हेपाटाइटिस ए

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेपाटाइटिस ए
विभाग:Infectious diseases Edit this on Wikidata

हेपाटाइटिस ए (पहिले संक्रामक हेपाटाइटिसको रूपमा परिचित) एक जीर्ण संक्रामक रोग हो जुन हेपाटाइटिस ए भाइरस (HAV) को कारणले गर्दा कलेजो मा हुने गर्छ।[१] धेरै मामिलाहरूमा केही मात्र लक्षणहरू देखिन गर्छ वा नदेखिन समेत सक्छ, विशेषगरी भर्खरका बच्चाहरूमा।[२] लक्षण देखिने व्यक्तिहरूमा, संक्रमण भएको दुई देखि छ हप्ताको बीचमा लक्षण देखा पर्ने गर्छ।[३] लक्षण देखिँदा सामान्यतया तिनीहरू आठ हप्तासम्म देखा परिरहन्छन् जसमा निम्न पर्न सक्छन्: वाकवाकी लाग्ने, वान्ता हुने, पखाला लाग्ने, छाला पहेँलो हुने, ज्वरो आउने, र पेट दुख्ने।[२] लगभग 10–15% मानिसहरूले प्रारम्भिक संक्रमणपछि छ महिनासम्म यी लक्षणहरू बारम्बार अनुभव गर्ने गर्छन्।[२] जीर्ण कलेजो खराबी (कलेजोले काम गर्न छाडेको अवस्था) पनि हुन सक्छ तर यो बिरलै रूपमा हुने गर्छ र प्राय: वृद्धवृद्धाहरूलाई हुने गर्छ।[२]

यो सामान्यतया संक्रमित दिसा (विष्ठा) मिश्रित खानेकुरा खानाले वा त्यस्तो पानी पिउनाले फैलने गर्छ।[२] पर्याप्त रूपमा नपकाइएका शीपदार माछा तुलनात्मक रूपमा यसको सामान्य स्रोत हो।[४] यो संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क गर्नाले पनि फैलन सक्छ।[२] संक्रमित बालबालिकाहरूमा प्राय: लक्षणहरू नदेखिने भए तापनि, उनीहरूबाट यो संक्रमण अन्यहरूमा सर्न सक्छ।[२] एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन।[५] यो रोग लागेको पत्ता लगाउनको लागि रगत परीक्षण गर्न आवश्यक हुन्छ किनभने यसका लक्षणहरू अन्य केही रोगहरू लाग्दा देखिने लक्षणहरू जस्तै हुन्छन्।[२] यो पाँचवटा ज्ञात हेपाटाइटिस भाइरस मध्ये एक हो: ए, बि, सि, डि, र

रोकथामको लागि हेपाटाइटिस ए खोप प्रभावकारी हुन्छ।[२][६] केही देशहरूमा पहिले खोप नलगाएका बालबालिकाहरू र उच्च जोखिममा रहेकाहरूको लागि यसलाई नियमत: सिफारिस गरिएको हुन्छ।[२][७] यो जीवनभरको लागि प्रभावकारी रहेको देखिएको छ।[२] रोकथामका अन्य उपायहरूमा हात धुने र खानेकुरालाई राम्ररी पकाउने पर्दछन्।[२] यसको कुनै निश्चित उपचार छैन, र वाकवाकी वा पखाला को लागि आवश्यकता अनुसार विश्राम र औषधिहरू सिफारिस गरिन्छ।[२] संक्रमणहरू सामान्यतया कलेजोको रोग जारी रहे बिना पूर्ण रूपमा निको हुन्छन्।[२] जीर्ण कलेजो खराबी भएको अवस्थामा, यसको उपचार भनेको कलेजो प्रत्यारोपणहो।[२]

प्रत्येक वर्ष विश्वभर लगभग 15 लाख लक्षणात्मक मामिला देखिने गर्छ[२] र समग्रमा सम्भवत: सयौँ लाख संक्रमण हुने गर्छ।[८] यो विश्वका ती क्षेत्रहरूमा बढी हुने गर्छ जहाँ सरसफाइको अवस्था एकदमै नाजुक हुन्छ र पर्याप्त रूपमा सुरक्षित पिउने पानी उपलब्ध हुँदैन।[७] विकासशील मुलुकहरू मा लगभग 90% बालबालिकाहरू 10 वर्षको उमेरसम्ममा यसबाट संक्रमित भइसकेका हुन्छन् र त्यसकारण वयस्क हुँदासम्ममा उनीहरू यसबाट प्रतिरक्षित भइसकेका हुन्छन्।[७] सामान्य रूपमा विकसित देशहरूमा यसले प्रकोपको रूप लिने गर्छ जहाँ बालबालिकहरू सानै छँदा यसको सम्पर्कमा आउँदैनन् र व्यापक रूपमा खोप लगाइएको पनि हुँदैन।[७] सन् 2010 मा, जीर्ण हेपाटाइटिस ए को कारणले गर्दा 1,02,000 जनाको मृत्यु भएको थियो।[९] भाइरल हेपाटाइटिस को बारेमा जागरुकता फैलाउन प्रत्येक वर्ष जुलाई 28 का दिन विश्व हेपाटाइटिस दिवसपर्ने गर्छ।[७]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Ryan KJ, Ray CG (editors) (२००४), Sherris Medical Microbiology (4th संस्करण), McGraw Hill, पृ: 541–4, आइएसबिएन 0-8385-8529-9 
  2. २.०० २.०१ २.०२ २.०३ २.०४ २.०५ २.०६ २.०७ २.०८ २.०९ २.१० २.११ २.१२ २.१३ २.१४ २.१५ Matheny, SC; Kingery, JE (१ डिसेम्बर २०१२), "Hepatitis A.", Am Fam Physician 86 (11): 1027–34; quiz 1010–2, पिएमआइडी 23198670 
  3. Connor BA (२००५), "Hepatitis A vaccine in the last-minute traveler", Am. J. Med. 118 (Suppl 10A): 58S–62S, डिओआई:10.1016/j.amjmed.2005.07.018, पिएमआइडी 16271543 
  4. Bellou, M.; Kokkinos, P.; Vantarakis, A. (मार्च २०१३), "Shellfish-borne viral outbreaks: a systematic review.", Food Environ Virol 5 (1): 13–23, डिओआई:10.1007/s12560-012-9097-6, पिएमआइडी 23412719 
  5. The Encyclopedia of Hepatitis and Other Liver Diseases, Infobase, २००६, पृ: १०५, आइएसबिएन 9780816069903 
  6. Irving, GJ.; Holden, J.; Yang, R.; Pope, D. (२०१२), "Hepatitis A immunisation in persons not previously exposed to hepatitis A.", Cochrane Database Syst Rev 7: CD009051, डिओआई:10.1002/14651858.CD009051.pub2, पिएमआइडी 22786522 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ "Hepatitis A Fact sheet N°328", World Health Organization, जुलाई २०१३, अन्तिम पहुँच २० फेब्रुअरी २०१४ 
  8. Wasley, A; Fiore, A; Bell, BP (२००६), "Hepatitis A in the era of vaccination.", Epidemiol Rev 28: 101–11, डिओआई:10.1093/epirev/mxj012, पिएमआइडी 16775039 
  9. Lozano, R (Dec १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604