78–80, आइएसएसएन 2392-4101।
- ↑ "IPPs threaten to halt power generation", अन्तिम पहुँच २०२०-०८-०१।