स्वरुपसिंह कार्की
स्वरूप
मूलकाजी स्वरुप सिंह कार्की | |
---|---|
नेपालको मूलकाजी | |
व्यक्तिगत विवरण | |
नाता | वकिल रुपनारायण कार्की |
स्वरुप सिंह कार्की नेपालको १८औं शताब्दीका मूलकाजी थिए । [१] उनको सल्लाह बमोजिम राजा प्रतापसिंह शाहले जग्गाको ४ विभाजन अब्बल, दोयम, सिम र चाहारमा गरेका थिए ।[२] यिनलाई पृथ्वीनारायण शाहले प्रतापसिंहको रक्षक नियुक्त गरेका थिए । उनी प्रतापसिंह शाहको पालामा देवानकाजी नियुक्त भएका थिए । उनलाई काजी अभिमान सिंह बस्नेतसँगै लिम्बुवानमाथिको युद्धमा पठाइएको थियो । उनी कार्की (मुडुला कार्की) परिवारका एकमात्र मूलकाजी हुन् । यिनले अभिमान सिंह बस्नेतसँगै तनहुँ राज्यको कविलासगढी (हाल चितवन)को कब्जा गरेका थिए । यिनका भाइ रुपनारायण कार्की ल्हासाको लागि नेपाली वकिल(राजदूत) थिए । बहादुर शाहको फिर्ती सवारी हुँदा यिनी ज्यान जोगाउन भारत पसे ।[३]
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ https://knownepalshistory.blogspot.com/2016/09/prime-ministers-of-nepal-before-bhimsen.html?showComment=1489935927353&m=1#c8178148443274477370
- ↑ http://cheena-nepal.blogspot.com/2009/06/expansion-of-nepal_19.html?m=1
- ↑ लेखक:महेशचन्द्र रेग्मी, पुस्तक: रेग्मी रिसर्च सिरिज