ऐँसेलु
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
ऐँसेलु पहाडी फल हो यो फल रंगको आधारमा 3 थरीको हुन्छ। यो फल चैत्र देखि लिएर साउन सम्म पाक्ने गर्दछ। मुख्यत रातो ऐँसेलु सर्वत्र देख्न पाइन्छ। तर अरु जातको ऐँसेलु भने कतै कतै मात्र देखिन्छ। ऐँसेलुको फल ओखल जस्तै हुन्छ। यसको फल काँचो छँदा पत्रदलले ढाकेको हुन्छ।
विषयसूची |
ऐँसेलुको प्रकार [सम्पादन गर्ने]
ऐँसेलुको बिभिन्न नाम तथा फल पातको विवरण यस प्रकार छन।
रातो ऐँसेलु [सम्पादन गर्ने]
यो जातको ऐँसेलु पहाडी भेगको सबै ठाउँमा हुन्छ। यसको फल काचोमा हरियो र पाकि सकेपछि रातो(सुन्तला रंग) हुने हुनाले यसलाई रातो ऐँसेलु भनिन्छ। यसको वोट एक झाडी आकारको हुन्छ। रातो ऐँसेलु पनि 2 प्रकारको हुन्छ। एक ठूलो झाडी र फलको स्वाद गुलियो हुन्छ भने अर्को सानो वोट भएको र फलको स्वाद अलि चुकिलो हुन्छ। पहिलो खालको ऐँसेलुको पात फुस्रो हरियो हुन्छ भने दोस्रो ऐँसेलुको पात चिल्लो हरियो हुन्छ। पहिलो जातको ऐँसेलुको काँडा केही कम हुन्छ भने दोस्रो जातको ऐँसेलुको काँडा धेरै खतरनाक हुन्छ। पहिलो जातको चैत देखि जेठको अन्त सम्म पाकेको पाइन्छ भने दोस्रो जातको ऐँसेलु जेठको अन्तमा पाकेको हुन्छ।
कालो ऐँसेलु [सम्पादन गर्ने]
कालो ऐँसेलु लहराको रूपमा फैलिएको हुन्छ। यसको पातको आकार गोलो हुन्छ। पातको बाहिर पट्टीको रंग सेतो र भित्र पट्टी हरियो हुन्छ। यसको काँडा अरु ऐँसेलु भन्दा कम हुन्छ। यसको फलको रंग काँचो छँदा हरियो पाकि सकेपछी कालो हुन्छ।
छारे ऐँसेलु [सम्पादन गर्ने]
यो ऐँसेलुको फलको रंगमा खरानी (छारो) छरे जस्तो हुने हुनाले यसलाई छारे ऐँसेलु भनिन्छ। यसलाई कतै कतै जोगी ऐँसेलु पनि भनिन्छ। यो ऐँसेलुकोपनि कालो ऐँसेलु जस्तै लहरा हुन्छ। यो ऐँसेलुको काँडा अरु ऐँसेलु भन्दा धेरै घातक हुन्छ। यसको काँडा बिरालोको नङ्ग्रा जस्तै उल्टो फर्केको हुन्छ। यसको पातको रंग बाहिर पट्टी सेतो र भित्र पट्टी चिल्लो हरियो हुन्छ। यो ऐँसेलु जेठको अन्त देखि लिएर साउन सम्म पाकेको पाइन्छ।