२०७६ को नेपालको प्राकृतिक प्रकोप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाढी पहिरो[सम्पादन गर्नुहोस्]

असार २७ गते देखि अविरल वर्षाका कारण नेपालको विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ६७[१] जनाको मृत्यु भएको छ ।[२][३]

राजधानी[सम्पादन गर्नुहोस्]

कर्मनसा खोलामा २०७६ सालमा आएको बाढी, ललितपुर, हात्तीवन

तराई[सम्पादन गर्नुहोस्]

रौतहटमा भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परे ।[४]

विराटनगरमा आएको बाढी

अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।[५]

सप्तरीमा अबिरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन् । विभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ ।[६]

प्रदेश २ को राजधानी धनुषा जनकपुरमा अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ । वर्षाले नगरका सडकमा तीन फिटसम्म पानी बगिरहेको छ भने उपमहानगरपालिकाका पच्चीसै वडाका बासिन्दाको घरघरमा पानी पसेको छ ।

घर घरमा पानी पसेका कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भइरहेको छ । पानीको निकास नभएका कारण मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जनकपुर विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समितिलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् ।[७]

शुक्रबार बिहानदेखि आएको बाढीका कारण मोरङका करिब २ हजार मानिस विस्थापित भएका छन् । बाढीका कारण ४७० परिवारका करिब २ हजार व्यक्ति विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरपालिकाका बासिन्दा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर– ८ मा ५० परिवार बिस्थापित भएका छन् । विराटनगर ७ मा १३ परिवार बिस्थापित भएका छन् ।[८]

पहाड[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]