सामग्रीमा जानुहोस्

मर्स्याङ्दी जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मर्स्याङ्दी जलविद्युत केन्द्र
मर्स्याङ्दी जलविद्युत केन्द्र मा पर्दछ नेपाल
मर्स्याङ्दी जलविद्युत केन्द्र
नेपालको नक्सामा मर्स्याङ्दी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममर्स्याङ्दी जलविद्युत आयोजना
देशनेपाल
निर्देशाङ्क२७°५५′३२″N ८४°२९′५०″E / 27.9256°N 84.49736°E / 27.9256; 84.49736
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारब्यारेज
पानीको स्रोतमर्स्याङ्दी नदी
सुरुवात मिति५ नोभेम्बर १९८९
प्रकारनदीको पानी
टर्बाइनफ्रान्सिस
क्षमता३x२६ MW

मर्स्याङ्दी जलविद्युत केन्द्र नेपालको तनहुँ जिल्लाको आबुखैरेनीमा अवस्थित जलविद्युत आयोजना हो। मर्स्याङ्दी नदीको बहावबाट ६९ मेगावाट बिजुली र वार्षिक ४६२.५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने गरेको छ । पानीको चाप ९०.५ मिटर र पानीको प्रवाह ३०.५ m 3 /s रहेको छ। उक्त केन्द्र नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको छ । केन्द्रले सन् १९८९ देखि बिजुली उत्पादन गर्न थालेको हो । []

नेपाल सरकारद्वारा IDA, KFW, KFED, SFD, ADB र GON को सहयोगमा २ करोड २० लाख अमेरिकी डलरको लागतमा यो आयोजना सम्पन्न भएको हो । []

  1. "Operating Projects :: Hydro (Above 1MW)" अभिलेखिकरण २०२०-११-१० वेब्याक मेसिन
  2. "Marsyangdi Hydropower", NepalEnergyForum, २०१२-०८-०३, अन्तिम पहुँच २०२०-११-१४