सामग्रीमा जानुहोस्

डुआ लिपा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डुआ लिपा
Dua Lipa
जन्म (1995-08-22) २२ अगस्ट १९९५ (उमेर २९)
वेस्टमिन्सटर, लन्डन, इङ्ल्यान्ड
पेशा
  • गायिका
  • गीतकार
  • मोडल
  • फेसन डिजाइनर
कार्यकालसन् २०१५–वर्तमान
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रभोकल
लेबल
वेबसाइटdualipa.com

डुआ लिपा (/ˈdə ˈlpə/; अल्बानियाली उच्चारण: [ˈdua ˈlipa]; जन्म: सन् १९९५ अगस्ट २२)[] एक अङ्ग्रेजी गायिका, गीतकार तथा अभिनेत्री हुन्। कार्यकालको सुरुवातमा एक मोडलको रूपमा काम गरिसकेपछि, उनले सन् २०१५ मा वार्नर सङ्गीत समूहसँग हस्ताक्षर गरेकी थिइन् र सन् २०१७ मा उनले स्व-शीर्षक पहिलो साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्। साङ्गीतिक सङ्गालो बेलायत एल्बम चार्टमा तेस्रो स्थानमा आउन सफल भएको थियो, जस साङ्गीतिक सङ्गालो अन्तर्गत नौ गीतहरू समावेश गरिएको थियो, जसका "बि द वान" र "आइडिजिएफ" नामक गीत बेलायती सङ्गीत तालिमको शीर्ष स्थानमा पर्न सफल भएको थियो, र उनको "न्यु रुल्स" नामक गीत पनि बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको थियो। सन् २०१८ मा, लिपाले ब्रिटिस महिला एकल कलाकारसर्वश्रेष्ठ नयाँ कलाकारको लागि ब्रिट पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन्।[]

सन् २०१८ को अप्रिलमा सार्वजनिक गरिएको, "वान किस" नामक गीत, उनले क्याल्भिन ह्यार्रिससँगको सहकार्यमा सार्वजनिक गरेकी थिइन्, जुन बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा पर्न सफल भएको थियो, र सन् २०१८ मा महिला कलाकारको लागि सर्वाधिक लामो समयसम्म बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा रहन सफल भएको थियो। सन् २०१९ मा, यस गीतले वर्षको गीतको लागि ब्रिट पुरस्कार प्राप्त गरेको थियो। सन् २०१९ मा, उनले सर्वश्रेष्ठ नयाँ कलाकारको लागि ग्रामी पुरस्कार पनि प्राप्त गरेकी थिइन्, र सिल्क सिटीसँगको सहकार्यमा, उनको "इलेक्ट्रिसिटी" नामक गीतले सर्वश्रेष्ठ नृत्य रेकर्डिङको लागि ग्रामी पुरस्कार प्राप्त गरेको थियो। उनको स्व-शीर्षक साङ्गीतिक सङ्गालो अन्तर्गतका गीतहरू स्पोटिफाईमा सर्वाधिक बजाइएको गीतहरू मध्य पर्न सफल भएका थिए र उक्त गीतहरूले प्लाटिनम प्रमाणपत्र प्राप्त गरेका थिए। उनको दोस्रो साङ्गीतिक सङ्गालो, 'फ्युचर नोस्टाल्जिया', मार्च २०२० मा आलोचनात्मक प्रशंसकको साथ सार्वजनिक भएको थियो। यो उनको पहिलो बेलायत नम्बर-एक साङ्गीतिक सङ्गालो हो; यसको नेतृत्व एकल "डन्ट स्टार्ट नाउ" बेलायत एकल चार्ट र युएस 'बिलबोर्ड' हट १०० दुबैमा दोस्रो स्थानमा पुगेको थियो।

लिपाले दुई ग्रामी पुरस्कार, तीन ब्रिट पुरस्कार र दुई एमटिभी युरोप सङ्गीत पुरस्कार सहित विभिन्न पुरस्कार प्राप्त गरेकी थिइन्। उनी तीन 'बिलबोर्ड' सङ्गीत पुरस्कार, एक अमेरिकी सङ्गीत पुरस्कार, र दस एमटिभी भिडियो सङ्गीत पुरस्कारको लागि पनि मनोनयन भएकी थिइन्।

सन् २०१५–२०१८: कार्यकालको सुरुवात तथा "डुआ लिपा" साङ्गीतिक सङ्गालो

[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा लिपाले बेन मौसन र एड मिलेट द्वारा निर्देशित ट्र्याप व्यवस्थापनसँगको आबद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनले एक बारमा व्यवस्थापकको रूपमा काम गरेकी थिइन्।[] त्यसपछि उनीहरूले उनको काम छोड्न र सङ्गीत रेकर्डिङ्मा तिर ध्यान दिनको लागि मासिक तलब प्रस्ताव गरेका थिए।[] सङ्गीत रेकर्डिङ संस्करण अन्तर्गत लिपाले "हटर देन हेल" नामक गीतक‍ रचना गरेकी थिइन् भने उनले त्यसपछि सन् २०१६ मा वार्नर सङ्गीत समूहसँगको आबद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[] सन् २०१५ को अगष्टमा लिपाले "न्यु लभ" नामक उनको पहिलो आधिकारिक गीत सार्वजनिक गरेकी थिइन् जसलाई एमिल हेइनी र एन्ड्रयु वायटले निर्माण गरेका थिए।[][] सन् २०१५ को अक्टोबरमा लिपाले "बि द वान" नामक दोस्रो गीत सार्वजनिक गरेकी थिइन् जुन गीतले युरोपका देशहरू अन्तर्गत बेल्जियम, पोल्यान्ड र स्लोभाकियामा शीर्ष स्थानमा पर्न सफल भएको थियो भने यस गीतले युरोपका अन्य देशहरूका आधिकारिक सङ्गीत तालिकामा पनि शीर्ष दस भित्र पर्न सफल भएको थियो।[][] न्युजिल्यान्ड र अस्ट्रेलियामा यस गीत शीर्ष २० र शीर्ष ६ मा पर्न सफल भएको थियो।[] उनको पहिलो विश्व भ्रमण सन् २०१६ जनवरीमा सुरु भएको थियो।[१०]

सन् २०१६ मा लिपा

सन् २०१६ फेब्रुअरी १८ का दिन लिपाले उनको तेस्रो गीतको रूपमा "लास्ट डान्स" नामक गीत सार्वजनिक गरेकी थिइन् भने मे ६ का दिन उनले "हटर देन हेल" नामक गीत पनि सार्वजनिक गरेकी थिइन् जुन गीतले पछि सर्वाधिक सफलता प्राप्त गर्दै बेलायती सङ्गीत तालिकामा शीर्ष १५ भित्र समावेश हुन सफल भएको थियो।[११] सन् २०१५ अगष्ट २६ का दिन उनको पाँचौ एकलको रूपमा "ब्लो योर माइन्ड" नामक गीत सार्वजनिक भएको थियो जुन बेलायती सङ्गीत तालिकामा शीर्ष ३० मा पर्न सफल भएको थियो जुन गीत अमेरिकी बेलायत हट १०० को सङ्गीत तालिकामा ७२औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो जुन लिपाको अमेरिकी हट १०० सङ्गीत तालिकामा समावेश उनको पहिलो गीत थियो।[१२][१३][१४] यस गीतले बिलबोर्ड नृत्य क्लब गीत नामक सङ्गीत तालिकाको २३औँ स्थानमा पर्न सफल भएको थियो भने यो गीत बिलबोर्ड मुख्यधारा टप ४० मा पनि समावेश भएको थियो।[१५] सन् २०१६ मा लिपाले सिन पलसँगको सहकार्यमा "नो लाई" नामक एक गीत सार्वजनिक गरेकी थिइन् जुन गीत बेलायती सङ्गीत तालिकाक‍ शीर्ष दसमा पर्न सफल भएको थियो।[१६][१७] सन् २०१७ जनवरीमा लिपाले इबिबिए पब्लिक च्वाइस पुरस्कार प्राप्त गरेकी थिइन् भने उनले पछि मार्टिन ग्यारिक्ससँगको सहकार्यमा "स्केर टु बि लोन्ली" नामक गीत सार्वजनिक गरेकी थिइन् जुन बेलायती सङ्गीत तालिकाको शीर्ष १४ मा पर्न सफल भएको थियो।[१८][१९][२०][२१]

सन् २०१७ जुन २ का दिन लिपाले "डुआ लिपा" नामक साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्।[२२] सन् २०१७ का लिपाको "न्यु रुल्स" नामक उनको छैटौँ गीत सार्वजनिक गरिएको थियो जुन बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा आउन सफल भएको थियो।[२३][२४] उनको उक्त गीतले सर्वाधिक सफलता प्राप्त गरेको थिय‍ भने यस गीत दस देशका सङ्गीत तालिकाहरूमा शीर्ष दसमा पर्न सफल भएको थियो जसअन्तर्गत यो गीत अस्ट्रेलियामा दोस्रो स्थान, अमेरिकामा छैटौँ स्थानमा र क्यानडामा सात नम्बरमा पर्न सफल भएको थियो।[२५][२६] त्यसको एक महिना पछि लिपाले जाकार्तामा आयोजित एक सङ्गीत पर्वमा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[२७][२८] सन् २०१७ स्पोर्टिफाईमा सर्वाधिक बजाइएका गीतहरू मध्ये लिपाका गीतहरू समावेश भएको थियो।[२९][३०] सन् २०१७ मा लिपाका "बि द वान", "न्यु रुल्स", "नो लाइज" र "ब्रिड्ज ओभर ट्रबल्ड वाटर" गीतहरू बेलायती सङ्गीत तालिकाको शीर्ष दस अन्तर्गत पर्न सफल भएका थिए।[३१] सन् २०१८ जनवरीमा लिपाले ब्रिट पुरस्कारको पाँच श्रेणीहरूमा मनोनीत भएकी थिइन् भने उनी उक्त वर्षको सर्वाधिक श्रेणीमा मनोनयनमा पर्न सफल कलाकारको शीर्ष स्थानमा रहेकी थिइन्।[३२]

लिपाले सन् २०१८ मा सार्वजनिक गरिएको फिफ्टी सेड्स अफ फ्रिड नामक एक चलचित्रमा लिपाले अमेरिकी सङ्गीतकार वेथनसँगक‍ सहकार्यमा "हाई" नामक गीत सार्वजनिक गरेकी थिइन्।[३३] सन् २०१८ मार्च देखि लिपाले उनको दोस्रो साङ्गीतिक सङ्गालोका लागि काम गर्न सुरु गरेकी थिइन्।[३४] सन् २०१८ अप्रिल ६ का दिन उनको लिपाको "वान किस" नामक गीत सार्वजनिक भएक‍ थियो जसलाई लिपाले क्याभिन हेरिसक‍ सहकार्यमा निर्माण गरेकी थिइन् भने यो गीत बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा आउन सफल भएको थियो।[३५] सन् २०१८ मा यो गीत त्यस वर्षको सर्वाधिक बिक्न सफल गीतहरू मध्य परेको थियो भने यो गीत लगातार ८ हप्तासम्म बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा रहेको थियो।[३६] सन् २०१८ मे २६ का दिन आयोजित युइएफए च्याम्पियन्स लिगको अन्तिम खेलमा लिपाले खेल हेर्न पुगेका दर्शकहरू माझ केही गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। सन् २०१८ मा लिपाले सिल्क सिटी, डिप्लो र मार्क रोनसन जस्ता कलाकारहरूसँग सहकार्य गरेकी थिइन् भने रोनसनले पछि उनीहरू द्वारा निर्माण गरिएको गीतको शीर्षक "इलेक्ट्रिसिटी" हुने जानकारी गराएका थिए।[३७] सेप्टेम्बरमा लिपाले सिङ्गापुरमा आयोजित ग्र्यान्ड प्रिक्समा पनि प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।

सन् २०१९–हाल: फ्युचर नस्टाल्जिया

[सम्पादन गर्नुहोस्]
Lipa faces forward with her hands at her shoulders
सन् २०१९ अमेरिकी पुरस्कारको समारोहमा लिपा

सन् २०१९ जनवरीमा लिपाले "स्वान सङ" नामक एक गीत सार्वजनिक गरेकी थिइन् जुन सन् २०२९ मा सार्वजनिक गरिएको ब्याटल एन्जल नामक एक चलचित्रमा समावेश थियो।[३८][३९] सोही महिनामा लिपाले एक सञ्चार माध्यमलाई जानकारी दिएकी थिइन् कि उनले विगतको वर्ष दोस्रो साङ्गीतिक सङ्गालोमा समावेश गीतहरूको लेखनमा बिताइरहेकी छिन्।[४०][४१] सन् २०१९ मा लिपाले उनको आउँदो दोस्रो साङ्गीतिक सङ्गालो अन्तर्गत पहिलो गीतको रूपमा "डन्ट स्टार्ट नाउ" सार्वजनिक गरेकी थिइन् जुन गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष दसमा पर्न सफल भएको थियो।[४२][४३][४४][४५] लिपाको दोस्रो साङ्गीतिक सङ्गालोका लागि तेस्रो एकल रूपमा "फिजिकल" नामक गीत सन् २०२० जनवरी ३० का दिन सार्वजनिक गरिएको थियो।[४६] उनको फिजिकल नामक गीत अमेरिकी बिलबोर्ड हट १०० को शीर्ष ६० मा पर्न सफल भएको थियो।[४७]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Yeung, Neil Z., "Dua Lipa Biography", अल म्युजिक, अन्तिम पहुँच जनवरी २८, २०२० 
  2. Lester, Paul (९ नोभेम्बर २०१५), "The playlist: new bands – with the Prettiots, Dua Lipa and Mind Enterprises", The Guardian 
  3. "Discografie Dua Lipa" (Dutchमा), Ultratop. Hung Medien, अन्तिम पहुँच ३ मे २०१६ 
  4. "Dua Lipa Tickets", Livenation, १३ मे २०१६। 
  5. "Dua Lipa", Official Charts Company, अन्तिम पहुँच १४ मे २०१६ 
  6. <strong-class= "error"><span-class="scribunto-error-mw-scribunto-error-0ec00fb3">Script-error:-The-function-%26quot;lower%26quot;-does-not-exist./chart-history/<strong-class="error"><span-class="scribunto-error-mw-scribunto-error-0ec00fb3">Script-error:-The-function-%26quot;lower%26quot;-does-not-exist. "Dua Lipa – Chart history: Hot 100", Billboard, अन्तिम पहुँच २६ अक्टोबर २०१६ 
  7. "Dua Lipa – Chart history | Billboard", Billboard, अन्तिम पहुँच ५ जनवरी २०१७ 
  8. "Watch Sean Paul Get Reflective With Dua Lipa in 'No Lie' Video: Exclusive", Billboard, अन्तिम पहुँच २७ जनवरी २०१७ 
  9. "Official Singles Chart Top 100", Official Charts Company, अन्तिम पहुँच ४ फेब्रुअरी २०१७ 
  10. The Fader (२० डिसेम्बर २०१६), "Dua Lipa – See in Blue (Documentary)", अन्तिम पहुँच ५ जनवरी २०१७ 
  11. Legrand, Emmanuel (१२ जनवरी २०१७), "Dua Lipa scoops Public Choice Award at the EBBAs", अन्तिम पहुँच १३ जनवरी २०१७ 
  12. "Martin Garrix and Dua Lipa Drop New 'Scared to Be Lonely' Video: Watch", Billboard, अन्तिम पहुँच २७ जनवरी २०१७ 
  13. Liputan6.com (१६ मे २०१७), "Dua Lipa Hibur SCTV Music Awards 2017", liputan6.com (idमा), अन्तिम पहुँच १ डिसेम्बर २०१९ 
  14. Liputan6.com (१६ मे २०१७), "Artis Internasional Dua Lipa Ramaikan SCTV Music Awards 2017", liputan6.com (idमा), अन्तिम पहुँच १ डिसेम्बर २०१९ 
  15. Sonis, Rachel (२४ अगस्ट २०१६), "Dua Lipa Reveals Cover Art For Self-Titled Album", Idolator, अन्तिम पहुँच २४ अगस्ट २०१६  = Archive.today अभिलेखिकरण ७ नोभेम्बर २०१६ मिति
  16. Copsey, Rob (१८ अगस्ट २०१७), "Dua Lipa's New Rules becomes the first solo female UK Number 1 single since Adele's Hello: 'This means a lot'", Official Charts Company, अन्तिम पहुँच १९ अगस्ट २०१७ 
  17. Trust, Gary (८ जनवरी २०१८), "Ed Sheeran & Beyonce's 'Perfect' No. 1 on Hot 100, Camila Cabello's 'Havana' Back Up to No. 2", Billboard, अन्तिम पहुँच ९ जनवरी २०१८ 
  18. Daly, Rhian (२३ जुन २०१७), "Dua Lipa pulls one of the biggest crowds at Glastonbury 2017 so far with hit-packed set", NME, अन्तिम पहुँच २६ अगस्ट २०१७ 
  19. Laura Snapes (५ डिसेम्बर २०१७), "How Dua Lipa became the most streamed woman of 2017", The Guardian, अन्तिम पहुँच ६ डिसेम्बर २०१७ 
  20. "Official Singles Chart Top 100", Official Charts Company, अन्तिम पहुँच ११ जनवरी २०१८ 
  21. Metro.co.uk, Rebecca Lewis for (२० जुन २०१७), "Simon Cowell's Grenfell Tower charity single available from 8 am on June 21", अन्तिम पहुँच २१ जुन २०१७ 
  22. "Brit Awards 2018: The winners and nominees", BBC, १३ जनवरी २०१८, अन्तिम पहुँच २२ फेब्रुअरी २०१८ 
  23. "Dua Lipa has made BRIT awards history". NME. Retrieved 1 March 2018
  24. Savage, Mark (१३ जनवरी २०१८), "Dua Lipa makes Brit Awards history", BBC, मूलबाट ९ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २०१८ 
  25. "EDM's Upcoming 18-Year-Old Star Reveals New Collab with Dua Lipa", Your EDM, ८ जनवरी २०१८, अन्तिम पहुँच २० जनवरी २०१८ 
  26. "Dua Lipa Is Starting Work On Her Second Album". MTV. Retrieved 1 March 2018
  27. "iTunes – Music – One Kiss – Single by Calvin Harris, Dua Lipa", iTunes Store 
  28. "Calvin Harris and Dua Lipa depose Drake in UK chart", BBC, १३ मे २०१८। 
  29. "Calvin Harris & Dua Lipa – One Kiss", discogs, अन्तिम पहुँच १४ मे २०१८ 
  30. "Dua Lipa to Perform at UEFA Champions League Opening Ceremony: 'There'll Be a Whole Lot of Girl Power'", Billboard, १३ मे २०१८। 
  31. "Diplo and Mark Ronson Debut Silk City, Confirm Dua Lipa Collab Is Coming – HipHop Magz", २३ मे २०१८।  वेब्याक मेसिन अभिलेखिकरण २० अक्टोबर २०२० मिति
  32. "Dua Lipa's new single co-written by Florence Welch and The xx", Official Charts Company, १७ जुलाई २०१८, अन्तिम पहुँच १८ जुलाई २०१८ 
  33. "Andrea Bocelli 'Si' Album to Feature Duets With Dua Lipa, Ed Sheeran & More", Billboard, २० सेप्टेम्बर २०१८, अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 
  34. Raguraman, Anjali, "Dua Lipa and Martin Garrix share the stage at Singapore Grand Prix concert", The StraitsTime, अन्तिम पहुँच १९ अक्टोबर २०१८ 
  35. "Jaguar Remixes Dua Lipa and Invites Fans to Do the Same", Little Black Book, ३ अक्टोबर २०१८, अन्तिम पहुँच २७ अक्टोबर २०१९ 
  36. White, Jack, "Dua Lipa will release a super deluxe edition of her debut album featuring three new songs this October", Official Charts, अन्तिम पहुँच २५ अक्टोबर २०१८ 
  37. "Dua Lipa Announces BLACKPINK Collab 'Kiss And Make Up': Get The Details", iheart.com, अन्तिम पहुँच २३ अप्रिल २०१९ 
  38. "‘Alita: Battle Angel’ to Feature New Song by Dua Lipa", भेराइटी पत्रिका, १८ डिसेम्बर २०१८, अन्तिम पहुँच १९ डिसेम्बर २०१८ 
  39. "Swan Song (From the Motion Picture "Alita: Battle Angel") - Single by Dua Lipa on iTunes", आइट्युन्स, २४ जनवरी २०१९, अन्तिम पहुँच २६ जनवरी २०१९ 
  40. Sheffield, Rob (१६ जनवरी २०१९), "Dua Lipa’s New Rules for 2019", रोलिङ स्टोन, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  41. Savage, Mark (५ जुलाई २०१९), "Dua Lipa reveals nerves about new album", बीबीसी समाचार, अन्तिम पहुँच ८ डिसेम्बर २०१९ 
  42. Hanra, Hanna, "New Beauty Rules: Dua Lipa Is the Face of Yves Saint Laurent’s Latest Fragrance", Vogue, अन्तिम पहुँच २४ अक्टोबर २०१९ 
  43. Reilly, Nick (२ डिसेम्बर २०१९), "Dua Lipa announces 2020 UK arena tour and shares new album title", एनएमई, अन्तिम पहुँच २ डिसेम्बर २०१९ 
  44. "Dua Lipa's New Song 'Don't Start Now' Will Drop Next Week", Capital FM, २४ अक्टोबर २०१९, अन्तिम पहुँच ३१ अक्टोबर २०१९ 
  45. Alston, Trey (१३ डिसेम्बर २०१९), "Dua Lipa teaches self-confidence amid a disco hurricane on 'Future Nostalgia'", एमटिभी, मूलबाट १३ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण १३ डिसेम्बर २०१९ मिति
  46. "Dua Lipa is the UK's Number 1 with 'Don't Start Now'", The Official Big Top 40, १० नोभेम्बर २०१९, मूलबाट १३ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ डिसेम्बर २०१९ 
  47. “पप सङ्गीत तालिका”. बिलबोर्ड, अन्तिम पहुँच मिति: १० मार्च २०२०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]