कमलामाई नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कमलामाईबाट अनुप्रेषित)
कमलामाई
सिन्धुली माढी बजारको दृश्य
सिन्धुली माढी बजारको दृश्य
कमलामाई is located in बागमती प्रदेश
कमलामाई
कमलामाई
नक्सामा कमलामाई नगरपालिका
कमलामाई is located in नेपाल
कमलामाई
कमलामाई
कमलामाई (नेपाल)
निर्देशाङ्क: २७°९′०″उ॰ ८५°५४′०″पू॰ / २७.१५०००°N ८५.९००००°E / 27.15000; 85.90000निर्देशाङ्कहरू: २७°९′०″उ॰ ८५°५४′०″पू॰ / २७.१५०००°N ८५.९००००°E / 27.15000; 85.90000
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुली जिल्ला
नगरपालिकावि.सं. २०५३ चैत्र १४[१]
समावेश (गाविस)सिद्धेश्वर र भिमान
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)डाँडिगुराँसे, भद्रकाली, जलकन्या, रानिबासरानिचुरी
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • मेयरखड्ग​बहादुर खत्री
 • उप मेयरमञ्जु देवकोटा
क्षेत्रफल
 • जम्मा४८२.५७ किमी (१८६.३२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६५०६४
 • घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४५९००
क्षेत्रीय सङ्केत०४७
वेबसाइटwww.kamalamaimun.gov.np

कमलामाई नेपालको बागमती प्रदेशमा पर्ने सिन्धुली जिल्लाको एक नगरपालिका हो। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। सिन्धुली जिल्लामा रहेका तत्कालिन सिद्धेश्वर र भिमान गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। कमला उपत्यकाभित्र पर्ने यो नगरपालिकामा सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। कुल १४ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ६५,०६४ रहेको छ।[२]कमलामाई नगरपालिकाको पूर्वमा तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिकादुधौली नगरपालिका त्यसतै यसको पश्चिममा मरिण गाउँपालिकासर्लाही जिल्ला, उतरमा सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिका तथा दक्षिणमा धनुषा जिल्लामहोत्तरी जिल्ला रहेका छन्।

नामकरण[सम्पादन गर्नुहोस्]

प्रसिद्ध कमला नदीको तटमा रहेको कमलामाई मन्दिरको नामबाट यो नगरपालिकाको नामाकरण कमलामाई गरिएको छ।

क्षेत्रगत फैलावट[सम्पादन गर्नुहोस्]

नेपाल राजपत्रमा वि.सं. २०५३ चैत्र १४ गते प्रकाशित सूचना अनुसार तत्कालिन सिद्धेश्वर र भिमान गाविसहरूलाई मिलाएर यो नगरपालिकाको स्थापना भएको हो। वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम यस नगरपालिकामा १४ वडा रहेका छन्।[३][४][५]

स्थानीय तह पुनर्संरचना आयोगले वि.सं. २०७३ फाल्गुन २२ गते गरेको सिफारिसलाई नेपाल सरकारले अनुमोदन गरि नेपाल राजपत्रमा वि.सं. २०७३ फाल्गुन २७ गते प्रकाशित गरेपछि यस नगरपालिकामा सिन्धुली जिल्लाका तत्कालिन डाँडिगुराँसे, भद्रकाली, जलकन्या, रानिबासरानिचुरी गाउँ विकास समितिलाई सम्मिलित गरिएको थियो। वर्तमान समयमा यो नगरपालिकाको कुल क्षेत्रफल ४८२.५७ वर्ग किलोमिटर भएको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको वि.सं. २०६८ सालको जनगणना अनुसार यो नगरपालिकाको कुल जनसङ्ख्या ६५,०६४ रहेको छ। सम्पूर्ण जनसङ्ख्यामध्ये ३९,७३० पुरुष र ३८,११५ महिला रहेका छन् ।

प्रमुख स्थानहरू[सम्पादन गर्नुहोस्]

नगरपालिकाको मुख्य वस्तीहरूमा ज्यामिरे, डुम डाँडा, वेसारे, राजपानी, शिखर, खैरेनी, सिमले, लामिडाँडा, कुडुले, बोगटी, गैयाँटार, रातमाटा, राम्माढी, दोभानटार, माझगाउँ, पाखाटोल, कुलो खोला गाउँ, सरकारी टोल, राजमहल, चिलाउने टोल, तरुल वन, मजुरे गाउँ, ताप्के गाउँ, भिमान, ढुङ्ग्रेवास, ढकाल गाउँ आदि हुन्। भिमान बजार, सिन्धुली बजार (१ नं. बजार, २ नं. बजार), धुरा बजार र ढुङ्ग्रेवास बजार नगरपालिकाका प्रमुख बजारहरू हुन्। सिन्धुली तथा भिमान बजारमा साप्ताहिक हाटबजार पनि लाग्ने गर्दछ। शिद्धबाबा, कालीमाई तथा कमलामाई यहाँका मुख्य मन्दिरहरू हुन्। रानीचुरी डाँडो नगरपालिकाको ऐतिहासिक स्थल हो ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

कमलामाई नगरपालिका कमला उपत्यकाभित्र पर्दछ। यस उपत्यका तथा नगरपालिकाको मथिल्लो डाँडामा ऐतिहासिक सिन्धुलीगढी दरवार छ। नगरको मुख्य बजार सिन्धुली माढीमा बसेको छ। यहाँ पृथ्वी नारायण शाहका गोर्खाली सेनाले कप्तान किनलोकका अङ्ग्रेजी सेनालाई नेपाल एकीकरण ताका पराजित गरेको थियो। राणाकालमा दरवार बनेपछि सो क्षेत्रको प्रशासनिक केन्द्र बनाइएको थियो। यस नगरपालिकाको सिन्धुलीमाढी क्षेत्रमा लगभग नौ हजार मानिस बसोबास गर्दछन्।

नगर निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं. २०५४ को निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा क्रमशः वासुदेव श्रेष्ठ र रसबहादुर कार्की निर्वाचित भएका थिए। उनीहरूको कार्यकाल समाप्तिपछि तत्कालिन श्री ५ को सरकारले वासुदेव श्रेष्ठलाई प्रमुख र भीष्मराज श्रेष्ठलाई उपप्रमुखमा मनोनित गरेको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "नेपाल जनगणना वि.सं. २०६८", अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  3. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  6. "कमलामाई नगरपालिका", Kamalamaimun.gov.np [dead link]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]