बायदु
साइटको प्रकार | पब्लिक |
---|---|
संस्थापित | जनवरी १, २००० |
मुख्यालयहरू | , चीन |
सेवा क्षेत्र | विश्वव्यापी |
उद्योग | इन्टरनेट |
आय | |
सञ्चालन आय | CNY ११.६७२ विलियन (३१ डिसेम्बर, २०१५) [१] |
खुद सम्पत्ति | CNY १४७.८५३ विलियन (३१ डिसेम्बर, २०१५) [२] |
Total equity | CNY ८०.२६८ विलियन (३१ डिसेम्बर, २०१५) [२] |
कर्मचारीहरू | (१ जनवरी, २०१५) [३] ४६,३९१ |
युआरएल | www |
बैदु इन्क (pinyin: Bǎidù, अङ्ग्रेजी /ˈbaɪduː/ "BY-doo") सन् २००० जनवरीमा स्थापना भएको चिनिया वेभ सेवा कम्पनी हो, यसको केन्द्रीय कार्यालय बैदु क्याम्स हायडियान जिल्ला बेइजिङमा अवस्थित छ ।[४]
बैदुले धेरै प्रकारको सेवाहरू प्रदान गर्दै आइरहेको छ जसमा वेभसाइट, चित्र तथा गितहरूको चिनियाँ खोज सेवा समेत रहेको छ । बैदुले ५७ खोज तथा सामुदायिक सेवाहरू लगायत बैदु बैङ्क र खोज्न सकिने फोरम समेत छ ।[५] बैदुलाई सन् २००० मा रबिन लि र इरिक झुले स्थापना गरेका थिए । दुवै संस्थापकहरू चिनिया नागरिक हुन र यिनिहरूले चीनमा फर्किन पहिला पढाइ तथा काम विदेशमा गरेका थिए । सन् २०१५ मार्चमा बैदुलाई अलेक्सा इन्टरनेट सूचीमा चौथो स्तरमा सूचीकृत गरेको थियो । [६]
सन् २०१० को चौथो त्रैमासिकको चीनमा करिब ४.०२ अर्ब खोज भएको थियो, जसमा बैदुको बजार हिस्सा ५६.६ प्रतिशत रहेको अनुमानित गरिएको थियो । सन् २०११ को दोश्रो त्रैमासिकको चीनको इन्टरनेर खोज राजस्व हिस्सामा बैदुको ७६% हिस्सा रहेको थियो । [७] सन् २००७ डिसेम्बरमा बैदु नासड्याक-१०० इन्डेक्समा समावेश हुने पहिलो चिनियाँ कम्पनी बन्न पुग्यो । [८]
बैदु बायके विकिपिडिया जस्तै अनलाई विश्वकोश; तर विकिपिडिया भन्दा फरक चिनिया कानुनको कारण यसमा भएका लेखहरूलाई दर्ता भएको प्रयोगकर्ताहरूले मात्र सम्पादन गर्न सक्दछन् । सन् २००४ जुन देखि चीनमा विकिपिडियाका केही लेखहरू अबरूद्ध तथा फिल्टर गरिए पश्चात चिनिया सरकारले बैदुमा गर्न सक्ने काटछाट गर्ने सम्बन्धमा विवाद भएको थियो ।[९]
नाम
[सम्पादन गर्नुहोस्]बैदुको नाम जिन किजी (辛弃疾) को शास्त्रीय कविताको अन्तिम हरफबाट लिइएको हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]सन् १९९४ मा रविन लि ले डअ जोन्स एण्ड कम्पनको आईडिडि सुचना सेवामा नियुक्ति लिएका थिए, जहाँ उनले वाल स्ट्रिट जनरलको अनलाई संस्करणको लागि सफ्टवेयर बनाउन सहयोग गरेका थिए ।[१०] उनी खोज सेवा सम्बन्धी वेभसाइटको लागि राम्रो अलगोरिदम बनाउनको लागि समेत कार्य गरी रहेका थिए र उनी आईडिडि सुचना सेवामा उनी सन् १९९४ मे देखि १९९७ जुनसम्म कार्यरत थिए । सन् १९९६ मा आईडिडि सुचना सेवामा रहँदा उनले खोज सेवा सम्बन्धी वेभसाइटको लागि र्यांकडेक्स साइट-स्कोरिंग अलगोरिदम बनाएका थिए[११][१२][१३] र उनले यसको युएस प्याटेन्ट समेत हासिल गरेका थिए ।[१४] पछि गएर उनले यसलाई बैदुको खोज सेवा वेभसाइटको लागि प्रयोग गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Baidu - Investors - Press Releases", अन्तिम पहुँच अगस्ट २९, २०१६। वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३०, २०१७ मिति
- ↑ २.० २.१ http://media.corporate-ir.net/media_files/IROL/18/188488/2012_20F.pdf
- ↑ "Baidu - Investors - Investor FAQs", अन्तिम पहुँच अगस्ट २९, २०१६।[स्थायी मृत कडी]
- ↑ "IR Contacts वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-२६ मिति."
- ↑ "Baidu's 57 Products/Services: Introduction and History", China Analyst (CNAnalyst.com)। वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०७ मिति
- ↑ "Alexa Top 500 Global Sites", अन्तिम पहुँच मे १५, २०१४। वेब्याक मेसिन अभिलेखिकरण जनवरी ९, २०१४ मिति
- ↑ "The China Perspective, "China Economic Watch""।
- ↑ Chmielewski, Dawn C. (डिसेम्बर १०, २००७), "Search site moves at the speed of China", Los Angeles Times।
- ↑ Branigan, Tania, "Google to end censorship in China over cyber-attacks", Guardian, अन्तिम पहुँच ३ फेब्रुअरी २०१४।
- ↑ "Robin Li's vision powers Baidu's Internet search dominance", Taipei Times, September 17, 2006.
- ↑ Greenberg, Andy, "The Man Who's Beating Google", Forbes magazine, October 5, 2009
- ↑ Yanhong Li, "Toward a Qualitative Search Engine," IEEE Internet Computing, vol. 2, no. 4, pp. 24–29, July/Aug. 1998,
- ↑ "About: RankDex", rankdex.com
- ↑ USPTO, "Hypertext Document Retrieval System and Method", US Patent number: 5920859, Inventor: Yanhong Li, Filing date: Feb 5, 1997, Issue date: Jul 6, 1999