२०११ मा प्रदान गरिएका नोबेल पुरस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिने 'नोबेल शान्ति पुरस्कार' यस वर्ष अर्थात् सन् २०११ का लागि तीनजना नारीलाई संयुक्त रूपमा प्रदान गरियो । यो पुरस्कारको राशि करिब १० करोड नेपाली रूपैयाँ बराबर हुन्छ । पुरस्कारको इतिहासमै पहिलो पटक एकैपटक तीनजना महिलालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको यसै वर्ष हो । पुरस्कृत महिलामध्ये एक एलन जोन्सन सर्लिफ लाईबेरियाकी राष्ट्रपति हुन्, अर्की विजेता लेमाह जिबोवी पनि लाईबेरियाकै महिला अधिकारकर्मी एवं सामाजिक-राजनीतिक नेतृ हुन् भने अर्की विजेता यमनकी अत्यन्तै युवा उमेर -३२ वर्ष) की मानव अधिकार अभियन्ता एवं संचारकर्मी तावाकुल कारमान हुन् । उनीहरू तीनजनालाई यो पुरस्कार दिने आधारका सम्बन्धमा स्पष्ट पार्दै नोबेल पुरस्कार समितिले भन्यो-'महिलाको सुरक्षा र अधिकार तथा शान्ति स्थापनामा पूर्ण सहभागिता प्रवर्द्धन गर्न उनीहरूले गरेको शान्तिपूर्ण संघर्ष'को कदर गर्दै वर्ष २०११को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।

स्मरणीय छ, यसअघि एकपटक मात्र सन् १९९४मा सिमोन पेरेज, यित्ज्याक रबिन र यासेर अराफात गरी तीनजनाले संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार पाएका थिए । उनीहरू तीनैजना पुरुष थिए ।

सन् १९०१ देखि प्रदान गर्न थालिएको शताब्दी पुरानो यो लब्ध-प्रतिष्ठित विश्वसम्मान -नोबेल शान्ति पुरस्कार) हालसम्म व्यक्ति र संस्था गरेर १ सय २५ जनालेे पाएका छन् । अहिलेसम्म जम्मा ९२ पटक वितरण गरिएको यो पुरस्कार अन्तर्राष्ट्रिय रेडक्रसले तीनपटक र संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुईपटक पाएका छन् । यसको अर्थ हालसम्म यो पुरस्कार २४ वटा संस्था र १०१ जना व्यक्तिले प्राप्त गरेका छन् । त्यसरी यो नोबेल शान्ति पुरस्कार पाउनेहरूमध्ये केवल १५ जना मात्र नारी छन्, दुर्भाग्यवश, उक्त संख्या पुरस्कृत भएका संस्थाहरू -२४) भन्दा पनि थोरै छ । यसैगरी समग्र नोबेल पुरस्कार विजेताहरूको सूची हेर्दा कुल ८२६ जनाले विभिन्न विधाका नोबेल पुरस्कार पाएकोमा हालसम्म जम्मा ४४ जना महिला मात्र यो पुरस्कारबाट सम्मानित भएका छन् । -यसमा पनि, म्याडम क्युरीले एकपटक रसायनशास्त्रतर्फ र एकपटक भौतिकशास्त्रतर्फ गरी दुईपटक नोबेल पुरस्कार जितेका हुँदा उक्त संख्या ४३ हुन आउँछ ।) उल्लेखनीय के छ भने अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जित्ने हालसम्म केवल एकजना मात्र महिला छिन्-उनी हुन् अमेरिकाकी एलिनार ओस्ट्रोम, जसले सन् २००९मा उक्त पुरस्कार जितेकी थिइन् ।

पछिल्लो पटक नोबेल शान्ति पुरस्कार पाउनेमध्येकी एक एलन जोन्सन सर्लिफ सन् २००६ देखि लाईबेरियाकी राष्ट्रपति हुन् । उनी अपि|mकी महादेशकै प्रथम निर्वाचित महिला राष्ट्रपति पनि हुन् । दशकौंदेखि गृहयुद्धको भुमरीमा पिल्सिरहेको लाईबेरियामा शान्ति स्थापना अनि त्यहाँको आर्थिक विकास र महिलाको अवस्थाका साथै समाज सुधारमा उनले अग्रणी भूमिका खेलेकी छिन् । अमेरिकाबाट अर्थशास्त्रको सर्वोच्च डिग्री हासिल गरेकी सर्लिफले कुनै बेला लाईबेरियाको सिटी बैंकको उपाध्यक्ष भएर अनि पछि वासिङ्टन डीसीस्थित विश्व बैंकमा अर्थशास्त्रीका रूपमा समेत काम गरेकी थिइन् । सैनिक विद्रोह गरी सन् १९८०मा सत्ता हत्याएका जनरल स्यामुएल के डोयको अत्याचारी शासनविरुद्ध लोकतन्त्रको माग गर्दै राजनीतिमा सक्रिय हुन थालेपछि उनी धेरैपटक जेलमा थुनिने र रिहा हुने क्रम चलिरह्यो । उनले अनेकौं पटक मारिने धम्कीको पनि सामना गर्नुपर्‍यो ।

सर्लिफ पहिलो पटक सन् १९९७मा राष्ट्रपति पदका लागि निर्वाचन लडिन् तर त्यतिबेला उनी प्रतिद्वन्द्वी उम्मेदवार चाल्र्स टेलरद्वारा पराजित हुन पुगिन् । आपmनो अथक प्रयत्न र निरन्तर लोकतान्त्रिक सुधार कार्यमा अविचलित भएर सक्रिय रहँदै आएकीले समर्थक एवं शुभचिन्तकहरूले उनलाई 'आइरन लेडी'को उपनाम नै दिए । लगत्तै सन् २००५मा भएको निर्वाचनमा भने चर्चित फुटबल खेलाडी जर्ज व्हीलाई पराजित गर्दै सर्लिफले राष्ट्रपति निर्वाचनमा उल्लेखनीय विजय हासिल गरिन् । राष्ट्रपति भएलगत्तै प्राथमिक शिक्षा निःशुल्क एवं अनिवार्य बनाउनुका साथै भ्रष्टाचारविरुद्ध कठोर नीति 'जिरो टलरेन्स' अपनाएकी थिइन् । काठ र रबर खेतीमा धनी मानिने लाईबेरियाको जर्जर अवस्था सुधार्न उनले संसारकै ठूलो स्टिल कम्पनी आर्सेलार मित्तलसँग १ अर्ब डलर बराबरको सम्झौता गरेपछि त्यहाँ फलाम उत्पादन प्रारम्भ भयो । यसैगरी उनले अर्को एक महत्वपूर्ण 'सहुलियत सम्झौता' चीनसित पनि गरिन् । उनकै कार्यकालमा लाईबेरियाको अर्बौं डलरको वैदेशिक ऋण पनि मिनाहा भयो । यी सबै सुधार कार्य जारी रहेकाले उनी सन् २०११मा भएको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि पनि छानिइन् ।

लेमाह जिबोवी पनि लाईबेरियाली नै हुन् । नोबेल समितिले 'लाईबेरियाको लामो युद्ध अन्त्य र निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न' उल्लेखनीय योगदान पुर्‍याएकाले जिबोवी शान्ति पुरस्कारका लागि योग्य ठहरिएको जनाएको छ । उनले युद्धमा हुने बलात्कार र बालसैनिक प्रयोगविरुद्ध अभियान चलाउँदै आएकी छन् । युद्धविरुद्ध महिलाहरूलाई परिचालन गर्ने सन्दर्भमा उनले विभिन्न धार्मिक एवं जातीय समूहका महिलाहरूलाई संगठित गर्न उनी सफल भएकी थिइन् । 'महिला शान्ति तथा सुरक्षा सञ्जाल, अपि|mका' की सहसंस्थापक जिबोवीले लाईबेरियाको हिंसात्मक द्वन्द्व अन्त्य गर्न मूलतः द्वन्द्वमा होमिएका वा द्वन्द्वका क्रममा मारिएका पुरुषका श्रीमती, आमा र दिदीबहिनीहरूको समूह गठन गरेर अनेक ठूलाठूला शान्ति प्रदर्शन गरेकी थिइन् । सन् २००३मा भएको लाईबेरियाली शान्तिवार्तामा उनको नेतृत्वमा सयौं महिला वार्तास्थल घेरेर प्रतिनिधिहरूलाई सहमति नगरी बाहिर निस्कन नदिन धर्ना बसेका थिए । पछि सन् २००५को निर्वाचनमा एलन जोन्सन सर्लिफलाई राष्ट्रपति निर्वाचनमा विजयी गराउन उनले उल्लेखनीय भूमिका निर्वाह गरिन् । पश्चिम अपि|mकामा जिबोवीलाई अत्यन्त सम्मानित महिला नेता मानिन्छ ।

तावाकुल कारमानलाई उनको देश यमनका राजनीतिक कार्यकर्ताहरू 'लौह महिला'-आइरन वुमन- र अन्य कतिपयले 'क्रान्तिकी आमा- मदर अफ दि रिभोलुसन' पनि भन्छन् । नोबेल शान्ति पुरस्कार पाउने प्रथम अरब महिला, प्रथम यमनी नागरिक र -इरानकी सिरिन एबादीपछि) दोस्रो मुस्लिम महिला बन्न पुगेकी उनको पूरा नाम तावाकेल अब्देल-सलाम कारमान हो । सन् १९७९ फेब्रुअरी ७मा जन्मिएकी यी ३२ वषर्ीया यमनी नारी नोबेल पुरस्कार पाउनुअघि नै अरब विश्वको वसन्त विद्रोह-अरब स्पि्रङ्ग्रस अपराइजिङ-को समयदेखि नै मानव अधिकार, महिला अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जोडदार वकालत अनि राष्ट्रपति अलि अब्दुल्लाह सालेहको तानाशाही सत्ताको प्रखर आलोचना गर्दै आएकीले चर्चित भैसकेकी थिइन् । उनले सामाजिक रुढिवादविरुद्ध सामाजिक चेतना फैलाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छिन् । सन् २००७मा मोबाइल फोन समाचार सेवा अघि बढाउने लाईसेन्स नपाएपछि उनले प्रेस स्वतन्त्रताको पक्षमा उठाएको आवाजले उनलाई विशेषगरी पश्चिम जगतमा निकै चर्चित तुल्यायो । मोहम्मद अल-नाहमीसित विवाह बन्धनमा बाँधिएर तीन सन्तानकी आमा बनिसकेकी तावाकुल कारमान प्रमुख प्रतिपक्षी राजनीतिक दल अल-इस्लाहकी वरिष्ठ सदस्य एवं स्वतन्त्र पत्रकार पनि हुन् र सन् २००५मा उनी 'बन्धनहीन महिला पत्रकार समूह' -विमेन जर्नालिस्ट विथआउट चेन) की सहसंस्थापक बनेकी हुन् । उनी अक्सर अमेरिकी पत्रिकाहरूमा लेख छपाउँछिन् ।

सबैभन्दा पहिलोपटक नोबेल पुरस्कार पाउने नारी अस्टि्रयाकी बार्था भोन सटनर थिइन् जसलाईर् सन् १९०५मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । 'ले डाउन योअर आम्र्स' नामक गम्भीर पुस्तककी लेखक बार्था जम्मा ७१ वर्ष बाँचिन् । पहिलोपटक दुईजना महिलालाई संयुक्त रूपमा प्रदान गरिएको वर्ष सन् १९७६ थियो जतिबेला आयरल्यान्डमा जन्मिएर बेलायतमा बसोबास गरिरहेका दुईजना क्रमशः बेट्टी विलियम्स र म्यारिड कोराजोनले यो पुरस्कार पाएका थिए । महिलाले नै लगातार दुई वर्ष नोबेल शान्ति पुरस्कार पाएको वर्ष सन् २००३ र २००४ हो जतिबेला पहिलो वर्ष इरानकी सिरिन एबादीले र लगत्तै अर्को वर्ष केन्याकी वान्गारी मुटा माथाई यो पुरस्कार विजेता बनेका थिए ।

नोबेल समितिले भनेको छ-समाज विकासका सबै तहमा महिलाले पुरुषसरह समान निणर्ायक अवसर प्राप्त नगर्दासम्म विश्वमा स्थायी शान्ति र लोकतन्त्रको स्थापना हुन सक्दैन । स्वाभाविक हो, प्रकृतिले नै जीवनचक्र अगाडि बढाउन नारी र नरको सिर्जना गरेको छ । एकको अभावमा अर्काको अस्तित्व नरहने हुँदा यी दुवै एक-अर्काका पूरक हुन् । उच्चारणको हिसाबले हेर्ने हो भने 'नर' भन्दा 'नारी' अलि वजनदार सुनिन्छ । समाजको विकासक्रम शक्तिका आधारमा संरचित र विकसित हुन गएकाले नरले सदियौंदेखि नारीलाई आफूभन्दा दोस्रो दर्जामा राख्दै आयो । नारीलाई घरभित्र सीमित तुल्याइयो र नर स्वतन्त्र औ स्वच्छन्द बनेर यत्र-तत्र-सर्वत्र विचरण गर्ने भयो । यसले गर्दा नर र नारीको समविकास हुन सकेन । नर क्रमशः सबैतिर हाबी हुँदै गयो र नारी पीडित एवं प्रताडित हँुदै जानुपर्‍यो । यसरी विकसित भएको पितृसत्ता र अन्यायपूर्ण नरवादविरुद्ध नारीहरू धेरैपटक जुर्मुराए, धेरैपटक विद्रोहिणी बनेर सडकमा उर्लिए, अनेकौं पटक रणचण्डी बनेर कुर्लिए र थुपै्र पटक एक वा अर्को रूपमा विरोधको स्वर उराले ।

अहिले नारी सम्मान र समानताका जे-जति कुरा सतहमा आइरहेका छन्, ती सबै उही नारी विद्रोहकै प्राप्तिहरू छन् । किनभने दुनियाँले बुभmदैछ, नारीको यथोचित सम्मान नगरी, नारीलाई यथोचित स्थान नदिई मानव संसारको सन्तुलित विकास हुन सक्दैन । वर्ष सन् २०११मा प्रदान गरिएको नोबेल शान्ति पुरस्कारले पनि यही संकेत गरेको छ । यद्यपि समग्रमा नोबेल पुरस्कार पाउनेहरूको सूची हेर्दा पुरस्कृत नारीहरूको संख्या अत्यन्तै न्यून छ । यसतर्फ नारीहरू आफैले पनि राम्रोसँग मनन गर्नुपर्ने आवश्यकता देखिन्छ । उनीहरूको चुनौती नै यही हो- कसैको निगाहले होइन, बरू स्थापित पितृसत्तात्मक संरचनालाई चुनौती दिँदै आपmनै शक्ति, क्षमता, प्रतिभा र ल्याकतले आपmनो महत्ता आफैले प्रमाणित गरेर देखाउनु ।

चिकित्साशास्त्र:

भौतिकशास्त्र:

रसायनशास्त्र: