सामग्रीमा जानुहोस्

हजारोँ ख्वाहिसेँ ऐसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हजारोँ ख्वाहिसेँ ऐसी
पोस्टर
निर्देशकसुधीर मिश्रा
लेखकरुचि नारायण
सुधीर मिश्रा
शिवकुमार सुब्रमण्यम
सञ्जय चौहान (हिन्दी सम्वाद)
निर्मातारङ्गिता प्रीतिश नन्दी
मुख्य कलाकारके के मेनन
चित्राङ्गदा सिंह
शाइनी आहुजा
सौरभ शुक्ला
राम कपूर
छायाङ्कनरवि के चन्द्रन
सम्पादनक्याथरिन डि'होइर
सङ्गीतशान्तनु मोइत्रा
प्रदर्शन मिति
  • डिसेम्बर २००३ (2003-12) (फ्लोरेन्स रिभर टु रिभर फेस्टिभल)
  • १५ अप्रिल २००५ (2005-04-15)
देशभारत
भाषाहरूहिन्दी
अङ्ग्रेजी
लागत४ करोड
बक्स अफिस१८.४ करोड

हजारोँ ख्वाहिसेँ ऐसी सुधीर मिश्राद्वारा निर्देशित एक भारतीय राजनीतिक नाटक चलचित्र हो जुन सन् २००३ मा बनाइएको थियो तर सन् २००५ मा प्रदर्शन भएको थियो। भारतीय आपतकालिनको पृष्ठभूमिमा स्थापित गरिएको, चलचित्रले सन् १९७० को दशकमा तीन युवाहरूको कथा बताउँछ, जब भारत व्यापक सामाजिक र राजनैतिक परिवर्तनहरूबाट गुज्रिरहेको थियो। शीर्षक उर्दु कवि मिर्जा गालिबको कविताबाट लिइएको हो।

यो चलचित्र ६ महिनामा १२ चलचित्र महोत्सवहरूमा गएको थियो जसमा टर्की, इस्टोनिया, रिभर टु रिभर (फ्लोरेन्स), बर्लिन, एडिनबर्ग, वासिङ्टन, गोवा, बाइट द म्याङ्गो (ब्राडफोर्ड), कमनवेल्थ (म्यानचेस्टर), इन्डिया (लस एन्जलस), डलास, तथा प्यासिफिक रिम (क्यालिफोर्निया) समावेश थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Bollywood loves politics", India Today, अन्तिम पहुँच १३ जुन २०१६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]