उत्तर र मध्य अन्डमन जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर र मध्य अन्डमन जिल्ला
उत्तर र मध्य अन्डमन जिल्ला is located in अन्डमन र निकोबार द्वीपसमूह
उत्तर र मध्य अन्डमन जिल्ला
उत्तर र मध्य अन्डमन जिल्ला is located in भारत
उत्तर र मध्य अन्डमन जिल्ला
निर्देशाङ्क: १२°५५′१२″उ॰ ९२°५४′००″पू॰ / १२.९२०००°N ९२.९००००°E / 12.92000; 92.90000निर्देशाङ्कहरू: १२°५५′१२″उ॰ ९२°५४′००″पू॰ / १२.९२०००°N ९२.९००००°E / 12.92000; 92.90000
देश भारत
केन्द्र शासित प्रदेश अन्डमन र निकोबार टापुहरू
गठन१८ अगस्ट २००६
मुख्यालयमायाबंदर
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटnorthmiddle.andaman.nic.in

उत्तरी र मध्य अन्डमन जिल्ला बङ्गालको खाडीमा अवस्थित भारतीय केन्द्र शासित प्रदेश अन्डमन र निकोबार द्वीपसमूहको ३ जिल्लाहरू मध्ये एक हो। मायाबन्दर सहर जिल्ला सदरमुकाम हो। यस जिल्लाले ओगटेको क्षेत्रफल ३२५१.८५ वर्ग किलोमिटर रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो जिल्ला १८ अगष्ट २००६ मा तत्कालीन अन्डमन जिल्लालाई विभाजन गरेर बनाइएको थियो, जसमा यस जिल्लाको मायाबन्दर सब-विभाजनका सबै तीन तहसिलहरू सामेल थिए। उत्तर र मध्य अन्डमन जिल्लाले ३,२२७ वर्ग किलोमिटर (१,२४६ वर्ग मील) क्षेत्र ओगटेको छ।[१]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

सन् २०११ को जनगणना अनुसार उत्तर र मध्य अन्डमन जिल्लाको जनसङ्ख्या १,०५,५९७ रहेको छ जुन लगभग टोङ्गा राष्ट्रको बराबर हो। यसले यसलाई भारतमा ६१४औँ स्थान (कुल ६४० मध्ये) प्रदान गर्दछ। यस जिल्लाको जनघनत्व ३२ बासिन्दाहरू प्रति वर्ग किलोमिटर (८३/वर्ग माइल) रहेको छ। सन् २००१-२०११ को दशकमा यसको जनसङ्ख्या वृद्धि दर -०.०७% थियो। उत्तर र मध्य अन्डमनमा प्रति १० पुरुषमा ९२५ महिलाको लिंग अनुपात छ, र साक्षरता दर ८४.२५% छ।[२]

बङ्गाली उत्तर र मध्य अन्डमन टापुहरूमा सबैभन्दा बढी बोलिने भाषा हो। सन् २०११ को जनगणना अनुसार, बङ्गाली लाई यस जिल्लाको जनसङ्ख्याको ५३.७९ प्रतिशतले पहिलो भाषाको रूपमा बोल्दछन्, त्यसपछि सदरी (११.०६%), तेलगु (६.४७%), उराँव (६.१७%), हिन्दी (५.९९%), तमिल (५.९४%), मलयालम (३.१६%), निकोबारी (०.५७%) र अन्य।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Law, Gwillim (२०११-०९-२५), "Districts of India", Statoids, अन्तिम पहुँच २०११-१०-११ 
  2. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३० 
  3. "C-16 Population By Mother Tongue", Census of India 2011, Office of the Registrar General।