हेमलता
स्वरूप
हेमलता | |
---|---|
चित्र:Hemlata.png | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | लता भट्ट |
जन्म | हैदराबाद, भारत | १६ अगस्ट १९५४
उत्पत्ति | राजस्थान, भारत |
विधा | पार्श्व गायन, गजल |
पेशा | पार्श्व गायन |
वाद्ययन्त्र | आवाज |
सक्रिय वर्ष | १९६८- हाल सम्म |
हेमलता (जन्म १६ अगस्ट १९५४, हैदराबाद, भारत) एक चिरपरिचित र सफल भारतीय पार्श्व गायिका हुन् ।[१] सन् १९७० को अन्त्य सम्ममा उनलाई बलिउड क्षेत्रमा सबैभन्दा सफल पार्श्व गायिकाको रूपमा चिनिने गरिन्थ्यो । उनले विभिन्न भारतीय चलचित्र, सांगीतिक आयोजन, टेलिभिजनहरूमा आफ्नो आवाजको जादू पोखिसकेकी छिन ।[२] उनले हिन्दी भाषामा मात्रै नभएर भारतमा बोलिने अन्य भाषाहरूमा समेत गायनकला देखाईसकेकी छिन । उनले सन् १९७७ मा उत्कृष्ट महिला पार्श्व गायिकाको फिल्मफेयर पुरस्कार जितेकी छिन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]हेमलताको जन्म १६ अगस्टमा भारतको हैदराबादमा भएको हो । उनी १३ वर्षकै उमेर देखि बलिउडमा छिन ।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Gurbani fascinates me, says Hemlata", The Tribune, १६ अप्रिल १९९९।
- ↑ "Music Reviews Ankhiyon Ke Jharokhon Se", Planetbollywood।
- ↑ "Hemlata – Interview", cineplot, अन्तिम पहुँच २ अक्टोबर २०११।