चमेलिया खोला जलविद्युत आयोजना
स्वरूप
(चमेलियाखोला जलविद्युतबाट अनुप्रेषित)
| चमेलिया खोला जलविद्युत आयोजना | |
|---|---|
| देश | नेपाल |
| स्थान | दार्चुला जिल्ला |
| निर्देशाङ्क | २९°४१′००″उ ८०°३८′००″पू / 29.68333°N 80.63333°E |
| उद्देश्य | विद्युत |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | नेपाल विद्युत प्राधिकरण |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व |
| पानीको स्रोत | चमेलिया खोला |
| चमेलिया खोला जलविद्युत आयोजना | |
| सुरुवात मिति | वि.सं. २०७४ माघ २७ |
| प्रकार | नदीको पानी |
| क्षमता | ३० मेगावाट |
चमेलिया खोला जलविद्युत आयोजना नदीको पानीको बहावद्वारा विद्युत उर्जा उत्पादन गर्ने जलविद्युत आयोजना हो। यो नेपालको दार्चुला जिल्लाको सिखरमा रहेको छ। यो जलविद्युत उत्पादन केन्द्रले चमेलिया खोलाको पानीद्वारा ३० मेगावाट विजुली उत्पादन गर्दछ। यो जलविद्युत आयोजनाको स्वामित्व र सञ्चालक नेपाल विद्युत प्राधिकरण हो। यो आयोजनाले वि.सं. २०७४ माघ २७ देखि विद्युत उत्पादन गरिरहेको छ।[१] यहाँबाट उत्पादित हुने विजुलीलाई राष्ट्रिय विद्युत प्रसारण केन्द्रसँग जोडिएको छ।
आर्थिक व्यवस्थापन
[सम्पादन गर्नुहोस्]यो परियोजनालाई नेपाल सरकार र कोरिया सरकारद्वारा संयुक्त लगानीमा सुरु गरिएको थियो।[२]यो परियोजनालाई निर्माण गर्न १० वर्षको समय लागेको थियो।[३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)"। अभिलेखिकरण २०२०-११-१० वेब्याक मेसिन
- ↑ "Chameliya Khola Hydropower Project", अन्तिम पहुँच २०२०-११-१८। अभिलेखिकरण २०२०-१०-२० वेब्याक मेसिन
- ↑ "चमेलिया आयोजनाको सफलता ‘उल्लेखनीय’", BBC News नेपाली, अन्तिम पहुँच २०२०-११-१८।