रातो ऐँसेलु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
रातो ऐँसेलु
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): Angiosperms
(unranked): Eudicots
गण: Rosales
कुल: Rosaceae
वंश: Rubus
Subgenus: Idaeobatus
प्रजाति: R. ellipticus
द्विपद नाम
Rubus ellipticus
Sm.[१]

वैज्ञानिक नाम रुबस इलिप्टिकस(Rubus ellipticus)ले चिनिने यो वनस्पति हिमालय पर्वत श्रृङ्खला आसपासका पहाडी भूभागमा पाइने एक बहुबर्षीय बुट्यान वर्गको वनस्पति हो। रुबस इलिप्टिकस अर्थात रातो ऐँसेलु एशियाको हिमालय पर्वत श्रृङ्खला आसपासका क्षेत्रको रैथाने वनस्पति हो। यो जातको ऐँसेलु नेपालको पहाडी भेगको सबै ठाउँमा पाइन्छ। नेपालका अलावा भारतका उत्तरी पहाडी भूभाग, चीनपाकिस्तानमा समेत पाइन्छ। यसको बोट एक झाडी खालको हुन्छ। रातो ऐँसेलु पनि दुई प्रकारको हुन्छ। एक प्रकारको ठूलो झाडी हुन्छ भने अर्को सानो बोट भएको हुन्छ। पहिलो खालको ऐँसेलुको पात खस्रो र हल्का हरियो हुन्छ भने दोस्रो ऐँसेलुको पात चिल्लो र गाढा हरियो हुन्छ। पहिलो जातको ऐँसेलुको काँडा केही कम हुन्छ भने दोस्रो जातको ऐँसेलुको काँडा धेरै खतरनाक हुन्छ।

फल [सम्पादन गर्ने]

यसको फल काँचोमा हरियो र पाकि सकेपछि रातो(सुन्तला रंग) हुने हुनाले यसलाई रातो ऐँसेलु भनिएको हो। ठूलो झाडीहुने प्रजातिको फलको स्वाद गुलियो हुन्छ भने अर्को सानो बोट भएको प्रजातिको फलको स्वाद अलि चुकिलो (अमिलो) हुन्छ। पहिलो जातको चैत देखि जेठको अन्त सम्म पाकेको पाइन्छ भने दोस्रो जातको ऐँसेलु जेठको अन्तमा पाकेको हुन्छ।

काण्ड [सम्पादन गर्ने]

रातो ऐँसेलुको झुसयुक्त काण्ड

रातो ऐँसेलुको काण्ड घोप्टो परेका नङ्ग्रा आकारका काँडा तथा तिखा बिषालु झुसयुक्त भएको हुन्छ।

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

  1. "Wild edible angiospermic plants of Illam Hills (Eastern Nepal) and their mode of use by local community"