खिम्ती १ जलविद्युत केन्द्र
खिम्ती १ जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | खिम्ती १ जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | दोलखा जिल्ला |
निर्देशाङ्क | २७°२८′२८″उ ८६°०६′०४″पू / 27.47444°N 86.10111°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | हिमाल पावर लिमिटेड |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | Gravity |
पानीको स्रोत | खिम्ति खोला |
प्रकार | नदीको पानी |
पानीको चाँप | २२१.५ मी (७२७ फिट) |
टर्बाइन | ५x१२ पेल्टन |
क्षमता | ६० मेगावाट |
खिम्ती १ जलविद्युत केन्द्र (Khimti 1 Hydropower station) ६० मेगावाटको क्षमता भएको रन अफ द रिभर जलविद्युत आयोजना हो। यो आयोजनाको जलप्रवाह ११.६५ m3/s र पानीको चाँप ६६०m रहेको छ। जलविद्युत गृह दोलखा जिल्लामा भूमिगत रुपमा रहेको छ। [१] यो आयोजना विक्रम सम्वत २०७४ वैशाख १० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । [२]
खिम्ती 1 जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा "BOOT" सम्झौता (निर्माण, स्वामित्व, सञ्चालन, र स्थानान्तरण) अन्तर्गत नेपाल सरकारसँगको सहकार्यमा निर्माण गरिएको हो। यसको निर्माण कार्य २६ जून १९९६ मा सुरु भएको थियो र व्यावसायिक सञ्चालन ११ जुलाई २००० मा सुरु भएको थियो। यो आयोजना हिमाल पावर लिमिटेडद्वारा सञ्चालित छ र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरण (NEA) लाई बिक्री गरिन्छ। आयोजना सञ्चालनको ५० वर्षे इजाजत अवधि समाप्त भएपछि यो नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ। पहिलो विद्युत् खरिद सम्झौता (PPA) समाप्त भए पश्चात नेपाल विद्युत् प्राधिकरणले खिम्ती जलविद्युत् आयोजनाको ५०% सेयर नाममात्रको शुल्कमा खरिद गर्ने प्रावधान रहेको छ।[३]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Khimti Power Plant", अन्तिम पहुँच २०२०-०७-१६।
- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२०-०७-१५। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०९-२५ मिति
- ↑ "Khimti Power Plant", hpl.com.np, अन्तिम पहुँच २०२५-०२-२०।