सामग्रीमा जानुहोस्

नुवाकोट सौर्य उर्जा केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नुवाकोट सौर्य ऊर्जा केन्द्र
देश नेपाल
निर्देशांक२७°५३′२७″N ८५°०८′०२″E / 27.890695°N 85.133989°E / 27.890695; 85.133989
निर्माण प्रारम्भ२०७५
सञ्चालन प्रारम्भ२०७७
सञ्चालकनेपाल विद्युत प्राधिकरण
Website
www.nea.org.np

नुवाकोट सौर्य उर्जा केन्द्र नेपालको नुवाकोट जिल्लामा अवस्थिति नेपालको सबैभन्दा ठूलो सौर्य उर्जा केन्द्र हो। यो उर्जा केन्द्र नेपाल विद्युत प्राधिकरणको (ने.वि.प्रा.) स्वामित्वमा रहेको छ। यहाँ जडान गरिएका सोलार पाता प्राधिकरणकोनै स्वामित्वमा रहेको देवीघाट जलविद्युत स्टेसनको परिसरभित्र छ। परियोजनाबाट उत्पन्न ऊर्जा देवीघाट जलविद्युत स्टेसनको ६६ केभी उप-स्टेसनमा जडान भएको छ। सौर्य स्टेसनले दिनको समयमा मात्र उर्जा उत्पादन गर्दछ। [] ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सोलार ऊर्जा निर्माण भइरहेको छ। आयोजनाको लागत ३ अर्ब ८० करोड रुपैयाँ छ। []

स्टेसनको निर्माण २०७५ मा सुरु भएको थियो भने यसको एक वर्षमा निर्माण सम्पन्न गर्ने यसको लक्ष्य थियो यद्यपि वातावरण अध्ययनका कारण यसमा ढिलाइ भएको थियो। [] प्राधिकरणले २०७७ बैशाख सम्ममा १५ मेगावाट जडान गर्ने योजना बनाएको थियो जुन कोरोना महामारीको फैलावट रोक्न राष्ट्रव्यापी निषेधाज्ञाका कारण पुनः ढिलाई भएको थियो। [] २०७७ जेठ सम्म मात्र १.२५ मेगावाट मात्र सम्पन्न भएको थियो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]