मध्य-भोटेकोशी जलविद्युत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मध्य-भोटेकोशी जलविद्युत सिन्धुपाल्चोक जिल्लाबासी र सर्वसाधरणसमेतको सेयर लगानीमा १ सय २ मेगावाट क्षमताको निर्माणाधीन आयोजना हो। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुनेछ। चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना जिल्लामा सबैभन्दा ठूलो हो। आयोजनाको बाध मार्मिङ-९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ।

व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक/एक प्रतिशत संस्थापक सेयर रहने छ। सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत सेयर दिइनेछ। [१]

अन्य निकायहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]