हिप्नाेसिस्

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हिप्नोसिस(पुर्ण ध्यान)

सरल भाषामा भन्नु पर्दा हिप्नोसिस भनेको दिमागको त्यो संबेदनशिल अवस्था हो । जुन क्षणमा ब्यक्तिले आफ्नो निजी चेताना गुमाउँछ र अरु कसैको निर्देशनमा पुर्ण निर्भर भएर सोही आदेश अनुसार काम गर्दछ । कसै कसैले हिप्नोसिस्लाई सम्मोहन पनि भन्दछन् तर ठ्याक्कै अर्थ भने होइन । पूर्वीय ध्यानको क्षेत्रमा हिप्नोसिसको समानान्तर ‘योग निद्रा ध्यान’ रहन सक्छ ।

हिप्नोसिसका मिथकहरु[सम्पादन गर्ने]

हिन्दी टेलिसिरयल ‘सिआईडी’मा हिप्नोसिसको प्रयोग गरेर अनजान ब्यक्तिलाई अपराधमा फसाएको देखिन्छ । हिन्दी फिल्म ‘भुल भुलैया’ मा विद्मा वालनलाई अक्षय कुमारले हिप्नोसिस गरेर ‘मञ्जुलिका’बाट बचाएका छन् ।

के यो संभव छ ? यदि हिप्नोसिस गर्ने–गराउने दुबै तयार छन् भने पुर्णतया संभव छ । तर एकै बसाईमा नहुन सक्छ । नत्र हिप्नोथेरापिष्टले १० मिनेट छोएर कयौं रोग ठिक गर्दथे । उपचार त संभव छ तर एकै दिनमा नहुन पनि सक्छ । फिल्ममा जे पनि संभव छ, जुन यथार्थ होइन ।

हिप्नोसिसः स्व–जागरण[सम्पादन गर्ने]

हिप्नोसिस गर्नु भनेको आफैं या गुरुको सहयोगमा आफू भित्र भएको अथाह क्षमताको भण्डार(सवकन्सियस माइन्ड)को उपयोग गरेर जीत हासिल गर्ने कला, विज्ञान र साधना हो । हाल सम्म संसारमा भएका सबै धार्मिक र वैज्ञानिक खोजले मानव मष्तिकको क्षमता बारेमा धेरै ब्याख्या गरेका छन् । जसको मतलब हुन्छ हामी सबैसंग समान क्षमता छ । सबै समान छौं । सबैले चाहेको खण्डमा धेरै प्रगती गर्न सक्द छौं ।

हिन्दीमा एउटा कबिता छ :

जिन तिल मे तेल है, जिन चकमक मे आग ।

तेरा भगवान तुही है, जाग सके तो जाग ।।

जसको अर्थ हुन्छ : सबै तिल भित्र तेल छ, चकमक ढुङ्गा रगड्दा आगो निस्कन्छ, त्यस्तै स्व–जाग्रित हुन सके आफैंमा भगवान हौं । सम्भावना सबै भित्र रहन्छ तर क्षमताको उपयोग थोरैले मात्र गर्दछन् । जसले क्षमताको प्रयोग गर्दछन्, आफ्ना कमजोरीको साथमा संसारलाई पनि जित्दछन् । जसले आफैंलाई चिन्दैनन्, ति निरास, हतास, उदास हुन्छन् । उमेर संगै निरासा पनि बढ्दै जान्छ ।

मानव मष्तिस्क[सम्पादन गर्ने]

दिमाग र दिमागका भागहरूको चित्र
दिमाग र दिमागका भागहरू

मानव मष्तिस्कमा दाँया र बाँया दूई पाटाहरु हुन्छन् । जसलाई ‘दाँयाँ गोलार्ध–सवकन्सियस माइण्ड र बाँया गोलार्ध–कन्सियस माइण्ड’ भनिन्छ । ती दुबैका छुट्टा–छुट्टै काम छन् । बाँया गोलार्ध(कन्सियस माइण्ड)ले विचार, बुद्धी, तर्क, गणित, विज्ञानसंग सम्बन्धित रहेर जीवनमा घट्ने हरेक घटनाको क्रिया प्रतिक्रिया, तुलना, मुल्यांकन, बिश्लेषण र विबेचना गर्दछ । यसले मनमा उठेका विचारका तरङ्गलाई शब्द, भाव, ब्यवहार आदिबाट प्रस्तुत गर्दछ र अरुको अभिब्यक्ति चित्त नपरे खण्डन् गर्दछ । कुनै पनि नयाँ प्रस्ताव वा परिस्थिती आएको खण्डमा त्यसको चौतर्फी मुल्यांकन गरेर नाफा–घाटाका आधारमा निष्कर्ष निकाल्ने गर्दछ । जव तनाव हुने घटना, तर्क, अवस्था, संगत, ब्यवसाय लामो समय झेल्नु पर्ने हुन्छ, तब लामो समयको अभ्यासले गर्दा कन्सियस माइण्डमा बिस्तारै नकारात्मक धारणा बन्दै जान्छ । लामो समय नकारात्मक चिन्तन गर्दा कन्सियस माइण्डलाई बोझ पर्न जान्छ । बोझले पर्दा दिमाग बोदो(ह्याङ्ग) हुन जान्छ । बिस्तारै टाउको दुख्न थाल्छ ।

लामो समय एउटै विचारको छाप कन्सियस माइन्डमा पर्दा सवकन्सियस माइन्ड पनि सो विचार अनुरुप नै काम गर्न थाल्छ । सवकन्सियस माइण्डको गुण पानी जस्तै तरल हुन्छ र कन्सियस माइण्ड भाँडा जस्तै ठोस । सवकन्सियस माइन्डसँग तुलना, मुल्यांकन, विश्लेषण गर्ने क्षमता हुँदैन । त्यसैले कन्सियस माइण्ड कस्तो छ, सो अनुरुप प्रतिकृया गर्दछ ।

जव सवकन्सियस माइण्ड नकारात्मक हुन्छ तव शरिरमा कार्टिजोल जस्ता स्टे«स हर्मोनहरु शक्रिय हुन्छन् । स्टे«स हर्मोनको कारणले सम्पुर्ण माशंपेसी, रक्त नली कडा भई हृदयघातको सम्भावना पनि रहन्छ । अत्याधिक तनावको समयमा शरिरले ज्यादा शक्ति खर्चिन्छ । तनावमा हुँदा सिकुटे केटाले पनि बलियालाई पछार्छ । यो सबै हर्मोनको खेल हो ।

सकारात्मक कुराहरु याद गर्दा एन्डोरफिन्स, डोपामाइन, सेरेटोनिन्, अक्सिटोसिन् जस्ता ह्यापी हर्मोनहरु चल्न शुरु गर्दछन् । सकारात्मक हर्मोनको सक्रियता भएमा माशंपेशीहरु नरम हुन थाल्दछन् । रक्त सञ्चार सामान्य हुन्छ । हामीलाई आनन्द लाग्छ । त्यसैले जीवनका घटना या संवेगलाई दिमागले अन्य सकारात्मक ढङ्गबाट तुलना, मुल्यांकन, बिश्लेषण र विबेचना गर्ने गरी तालिम गराउनु पर्दछ । नत्र राम्रो घटनाको पनि गलत ब्याख्या भएमा प्रकारान्तरमा निचोड आत्माघाती हुन्छ । कठिन परिस्थितीलाई समेत सकारात्मक बिष्लेषण गर्दा सवकन्सियस माइण्डमा सकारात्मक सन्देश जान्छ ।

यसको उदाहारण बच्चामा सबै भन्दा सरल ढङ्गले पाउन सकिन्छ । जव बच्चा लड्छ, तब ‘बाबु बढ्यो !, बाबु बढ्यो ! ठुलो भो !’ भन्दा बच्चा दुखाई बिर्सेर पिडाका बावजुत हाँस्दै उठ्छ । त्यही बच्चा लड्दा ‘आहो ! बाबु लड्यो ! ऐया भयो !’ भन्दा दुखाई नभए पनि बच्चा रुन्छ । प्रमाण यही हो । घटना के हैन, मानसिकता कस्तो छ ? सामान्यतया परिस्थिती कसैको अनुकुल हुँदैन, मनस्थितीलाई सकारात्मक बनाएर चल्नु पर्दछ ।

टेन्सनबाट मुक्ति कसरी ?[सम्पादन गर्ने]

तनाव भनेको कन्सियस माइण्डमा जीवनका नकारात्मक पक्षको यादले असहज हुनु हो । त्यसैले तनाव बन्द गर्न कन्सियस माइण्डको साटो सवकन्सियस माइण्डको प्रयोग गर्नु पर्छ । विज्ञानको भाषामा भन्नु पर्दा कन्सियस माइण्ड संगको सम्बन्ध छोडेर सवकन्सियस माइण्ड संगको सम्बन्ध स्थापित गर्नु पर्दछ । कन्सियस माइण्ड ४५ मिनेट काम गरे पछि थाक्छ । त्यसलाई विश्राम दिनु पर्छ । कन्सियस माइण्डबाट परिर्वतन(माइण्ड डाइभर्ट) गरेर सवकन्सियस माइण्डमा लगेमा स्वतः तनावको अन्त्य हुन्छ । थकान बन्द हुन्छ । पुनः काम गर्ने जाँगर र मनमा नयाँ उत्साहका साथमा जोश पलाउँछ । परिस्थिती जस्तो भए पनि मनस्थिती राम्रो हुँदै जान्छ ।

सवकन्सियस माइण्डले कल्पना, सपना, भावना, अन्तर्बोध, साहास, उत्साह, डर, प्रेम आदि भावनात्मक कार्य गर्दछ । विचारले तनाव दिदा विचारबाट पन्छिएर भावमा जानु पर्छ । सवकन्सियस माइन्डले ज्ञानको आधारमा नभई अनुभवलाई मानेर कृया–प्रतिकृया जनाउँछ । परिणम जे सुकै होस् । यदि घटनाको नराम्रो पक्ष हेर्न बानी छ भने नराम्रो र राम्रो हेर्ने बानी भए राम्रो परिणाम आउँछ । जे चाहिन्छ, त्यही रोप्नु प¥यो । निमको रुखमा आँप फल्दैन ।

हिप्नोसिस उपचार लिने सबै बिरामीको एउटै प्रश्न हुन्छ “ मलाई थाहा छ, गलत गर्नु हुन्न तर किन हुन्छ ?” यसको एउटै कारण हो सवकन्सियस माइण्डमा परेको छाप । कन्सियसले त निषेध गर्छ, सवकन्सियसले स्वइकार गर्छ । चुरोट पिउनु हुन्न थाहा छ तर चाहिन्छ । ड्रग्स खानु हुन्न थाहा छ तर चाहिन्छ । डराउनु हुन्न, चिन्ता गर्नु हुन्न, कुलतमा लाग्नु हुन्न थाहा छ तर मन मान्दैन । चाँहदा चाँहदै पनि संहालिन नसक्नुको कारण के हो त ?

उत्तर एउटै छ सवकन्सियस माइण्डमा परेका छाप । सवकन्सियस माइण्डले कन्सियस माइण्डको कुरो सुन्दैन, टेर्दैन । कन्सियस माइण्डको क्षमता १० प्रतिशत र सवकन्सियसको ९० प्रतिशत । कन्सियसलाई किन टेर्ने ? सवकन्सियस माइण्ड लुकेर हामीलाई चलाँउछ । हामो वास्तविक मालिक विचार, बुद्धि, तर्क, गणित या विज्ञान हैन, मनको भाव हो । जो सवकन्सियसमा रहन्छ । हिप्नोसिसले ध्यानको गहिरो अवस्थामा लगेर अवचेतन मनमा भएको धारणा बदल्छ । मनका उल्झनहरु समाप्त हुन्छन् । तब हामी तनाव मुक्त हुन्छौं । जीवनमा आनन्द आउँछ । त्यही हो ध्यान, जसले सम्पुर्ण समस्याबाट मुक्ति दिन्छ ।

तपाईलाई मन पर्ने वा नपर्ने स्वभाव होलान् ,चरित्र होलान्, ब्यवहार, ठाँउ होलान् । जसलाई तर्कको आधारमा मनपराउने पनि भन्न सकिन्छ तर भित्र रूपमा त्यस प्रति असल भावना रहन्न । सवकन्सियस माइण्डमा खराब छाप परेमा त्यो वस्तु, विषय, स्थान, ब्यक्ति वा जेसुकै होस् त्यो सब बेकार लाग्छ । त्यसैले कुनै पनि खराब आदतबाट छुट्न, डिप्रेसनबाट टाढा रहन सर्वप्रथम सवकन्सियस माइण्डलाई परिवर्तन गर्नु पर्छ, त्यस पछि बाँकी आफैं ठिक हुन्छ । पंत्तीकारका अनुभवमा सवकन्सियस माइण्डको यात्रा गराएका ब्यक्तिहरु परिर्वतन मात्र हैन रुपान्तरण हुन्छन् । एक हप्ता ध्यान गराएकै भरमा अनिद्रा बन्द हुन्छ । एक महिनामा ८–९ वर्ष पुरानो डिप्रेसन ठिक हुन्छ । जाँड–रक्सी–चुरोट आदिको दुब्र्यसन छुट्छ ।

कसैको बिना कारण पारिवारिक वा प्रेम सम्बन्ध बिग्रेर कलह बढ्नु, जति औषधी खाँदा पनि रोग ठिक नहुन, घर–अफिसमा सब थोक भए पनि मनमा शान्ति नहुनु, बिना कारण डर लागि रहनु, मन निरास हुनु, सपना खराब देख्नु, सपनामै तर्सनु, केही गर्न मन नलाग्नु, तनाव ग्रस्त हुनु, बोर लागिरहनु, मन उदास हुनु, दिक्क लाग्नु, अशान्त रहनु, जीन्दगी देखि वाक्क हुनु, काम गर्दा असफल भएको पिडा मात्र हुनु, आत्मा हत्या गर्न मन लाग्नु, दुर्घटना हुन्छन् की भनेर आत्तीनु यी सबै सवकन्सियस माइण्डका कारण हुने समस्या हुन् । त्यसैले यस्ता समस्या ग्रस्त बिरामीलाई ध्यानको सहारा लिनुको बिकल्प छैन । अन्यथा आजीवन औषधिको टेवा लिनु पर्छ ।

ध्यान रोग मुक्तिका लागि मात्र हैन जीवनको पुर्ण खोज हो । आत्मानुशासन हो । जन्मौ जन्म तपाईको साथमा रहने सम्पत्ति हो । ध्यानले तपाईलाई उत्साह दिन्छ । सम्बेदनशील बनाउँछ । एकाग्र भएर काम गर्न सहयोग गर्दछ । निरोगी र दिर्घायु बनाउँछ ।

10:04 PM (1 minute ago)
to me

https://samadhannews.com/2017/07/04/%E0%A4%B9%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%A8%E0%A5%8B%E0%A4%B8%E0%A4%BF%E0%A4%B8-%E0%A4%B0-%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8/