हिपाथामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दोलखा बजारमा दैव्य शक्तिमाथि सत्यको विजयको स्वरुप मनाइने हिपाथामी जात्रा विजयादशमीको दिनदेखि सुरु भई चर्तुदशीका दिन अन्त्य गरिन्छ|

यो जात्रालाई नेवारी र थामी समुदायको परम्परागत सास्कृतिक सम्बन्धको रूपमा हेरिन्छ । महानवमीको मध्य रातमा दोलखा बजारका १२ स्थानका शक्तिपिठमा वली चढाएपछि विजय दशमीको विहान टिका ग्रहण गर्नुअघिबाट यो जात्रा प्रारम्भ हुन्छ|विषेश गरी थामी समुदायका नाइके अगुवाईमा वाजा गाजासहित भीमेश्वर मन्दीरमा दानवको प्रतिक हिपाथामी स्नान गरी निस्केपछि त्रिपुरा सुन्दरी मन्दीरमा चढाएको वलीको रगत पिएर जात्रालाई रोचक बनाइन्छ । त्यस्तै राजकुलमा गएर दानवको प्रतिक आगो मुखमा हालेर दानवको उग्ररुप प्रस्तुत गरिन्छ । दोलखाको उत्तरी गाउँ सुन्द्रावतीबाट आएका थामीहरुमध्य जात्रामा भगवतीको राक्षसको बध गरिएको भन्ने मान्यताको आधारमा काटिएको रागाको टाउँको बोक्ने दुई जना मुख्य पात्र हुन्छन् । त्यस्तै हिपाथामीको भूमिका निर्वाह गर्ने चार जना हुन्छन् । साहसिक हिपाथामीलाई भगवतीद्धारा आफ्नो गणको रूपमा स्वीकार गर्ने भनाई छ । देवयुगमा महिषाशुरविरुद्धको युद्धमा देवदुतका रूपमा हिपाथामीको स्वरुप ग्रहण गर्नेहरूलाई लिइन्छ । यो जात्रालाई देव र नर मिलेर युद्ध जितेपछि बाँकी रहेका राक्षसहरूलाई परास्त गर्ने कार्य देवदुतका रूपमा आएका हिपाथामीलाई सुम्पिएको विश्वास गरिएको छ ।


दोलखामा 'हिपाथामी' प्रारम्भ वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१६ मिति