२०७३ एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप
२०७३ एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप | |
---|---|
मिति | भदौ २८ – असोज ३ |
टूर्नामेन्टको प्रकार | लिग कम नकआउट |
प्रस्तोता | नेपाल,काठमाडौ नेपाल भलिबल सङ्घ |
प्रतियोगी | (११ पुरूष) (९ महिला) |
नेपाल भलिबल सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता भदौं २८ देखी सुरू भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार, भदौ १३ गते पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्र बहादुर चन्दले बताउनु भएको थियो ।
खेल संरचना
[सम्पादन गर्नुहोस्]लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताबाट मंसिर ८ देखी ११ सम्म चल्ने लिग भलिबललाई छनोटको रूपमा लिइएको छ ।
क्लबहरू
[सम्पादन गर्नुहोस्]पुरूष
[सम्पादन गर्नुहोस्]- पिएफ
- नेपाल पुलिस
- आर्मी
- मणिमुकुन्द भलिबल क्लब
- काभ्रे जिल्ला भलिबल सङ्घ
- ढोरपाटन भलिबल क्लब
- जावलाखेल युथ क्लब
- प्रगतिशिल युवा क्लब जिरी
- हेल्प नेपाल स्पोर्टस क्लब
- पश्चिमाञ्चल
- नयाँ बजार युवा
महिला
[सम्पादन गर्नुहोस्]- एपिएफ
- न्यु डायमन्ड
- नेपाली सेना
- नेपाल प्रहरी
- काभ्रे जिल्ला भलिबल सङ्घ
- जावलाखेल भलिबल
- ढोरपाटन भलिबल
- पश्चिमाञ्चल
- श्रीनगर उच्च मावि
- प्रगतीशिल युवा क्लब जिरी
पुरस्कार तथा प्रायोजक
[सम्पादन गर्नुहोस्]प्रतियोगिताको विजेता पुरुष तथा महिला खेलाडीले १ लाख २५ हजार, उपविजेताले ७० हजार, तेस्रोले ५० हजार पाउनेछ । प्रतियोगितालाई मुख्य प्रायोजन गरेको ट्रिनिटी कलेजले च्याम्पियनसिपको विजेता पुरुष र महिला क्लबको पुरस्कार प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, उत्कृष्ट वेस्ट ब्लकर, सेटर, स्पाइकर, लिबेरो र सर्भरले जनही ५ हजार पाउनेछन । विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई सञ्जय स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ ।
खेलका उद्देश्यहरू
[सम्पादन गर्नुहोस्]भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले प्रतियोगिताले नेपालमा नयाँ खेलाडी उत्पादन र लिग भलिबलको स्तरलाई बढाउन सहयोग गर्ने बताउनु भयो ।[१]
खेलहरू
[सम्पादन गर्नुहोस्]सङ्केत | हार्ने टिम | जित्ने टिम |
पुरूष
[सम्पादन गर्नुहोस्]वर्ष(मिति) | टिम १ | नतिजा | टिम २ | स्थान |
---|---|---|---|---|
२०१६(२०७३-०५-२८) | ढोरपाटन भलिबल क्लब | (३-१) | बुढानिलकण्ठ भलिबल सङ्घ | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
२०१६(२०७३-०५-२८) | मणिमुकुन्ल क्लब | (३-०) | काभ्रे जिल्ला भलिबल सङ्घ | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
२०१६ | ढोरपाटन भलिबल क्लब | (०-३) | सशस्त्र भलिबल टिम | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
२०१६ | नेपाल पुलिस भलिबल टिम | (३-०) | काभ्रे जिल्ला भलिबल सङ्घ | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
२०१६ | त्रिभुवन आर्मी भलिबल टिम | (३-०) | जाउलाखेल भलिबल क्लब | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल[२] |
महिला
[सम्पादन गर्नुहोस्]वर्ष(मिति) | टिम १ | नतिजा | टिम २ | स्थान |
---|---|---|---|---|
२०१६(२०७३-०५-२८) | न्युडायमण्ड | (३-०) | नेपाल आर्मी भलिबल टिम | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
२०१६(२०७३-०५-२८) | काभ्रे जिल्ला भलिबल सङ्घ | (०-३) | एपीएफ भलिबल टिम | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल[३] |
२०१६ | प्रगतिशील | (०-३) | नू डायमण्ड | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल[४] |
२०१६ | पश्चिमाञ्चल भलिबल सङ्घ | (३-०) | जाउलाखेल | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
२०१६ | सशस्त्र | (३-०) | काभ्रे भलिबल सङ्घ | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]सेमिफाइनल
[सम्पादन गर्नुहोस्]पुरूष
[सम्पादन गर्नुहोस्]तेस्रो स्थान
[सम्पादन गर्नुहोस्]फाइनलहरू
[सम्पादन गर्नुहोस्]प्रतिस्पर्धा(महिला/पुरूष) | वर्ष | टिम १ | नतिजा | टिम २ | स्थान |
---|---|---|---|---|---|
पुरूष | २०१६(२०७३-०६-०३) | हेल्प नेपाल भलिबल क्लब | (३-०) | त्रिभुवन आर्मी भलिबल टिम | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल |
महिला | २०१६(२०७३-०६-०३) | न्युडायमण्ड भलिबल क्लब | (३-०) | नेपाल आर्मी भलिबल टिम | राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल[५] |