नेपाल विद्युत प्राधिकरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरण
Nepal Electricity Authority
सङ्क्षिप्त नाम ने.वि.प्रा.
गठन भाद्र १ २०४२
संस्थापक नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१
प्रकार सरकारी संस्थान
उद्देश्य बिजुली उतपादन तथा वितरण
मुख्यालय काठमाडौं
प्रबन्ध निर्देशक
कुलमान घिसिङ
Main organ
संचालक समिति
मूल सङ्गठन
उर्जा मन्त्रालय, नेपाल सरकार
सहायकहरू चिलिमे
नारा उज्यालो नेपाल अभियानमा सहभागी बनौं
वेबसाइट http://nea.org.np/
पूर्वनाम
Nepal Electricity Corporation

सन् १९११ अर्थात् वि.सं. १९६८मा काठमाडौं उपत्यकामा निर्मित ५० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजना एसियाकै प्रथम जलविद्युत् परियोजनाहरूअन्तर्गतको एक हो । यस केन्द्रबाट उत्पादित ४ सय किलोवाट विद्युत् वितरण सुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो । फलस्वरूप 'बिजुली अड्डा'को नामले एउटा अड्डा स्थापना गरियो । तिनताक उत्पादित बिजुलीलाई 'श्री चन्द्रज्योति प्रकाश' भन्ने गरिन्थ्यो । यस्तै गरी सन् १९३४मा सुन्दरीजलमा स्थापित ६ सय किलोवाट क्षमताको जलविद्युत् परियोजना पनि नेपालको ऐतिहासिक जलविद्युत् परियोजना हो ।

२०१९ साल भाद्र १ गते 'बिजुली अड्डा'को नाम फेरेर 'नेपाल विद्युत् कर्पोरेशन' गरियो र त्यसबखत यसको उद्देश्यमा केही परिवर्तन गरियो । अड्डालाई कर्पोरेशन बनाउन नेपाल विद्युत् कर्पोरेशन ऐन, २०१९ लागू गरिएको थियो । यस संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत २०४२ साल भदौ १ गते (सन् १९८५ अगस्त १६) बाट नेपाल विद्युत् कर्पोरेशनलाई 'नेपाल विद्युत् प्राधिकरण' बनाइएको हो ।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

नेपाल विद्युत प्राधिकरण
केन्द्रिय कार्यालय, दरवार मार्ग,
काठमाण्डौ, नेपाल,
पोष्ट बक्स न. : १००२०
फोन: ९७७-१-४१५३०५२, ४१५३०५३, ४१५३०५४,
फयाक्स: ९७७-१-४१५३०६७, ४१५३०१३
ईमेल: info@nea.org.np

आधिकारिक वेबसाइट[सम्पादन गर्ने]

www.nea.org.np

सन्दर्भ[सम्पादन गर्ने]