हेपाटाइटिस बी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हेपाटाइटिस बी मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ । विकसित देशहरु अमेरिका र यूरोपमा एक्युट लिभर फेलरका बिरामीको समयमा लिभर ट्रान्सप्लान्टेसनले गर्दा मृत्यु घटेर गएको छ र वृहत् खोप कार्यक्रमले गर्दा नयाँ बिरामीको संख्या घटेको छ भने क्रोनिक हेपाटाइटिस बी र लिभर क्यान्सरका बिरामी बढिरहेका छन् ।

सन् १९८० को सुरुबाट हेपाटाईटिस बीको विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको छ । यो रोग संसारभर फैलिएको छ । सबभन्दा बढी दक्षिण पूर्वी एसिया ९जापानबाहेक० को चाइना र अफ्रिकी मुलुकका मानिस बढी प्रभावित छन् । त्यहाँ करीब ८ प्रतिशतभन्दा बढी जनसङ्ख्या यो रोगबाट ग्रस्त छन् । जसलाई क्रोनिक हेपाटाइउिटस बी क्यारियर भनिन्छ । त्यस्ता क्यारियरहरु ६० देखि ८० प्रतिशत जीवनको कुनै पनि समयमा रोगको सिकार बन्छन् ।

त्यस्तै, नेपालमा पनि ०।८ प्रतिशत जनसङ्ख्या क्रोनिक हेपाटाइटिस बीबाट संक्रमित छ ।  यहाँ गरिएका केही अध्ययनले हिमाली भेगमा बस्ने बहुसंख्यक तिब्बतियन समुदायका मानिसहरु, लामा, भोटेहरु करिब ५ देखि १० प्रतिशत यो भाइरसबाट संक्रमित फेला परेका छन् । अफ्रिका, पूर्वी युरोप, मध्यपूर्वी एसिया र इन्डियन सबकन्टिनेन्टमा बस्ने मानिसहरु जीवनको कुनै पनि समयमा यो रोग सर्ने खतरा २० देखि ६० प्रतिशत रहेको छ र नेपाल पनि त्यसमा पर्छ ।

सर्ने माध्यम[सम्पादन गर्ने]

हेपाटाइटिस बी मुख्यगरी तीन किसिमको माध्यमबाट सर्छ ।

प्रत्यक्ष सम्पर्क[सम्पादन गर्ने]

प्रमुख माध्यम भनेको प्रत्यक्ष सम्पर्कबाट हो । जस्तै यौन सम्पर्क ९पुरुष–पुरुष, महिला–पुरुष० त्यस्तै बिरामीको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरुको सम्पर्कबाट ९वीर्य, ¥याल, पसिना, आँसु, पेटभित्रका रसहरु आदि०बाट ।

रगतको माध्यम[सम्पादन गर्ने]

दोस्रो तरिका रगतको माध्यम हो । जस्तैः दूषित र ब्लड प्रोडक्ट ट्रान्सफ्युजनले गर्दा, ड्रगको कुलतमा फसेकाहरुले एउटै सुई धेरैले प्रयोग गर्दा, दाह्री काट्ने ब्लेड, दाँत माझ्ने ब्रस सेयर गर्दा पनि सर्न सक्छ । हेपाटाइटिस क्यारियर अङ्गदान ९मिर्गौला, मुटु, कलेजो आदि०बाट पनि सर्न सक्छ ।

रोगी आमाबाट[सम्पादन गर्ने]

तेस्रो माध्यम भनेको रोगी आमाबाट जन्मेका बच्चाहरुमा सर्छ । यो भाइरस एचआईभी भाइरसभन्दा ५० देखि १०० गुणा र हेपाटाइटिस सीको भाइरसभन्दा १० गुणा बढी संक्रमण गर्ने क्षमता हुन्छ ।

क्लिनिकल कोर्स[सम्पादन गर्ने]

हेपाटाइटिस बी भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । वयस्क अवस्थामा रोग प्रवेश गर्दा ९० देखि ९९ प्रतिशत एक्युट एबीभीका रुपमा देखापर्छ । त्यसमध्ये लक्षण देखाउने २५ प्रतिशत मात्र बिरामी हुन्छन् र त्यसको १ प्रतिशतको लिभर फेलर भएर मृत्यु हुन्छ । ६५ प्रतिशतले रोगको कुनै लक्षण देखाउँदैन । लक्षण र बिनालक्षणबाट प्रभावित बिरामी ९९ प्रतिशतभन्दा बढी आफैं निको भएर जान्छन् र शरीरमा भाइरस देखिँदैन । इन्फेक्सन भएकामध्ये १ देखि १० प्रतिशत बिरामी क्रोनिक हेपाटाइटिस बीमा परिणत हुन्छन् र तीमध्ये १० देखि ३० प्रतिशत २० वर्षपछि मात्र लिभर सिरोसिस र लिभर क्यान्सरबाट ग्रसित हुन्छन् । ७० देखि ९० प्रतिशत व्यक्ति केवल हेपाटाइटिस बीको क्यारियर ९अरुलाई सार्न सक्छन् तर आफूमा देखिँदैन० भएर लामो समयसम्म जिउन सक्छन् । राम्रो जीवनशैली र उपचार नगर्दा अन्तिम अवस्थामा उनीहरुमा पनि  सिरोसिस र लिभर क्यान्सर हुन सक्छ ।

लक्षण[सम्पादन गर्ने]

हेपाटाइटिस बी रोग दुई किसिमको हुन्छ । एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस बीको ६५ प्रतिशत संक्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने ३५ प्रतिशत संक्रमितमा हेपाटाइटिस एजस्तै लक्षणहरु शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाक्वाकी लाग्ने, बान्ता आउने, आँखा पहेलो हुने, आदि लक्षण देखा पर्छन् । यीमध्ये १ प्रतिशत बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन्छ ।

क्रोनिक हेपाटाइटिस बी भनेको बिरामीको शरीरमा हेपाटाइटिस बीका भाइरस नगन्यदेखि प्रहस्त मात्रामा हुन्छन् र सुरु २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिँदैन । अन्त्यमा गएर लिभर सिरोसिस ९लिभर काम नलाग्ने भई काठजस्तो कडा भएर जम्ने अवस्था०, लिभर क्यान्सर र लिभर फेलर भएर मृत्युशैयामा पु¥याउँछ । लिभर सिरोसिस हुँदा हाम्रो शरीरलाई दैनिक चाहिने प्रोटिन, महत्वपूर्ण इन्जाइम र को–फ्याक्टरको उत्पादन घटेर जान्छ र भिटामिन, आइरन, मिनरल्सको भण्डारण घट्छ । हामीले खाएका खानेकुरा र औषधि सबैको मेटाबोलिजम र निस्कासन लिभरबाट हुने भएकाले यो नै कमजोर भई काम नलाग्ने भएपछि शरीरको सबै प्रणालीमा असर गर्छ । शरीरलाई चाहिने चीजहरुको कमी हुन्छ र विशालु चिजहरु शरीरमा संकलित भइरहन्छ ।

जसले दिमागमा असर परी अर्धचित्त र बेहोसी अवस्थामा बिरामीलाई पु¥याउँछ । अहिलेको एन्टिभाइरल औषधि पत्ता लगाउनुभन्दा पहिला कलेजोको सिरोसिस भई सकेपछि ५ वर्षसम्म बाँच्ने क्षमता जम्मा ५५ प्रतिशत थियो र सिरोसिस नभएर हेपाटाइटिस मात्र हुँदा ९७ प्रतिशत भएको केही अध्ययनलाई देखाएका छन् । हेपाटाइटिस बी भाइरस डीएनए भाइरस हो । एक्युट इन्फेक्सन हुँदा ६ हप्तादेखि ३ महिनासम्म एचबिएसएजी देखिन्छ र पछि हटेर जान्छ । एचबिएसएजी सुरुमा निकै बढ्छ र तुरुन्तै हटेर जान्छ । शरीरमा एन्टी एचबिएसएबी इन्फेक्सन भएको धरै समयपछि पैदा हुन्छ र हेपाटाइटिस बीका विरुद्ध रोग निरोधक शक्ति पैदा भएको छ भन्ने जनाउँछ । शरीरमा पैदा हुने पहिलो एन्टिबडी एन्टी एचबिसी हो  ।

आईजीएम एन्टी एचबीसीले एक्युट इन्फेक्सन भएको छ र शरीरमा भाइरस निकै बढिरहेका छन् भन्ने कुरा जनाउँछ र धेरै महिनासम्म रहन्छ । आइजिएम एन्टी एचबीसीले लगत्तै हेपाटाइटिस बीको संक्रमण भएको छ भन्ने संकेत दिन्छ र यो समयमा एचबिएसएजी हटिसकेको हुन्छ र सिरममा एन्टी एचबिसी बनिसकेको हुँदैन । एन्टी एचबिई एन्टिबडी एन्टी एचबिसी एबी बनिसकेपछि मात्र बन्छ र यसले हेपाटाइटिस बीको संक्रमण घटेर गएको र संक्रमण गर्ने शक्ति कम भएर गएको जनाउँछ ।

क्रोनिक हेपाटाइटिस बीको रगत परीक्षण गर्दा एचबिएसएजी सधैं देखिन्छ र यो दीर्घकालीन संक्रमण ९क्यारियर० हो भन्ने जनाउँछ । एचबिइएजी पोजिटिभ देखिएमा यसको संक्रमण शक्ति बढी छ र रोगले महामारीको रुप लिन सक्छ साथै कलेजो खराब हुँदैछ भन्ने जनाउँछ । यति बेला लिभर इन्जाइमको मात्रा बढेर जान्छ र एचबिभी डिएनए ेभाइरसहरुको वृद्धि भइरहेको हुन्छ ।

हेपाटाइटिस बीका १० वटा जिनोटाइप ९ए–जे० छन् र भौगोलिक आधारमा यिनीहरुले आफ्नो विशेषता जनाउँछन् । दक्षिणपूर्वी एसिया, जापान, इन्डिया र नेपालमा जिनोटाइप बी र सी पाइन्छ । जिनोटाइपअनुसार हेपाटाइटिस बीले आफ्नो रोगको स्वरुप जनाउँछ । जेनोटाइप बीले जेनोटाइप सीले भन्दा एचबिइएजीको परिवर्तन र एचबिएसएजीबिरामीको शरीरबाट हटाएर जाने क्षमता कम राख्छ तापनि कलेजोको खराबी सीकोे तुलनामा बीले कम गर्छ । लिभर क्यान्सर हुने खतरा बीमा सीभन्दा बढी देखिन्छ ।

उपचार[सम्पादन गर्ने]

क्रोनिक हेपाटाइटिस बीको औषधिउपचारको मुख्य उद्देश्य भनेको कलेजोलाई नष्ट हुन दिनबाट बचाउने र यसको जटिल रुपमा परिवर्तन हुन् ९जस्तै ः लिभर सिरोसिस,  लिभर फेलिएरबाट बचाउनु साथै बिरामीको आयु बढाउनु हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बीका भाइरसलाई वृद्धि हुनबाट रोक्छन् । एचबिइएजीलाई नेगेटिभ बनाउँछन् र एबिभी डिएनए भाइरल लोड घटाउँछन् र केही प्रतिशत बिरामीमा भाइरसलाई निर्मूल पार्छ ।

रोकथाम[सम्पादन गर्ने]

हेपाटाइटिस बीको रोकथामको सबैभन्दा राम्रो उपाय हेपाटाइटिस बीको भ्याक्सिन लगाउनु हो । उच्च रिस्क ग्रुपमा पर्ने समुदायहरु जसले हेपाटाइटिस बीका बिरामीलाई दैनिक सेवा दिनुपर्छ, सम्पर्कमा रहनुपर्छ साथै उनीहरुलाई सेवा दिँदा उनीहरुकोे शरीरबाट निस्केको तरल पदार्थ साथै रगतसंग काम गर्नुपर्छ । साधारण तया हेपाटाइटिस बी भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ । अहिलेको विस्तारित खोप कार्यक्रमअनुसार बच्चालाई डिपिटी र पोलियो भ्याक्सिनसँगै हेपाटाइटिस बी भ्याक्सिन दिइन्छ । एचआइभीका बिरामी, क्यान्सर र अन्य रोगबाट इम्युनो कम्प्रोमाइज्ड  व्यक्तिमा चार डोज हेपाटाइटिस बीको खोप लगाउँदा उपयुक्त हुन्छ ।[१]



Genome[सम्पादन गर्ने]

The genome organisation of HBV. The genes overlap.

References[सम्पादन गर्ने]