अल्बर्ट आइन्स्टाइन
यस पाठका केही श्रोतहरु वार्तालापमा राखिएको छ । यसलाइ परिमार्जित गरि वा अङ्ग्रेजी बाट उल्था गरी मुख्य लेखमा सार्न सकिन्छ ।
अल्बर्ट आइंस्टाइन एक सैद्धांतिक भौतिकविद थिए। उनी १४ मार्च १८७९मा जन्मे र १८ अप्रिल १९५५मा उनको निधन भयो। उनी सबै भन्दा अधिक सापेक्षता को सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc2 को लागि चिनिन्छन्। उनलाई सैद्धांतिक भौतिकी, खासगरि प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गर्यो।
आइंसटाइन ले सापेक्षता को विशेष र सामान्य सिद्धान्त सहित धेरै योगदान दिए। उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्मांड, केशिकीय गति, क्रांतिक उपच्छाया, सांख्यिक मकोनिक्सको समस्याहरु, अणुहरु को ब्राउनियन गति, अणुहरुलाइ उत्परिवर्त्तन संभाव्यता, एक अणु वाला ग्याँसको क्वांटम सिद्धांतम, कम विकिरण घनत्व वाला प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीक्रीत क्षेत्र सिद्धान्त र भौतिकी को ज्यामितीकरण शामिल छ।
आइंसटाइनले पचास भन्दा अधिक शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे। १९९९मा टाइम पत्रिका ले शताब्दी-पुरूष घोषित गर्यो। एक सर्वेक्षणको अनुसार उनिलाई सार्वकालिक महानतम वैज्ञानिक मानियो। आइंसटाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ।
बाल्यकाल र शिक्षा [सम्पादन गर्ने]
अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनी मा वुटेमबर्गको एक यहूदी परिवारमा भयो। उनको पिता एक इन्जीनियर र सेल्सम्यान थिए। उनको मां पौलीन आइंस्टाइन थियो। हुनत आइंस्टाइनको शुरू-शुरू मा बोल्नमा कठिनाई हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए। उनको मात्री-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सीके।
१८८० मा मा उनको परिवार म्यूनिख शहरमा गए जहाँ उनको पिता र काका ले Elektrotechnische Fabrik J. Einstein & Cie नामक कम्पनी खोले। यिनी कम्पनी बिजुली को उपकरण बनाउँथे र यसले म्यूनिक को Oktoberfest मेला मा पहिलो पल्ट उज्यालो को व्यवस्था पनि गरेको थियो। उनको परिवार यहूदी धार्मिक परम्पराहरुलाइ मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए। आफ्नी आमा ले भने पछि उनले सारन्गी बजाउन सिक्न थाले। उनलाइ यो कुरा मन पर्दैनथ्यो र पछि यसलाइ छोडे, तर पछि उनले मोजार्टको सारन्गी सन्गितमा उनलाई धेरै आनन्द आउँथ्यो।
हर्मन आइंस्टीनको छोरा पांच देखि दस वर्षको उमेर सम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे| हुनत आइन्स्टाइनले कतिनाईबाट बोल्न सिकयोवे प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए|आइन्स्टाइनले मजा को लागि मोडल र यान्त्रिक उपकरणहरु को निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकायो। तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थियो। यहूदी समुदायले तल्मूडको छ सालको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे। यस समय भरि तल्मूड. पुरा मनले धेरै धर्मनिरपेक्ष शैक्षिक हितहरु को माध्यमबाट आइन्स्टाइन निर्देशित भए।