अप्टिकल फाइबर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अप्टिकल फाइबरको झुत्तो
TOSLINK दुवै छेउमा इल्युमिनेशन गरिएको अप्टिकल फाइबर अडियो केबुल

अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबरको प्रचलन नेपालमा पनि शुरू भएको छ। हालसालै चीनले नेपालको दूरसञ्चार सेवाका लागि काठमाडौंदेखि कोदारीसम्म एकसय १५ कि.मी. अप्टिकल फाइबर बिच्छ्याउने कार्यमा सहयोग प्रदान गरेको छ। यसबाट दूरसञ्चार सेवामा अझ बढी प्रभावकारिता र अझ बढी विश्वसनियता आउने देखिएको छ।

अहिलेसम्म एउटा टावरबाट अर्को टावर गर्दै माइक्रोवेभ लिंकबाट डाटा आदान प्रदान गरिरहेको नेपाल टेलिकमलाइ विभिन्न कारणले टावरहरू क्षतिग्रस्त हुँदा त्यस क्षेत्रको सञ्चार सम्पर्क नै लथालिङ्ग हुने स्थितिबाट अप्टिकल फाइबरले छुट्टी दिने भएको छ।

हालै मात्र भारत सरकारको सहयोगमा नेपालको पूर्व देखि पश्चिमसम्म अप्टिकल फाइबर बिच्छ्याउने कार्य सम्पन्न भएको छ। पहिलो चरणमा भद्रपुरदेखि नेपालगञ्जसम्म ८९८ किलोमिटर अप्टिकल नेटवर्क बिछ्याइएको नेपाल टेलिकमले जनाएको छ। एक अर्ब चौरहत्तर करोड रूपैयाँ लागतको यस योजनामा भारत सरकारले झन्डै ८० प्रतिशत ब्यहोरेको बताइएको छ। यसबाट तराइका ७९ वटा स्टेशनमा SDH उपकरण मार्फत अप्टिकल लिंकमा जोडिने छन्।

हाल नेपालमा अप्टिकल फाइबर मुख्यतया दूरसञ्चार सेवामा ब्यापक प्रयोग हुन थालेको छ। यस बाहेक बिद्यूत प्राधिकरण र केही केबुल इन्टरनेट प्रदायकहरूले पनि यसको प्रयोग गर्न थालेका छन्। विश्वको सन्दर्भमा हेर्दा दूरसञ्चारका अतिरिक्त ब्याङ्किाङ तथा बित्तीय निकायहरू, सुरक्षा, टेलिभिजन प्रशारण, लगायतका क्षेत्रमा अप्टिकल फाइबर नेटवर्कको प्रयोग हुने गरेको छ।

के हो त अप्टिकल फाइबर?[सम्पादन गर्ने]

अप्टिकल शब्दबाट नै स्पष्ट हुन्छ कि यो दृश्य अथवा प्रकाश सित सम्बन्धित हुन्छ। अप्टिकल फाइबरमा अरू तारमा जस्तो धातुको प्रयोग नगरेर प्लास्टिक, काँच र सिलिका लगायतका अन्य अधातुहरू प्रयोग गरिन्छ। यसको बनोट ३ तहमा हुन्छ। बीचमा कोर हुन्छ जुन यसको डाटा हिँड्ने मुख्य भाग हो। त्यसदेखि बाहिर क्ल्याडिङ र सबैभन्दा बाहिर ज्याकेट अर्थात कभर हुन्छ।

कोर भाग काँच, फाइबर र अन्य प्युरिटीहरूले बनेको हुन्छ। यसमा लाइट टोटल इन्टर्नल रिफ्लेक्टिङ्को आधारमा डाटा आदान प्रदान हुन्छ। अरर्थात् प्रकाशको गतिमा तथ्यांक आदान प्रदान गर्ने भएकाले यो अति शीघ्र डाटा आदान प्रदानको माध्यम हो। कोरभन्दा लगत्तै बाहिर रहेको क्ल्याडिङले कोर बाट बाहिर परावर्तन हुन लागेको डाटालाई पुन कोरतिर नै फर्काइदिन्छ। यसरी बाउन्स हुँदा हुँदै पहुँच सम्मको परिपथ बन्दछ। भित्रका यी दुवै भाग कमजोर पदार्थले बन्ने भएकाले सबैभन्दा बाहिरपट्टि सिन्थेटिक वा हाइ डेन्सिटी पोलिथिनले बनेको कभर राखिएको हुन्छ यसलाई ज्याकेट भनिन्छ। यी सबै तहहरू मिलेर बनेको अप्टिकल केबुल पनि धेरै भद्दा हुँदैन। सानो छरितो तारबाट विना झन्झट धेरै डाटा आदान प्रदान गर्न सकिने र डाटा चुहावट नहुनाले नै यसको लोकप्रियता बढ्दै गएको हो। पर्याप्त उपकरण हुने हो भने अप्टिकल फाइबर केबुलबाट असीमित डाटा आदान प्रदान गर्न सकिन्छ तर हाल सम्म ४० गेगाबाइट प्रतिसेकेन्डका दरले डाटा आदान प्रदान गर्ने उपकरणहरू बनेका छन्। नेपालमा प्रयोग भैरहेको उपकरणले चाहिँ १०गेगाहर्ज/सेकेन्डको गतिमा तथ्यांङ्क आदान प्रदान गर्दछ।

अप्टिकल केबुलबाट कसरी डाटा आदान प्रदान गरिन्छ?[सम्पादन गर्ने]

डाटा आदान प्रदान गर्नमा डाटाको उद्‌गम स्थल र पहुँच सम्ममा ३ वटा संयन्त्रहरू प्रयोग हुन्छन्।

१) डाटा पठाउने स्टेशनले डाटालाइ प्रकाश सिग्नलमा परिणत गरिदिन्छ। यो सिग्नल केबुलको कोर भागबाट तरंगित हुन्छ। यसले Light Reflect Indexको आधारमा कार्य गर्दछ। लामो दूरीमा डाटा पठाउनका लागि step indexमा single mood data प्रयोग गरिन्छ। तर graded indexमा पठाएमा reflect index variable अर्थात बढ्ने वा घट्ने हुन्छ। धेरै डाटा पठाउन यसको प्रयोग हुन्छ। यसबाट निम्न मुडमा डाटा आदान प्रदान गर्न सकिन्छ।

  • Step Index: Single mode (single light)
  • Step Index: Multi mode (multi light)
  • Graded Index: single mode
  • Graded Index: Multi mode

लिनु/पठाउनुपर्ने डाटाको साइज, केबुलको substance वा material आदिमा कुन मुड वा कुन इन्डेक्स प्रयोग गर्ने भनेर तय गरिन्छ।

२) अप्टिकल केबुल परिपथ लामो भएमा बीच बीचमा रिपिटर पनि राखिन्छ।

३) गन्तब्य स्थानमा राखिएको रिसिभरले चाहिँ अप्टिकल सिग्नललाई पुनः Dataमा कन्भर्ट गर्दछ।

नेपाल टेलिकमले उपत्यकाका सबै एक्सचेन्जहरूलाई अप्टिकल केबुलले जोडिसकेको छ भने पूर्वपश्चिम अप्टिकल लिंकलाई नेपाल विद्युत प्राधिकरणको अप्टिकल पावर ग्राउन्ड वायर बाट राजधानीमा जोडिएको छ। अब काठमाडौंदेखि कोदारीसम्म यसको विस्तार हुने हो भने नेपालका आन्तरिक तथा बाह्य ट्रंकका सर्किटहरू पर्याप्त हुने निश्चित छ। यसबाट चीनभारतसितको हाम्रो दूरसञ्चार सेवाको ब्यापारमा पनि बृद्धि हुनेछ। यतिमात्र होइन देशको ब्याङ्किेङ, वाणिज्य तथा सूचना प्रविधिको क्षेत्रलाई नै अप्टिकल फाइबर नेटवर्क विस्तारले झन् उत्साही बनाएको छ।