हम्पालको लेक
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
पर्वतको सबैभन्दा उचाईमा रहेको हम्पाल क्षेत्र समुद्री सतहबाट ३ हजार ३ सय ९ मिटरको उचाईमा रहेको छ।पर्वतका शालिजा, लेकफाँट, धाईरिङ, बनौ र क्याङ गाविसमा अवस्थित हम्पाल खासगरी सयौं थरीका जडिबुटी, लोपोन्मुख रुखहरु, वन्यजन्तु रहेका छन् । लालीगुँरासको पहाडका नामले पनि परिचित यो क्षेत्रमा हम्पाल डाँडा, जलजला, फलेक खर्क, सिर्पु चर्चित नामहरु हुन् । यहाँबाट सूर्योदय र सूर्यास्तको सहज रूपमा अवलोकन गर्न सकिन्छ । हम्पाल लेकबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ लगायतका जिल्लाको अवलोकन गर्न सकिन्छ ।