२०१९ बङ्गलादेश डेङ्गु प्रकोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१९ बङ्गलादेश डेङ्गु प्रकोप
रोगडेङ्गु ज्वरो
विषाणुको प्रजातिडेङ्गु जिवाणु
मितिअप्रिल २०१९ – हाल
उत्पत्तिबङ्गलादेश
निश्चित सङ्क्रमित१९,५१३
मृत
१४ [१][२] (अौपचारिक)
५०+ (अन अौपचारिक)

सन् २०१९ बङ्गलादेश डेङ्गु प्रकोप एक प्रकोप थियो। बङ्गलादेशमा सन् २०१९ को अप्रिल महिनाबाट डेङ्गु रोग तथा डेङ्गु ज्वरो फैलिएको थियो जुन हाल सम्म पनि पूर्णतया नियन्त्रणमा आएको छैन।[३][४] स्वास्थ्य सेवा महानिर्देशनका अनुसार १ अगष्ट २०१९ सम्म डेङ्गु ज्वरोका कारण १४ व्यक्तिको मृत्यु भइसकेको छ भने देशव्यापी रूपमा १९,५१३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ जसमा अधिकांश बालबालिकाहरू छन्।[५] यद्यपि अन्य स्रोतहरूले जारी गरेका प्रतिवेदनका अनुसार ५० सर्वसाधारणहरूको‍ मृत्यु भैसकेको छ। स्वास्थ्य सेवा महानिर्देशनले देशका सबै जिल्लाहरूमा डेङ्गुको लक्षण पुषि गरेको थियो। थप रूपमा यस ज्वरोले गत २४ घण्टामा १,७१२ नयाँ सङ्क्रमित बिरामीहरूलाई ग्रसित पारेको थियो जुन एकै दिनमा कैद भएका सङ्क्रमित व्यक्तिहरूको सबैभन्दा ठूलो संख्या पनि हो।[६] आधिकारिक स्रोतका अनुसार हरेक घण्टा ७१ भन्दा बढी मानिसलाई डेङ्गु ज्वरोको सङ्क्रमणमा परेका छन्।[७] ढाका देशको सबैभन्दा बढी प्रभावित सहर हो भने ढाका विभागका जिल्लाहरू सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्येका हुन्।थुप्रै मानिसहरू प्रमुख सहरदेखि ग्रामीण इलाकामा अगष्ट महिनामा बकरिदको छुट्टी मनाउन यात्रा गर्दा स्थिति बिग्रन्छ भन्ने कुरामा विज्ञहरू चिन्तित छन्। एपिडेमिलोजी, रोग नियन्त्रण तथा अनुसन्धान संस्थानले यो प्रकोप सेप्टेम्बर २०१९ सम्म जारी रहने आशा गर्दछ।

स्वास्थ्य सेवा महानिर्देशनको एक इकाई सरुवा रोग नियन्त्रणले मार्च २०१९ मा डेङ्गुको प्रकोपको बारेमा चेताउनी दिएको थियो। सन् २०१९ जनवरीमा यस इकाईले ढाका सहरमा एउटा सर्वेक्षण गरेको थियो जहाँ यसले सहरका विभिन्न भागमा लार्भा तथा वयस्क एडिस प्रजातिको लाम्खुट्टे भेटिएको थियो। सर्वेक्षणको नतीजाको आधारमा यस इकाईले दुवै सहर निगमहरूलाई आउँदो महिनामा प्रकोपको सम्भावना बारे सचेत गराएको थियो। [८] सीडीसीका निर्देशक डाक्टर सानिया तहमिनाले भविष्यमा प्रकोपको सम्भावनालाई विचार गर्दै चिकित्सक तथा नर्सहरूलाई तालिम दिन शुरू गरेको बताएकी थिइन्।[९] अगस्ट २०१९ मा बङ्गलादेश सरकारले डेङ्गु जाँच किट आयातमा सबै महसुल फिर्ता लिएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेशमा सन् २००० मा डेङ्गु ज्वरो पहिलो पटक देखिएको थियो भने सोही वर्ष डेङ्गु ज्वरोका कारण ९३ सर्वसाधारणहरूक‍ मृत्यु भएको थियो। उक्त प्रकोपको ३ वर्ष पश्चात् मृत्यु बिस्तारै शून्यमा घट्यो। सन् २०१८ मा यस प्रकोप पुन देखिएको थियो भने सोही वर्ष २६ सर्वसाधारणहरूको मृत्यु हुनका साथै १०,१४८ मानिसहरू रोगबाट प्रभावित भएका थिए। सन् २०१८ भन्दा पहिले प्रभावित व्यक्तिहरूको अघिल्लो उच्चतम सङ्ख्या सन् २००२ मा ६,२३२ रहेको थियो।[१०][११][१२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "ডেঙ্গু: নতুন আক্রান্ত ১৭১২ জন", बिडी न्युन ट्वाण्टीफोर डटकम (बाङ्लामा) (ढाका), २०१९-०८-०१, अन्तिम पहुँच २०१९-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०२ मिति
  2. "স্বাস্থ্য বুলেটিন: বাংলাদেশ ডেঙ্গু পরিস্থিতি" (पिडिएफ). স্বাস্থ্য পরিষেবা অধিদপ্তর জেনারেল (ঢাকা: সংক্রামক রোগ নিয়ন্ত্রণ). 2019-07-27. http://www.dghs.gov.bd/images/docs/Notice/2019/Notice_27_07_2019.pdf. अन्तिम पहुँच मिति: 2019-07-30. 
  3. "ডেঙ্গু: নতুন আক্রান্ত ১৭১২ জন", বাংলা (ঢাকাमा), ১ আগস্ট ২০১৯।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०२ मिति
  4. "স্বাস্থ্য বুলেটিন: বাংলাদেশ ডেঙ্গুর পরিস্থিতি ২০১৯". স্বাস্থ্য অধিদপ্তর (ঢাকা: সংক্রামক রোগ নিয়ন্ত্রণ, স্বাস্থ্য অধিদপ্তর). 2019-07-27. http://www.dghs.gov.bd/images/docs/Notice/2019/Notice_27_07_2019.pdf. अन्तिम पहुँच मिति: 2019-07-30. 
  5. "রেকর্ডে সবচেয়ে খারাপ ডেঙ্গু প্রাদুর্ভাবের শিকার বাংলাদেশ", সিএনএন (বাংলাमा), २०१९-०७-३०। 
  6. "৬৪ জেলায়ই ডেঙ্গু, ঘণ্টায় ভর্তি ৭১ জন", বাংলানিউজ (বাংলাमा), ঢাকা, ১ আগস্ট ২০১৯। 
  7. "ডেঙ্গু জ্বর: ঈদে বাড়ি যাবে লক্ষ মানুষ, স্বাস্থ্য ঝুঁকির আশঙ্কা কতটা?", বিবিসি বাংলা (বাংলাमा), লন্ডন: বিবিসি, ৩ আগস্ট ২০১৯। 
  8. "সেপ্টেম্বর পর্যন্ত বাড়তে পারে ডেঙ্গুর প্রকোপ", বাংলানিউজ (বাংলাमा), ঢাকা, २०१९-०७-३१। 
  9. "ডেঙ্গু নিয়ে আগাম বার্তা আমলে নেয়নি কর্তৃপক্ষ", দৈনিক ইত্তেফাক (বাংলাमा), ঢাকা, ২ আগস্ট ২০১৯, मूलबाट ২০১৯-০৮-০২-मा सङ्ग्रहित। 
  10. "হাসপাতালে ভর্তি ডেঙ্গু রোগী ১০ হাজার ছাড়াল", প্রথম আলো (বাংলাमा), ঢাকা, २०१९-०७-३०।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-३० मिति
  11. "ডেঙ্গু ৬৩ জেলায়, আক্রান্ত ১৫ হাজারের বেশি", বাংলানিউজ (বাংলাमा), ঢাকা, २०१९-०७-३०।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-३१ मिति
  12. "ডেঙ্গু আশঙ্কাজনক মোড় নিয়েছে", দ্য ডেইলি স্টার (বাংলাদেশ), ঢাকা, २०१९-०७-३०। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]