गिद्धेप्रेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालमा ल्याइएको गिद्धेप्रेसको नमुना

गिद्धे छापाखाना अर्थात् गिद्धे प्रेस नेपालको पहिलो छापाखाना हो। यो प्रेस प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो एक वर्षे बेलायत भ्रमण सकेर नेपाल फर्कदा वि.सं १९०८ मा आफ्नो साथमा ल्याएका थिए । तत्कालीन बेलायतकी महारानी भिक्टोरियाले उपहारस्वरूप दिएको यो प्रेसलाई उनले थापाथली स्थित आफ्नै दरवारमा जडान गर्न लगाएका थिए। भी .एण्ड जे. फिज्जिन्स मेकर्स’ लेखिएको त्यस मेसिनको अग्रभागमा पखेटा फिजाएको गिद्धको आकृति भएकाले त्यस प्रेसलाई नेपालमा गिद्धप्रेस नामबाट चिनिएको थियो।[१] यसलाई नेपालमा गिद्धे प्रेस भनिएपनि यसको वास्तविक नाम कोलम्बियन प्रिन्टिङ प्रेस हो । सुरुमा जर्मनीका गुटेनबर्गले सुरुमा अंगुर निचोर्ने हाते मेसिनलाई सुधारेर एउटा हाते मेसिनको आविष्कार गरेका थिए । अक्षरमाथि मसी दलेर त्यसमाथि कागतको पाना राखेर माथिबाट थिचेर सिसाका अक्षरको छाप कागतमा उतार्ने उपाय अपनाएर उक्त मेसिनमा छाप्ने गरिन्थ्यो । यो हातेप्रेस त्यसैको सुधारिएको रूप हो । त्यो अमेरिकाको कोलम्बियामा बनेको थियो । [२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]