ट्रु निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्रु निगम
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगदूरसञ्चार
इलेक्ट्रोनिक सामग्रीहरू
स्थापित१३ नोभेम्बर १९९०; ३३ वर्ष पहिले (१९९०-११-13)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
थाइल्यान्ड
मुख्य व्यक्ति
सुपचाइ चेराभानोन्ट, कार्यकारी अधिकृत
उत्पादनहरूमोबाइल फोन
स्मार्टफोन
सेट टप बक्स
ट्याबलेट कम्प्युटर
सेवाहरूकेबल टेलिभिजन, मोबाइल फोन, इन्टरनेट
राजश्ववृद्धि १२४ बिलियन (२०१६)[१]
कुल सम्पत्तिवृद्धि ४४९ बिलियन (०१६)
कर्मचारी सङ्ख्या
२३,०००
मूल सङ्गठनचारोन पोक्पान्ड समुह
वेबसाइटwww.truecorp.co.th

ट्रु निगम सार्वजनिक कम्पनी लिमिटेड वा सामान्यतया (ट्रु) थाइल्यान्डको एक सञ्चार समूह हो । ट्रुले थाइल्याण्डको सबैभन्दा ठूलो केबल टेलिभिजन प्रदायक ट्रु भिजन्सको नियन्त्रण गर्दछ, थाइल्याण्डको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक ट्रु इन्टरनेट र थाइल्याण्डको सबैभन्दा ठूलो मोबाइल सञ्चालक ट्रु भुभ एचको पनि नियन्त्रण गर्दछ । जो थाइल्यान्डमा उन्नत जानकारी सेवा कम्पनी पछिको र पूर्ण पहुँच सञ्चार सार्वजनिक कम्पनी लिमिटेड अधिको सबैभन्दा ठूलो वा थाइल्यान्डको दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक हो । अगस्त २०१४ को अनुसार, ट्रु र ट्रु दूरसञ्चारको विकास पुर्वाधार कोषमा बृद्धि भएको थियोे जसमा यसको संयुक्त बजार पूँजीकरण १० अर्ब अमेरिकी डलर पुगेको थियोे । ट्रु मुभ भोडाफोन समूह को एक सहायक कम्पनी पनि हो । यसको मुख्यालय थाइल्यान्डको बैङ्ककमा रहेको छ ।

ट्रु, पोकफान्ड समूहको एक सहायक कम्पनी हो र मार्च २०१७ का अनुसार यसले कम्पनीको ५०.२१ प्रतिशत स्वामित्व लिएको छ । यसले निश्चित-लाइन, ताररहित, केबल टिभी, आईपीटीभी र ब्रोडब्यान्ड सेवाहरू सञ्चालन गर्दछ ।

इतिहास[सम्पादन गर्नुहोस्]

ट्रु निगम, १३ नोभेम्बर १९९० मा टेलिकम एसिया को रूपमा स्थापित भएको थियो ।[२] सुरूमा यसले भरिजोन नामक कम्पनीसँग साझेदारी गरेको थियो । कम्पनीले २२ डिसेम्बर १९९३ मा थाइल्यान्डको स्टक एक्सचेन्जमा सूचीबद्ध गरिएको थियोे ।[३] सन् २००१ मा, टेलीकम एसियाले ओरेन्ज एसएसँग मोबाइल फोन सहायक स्थापित गर्यो । आेरेन्जले सन् २००३ मा यसको भाग बेचेको भएपनि सन् २००६ सम्म आेरेन्ज ब्रण्डनै प्रयोगमा आएको थियो । [४]

टेलिकम एसिया कम्पनीलाई संयुक्त कम्पनीको रूपमा स्थापित गर्ने उदेश्यले, कम्पनीलाई सन् १९८३ मा ट्रु निगमको रूपमा नामाकरण गरियो । एसिया इन्फोननेटसँग यसको सञ्चालनलाई सुव्यवस्थित गरियो र यसका सहायक कम्पनीहरू जस्तै एसिया इन्फोनेटलाई (ट्रु इन्टरनेट) र ओरेन्जलाई (सन् २००६ मा ट्रु मुभमा नामाकरण गरिएको थियोे) ।

८ मई २०१३ मा, ट्रु मुभ एच २१०० मेगाहर्ज ब्याण्डका साथ ४ जी एलटिइको वाणिज्यिक सेवा प्रदान गर्ने थाइल्यान्डको पहिलो मोबाइल सञ्चालक बनेको थियोे ।

११ सेप्टेम्बर २०१४ मा, चीन मोबाइलले ८८१ मिलियन डलरमा कम्पनीको शेयर १८ प्रतिशत खरीद गर्नको लागि सहमत भएको थियोे ।

१३ नोभेम्बर २०१४ मा, ट्रुमुभ एचले आफ्नो ४ जी एलटिइ सेवा ८० % देशको जनसङ्ख्यामा पुर्‍याउने उदेश्यले १० अरब बाटको निष्कासन गरेको थियोे ।[५]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "बित्तिय चित्रण", ट्रु कर्पोरेसन, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१७ 
  2. "प्रोसरिडर डटकम - मानिहरूलाई समाचारको माध्यमद्वरा जोड्ने", प्रोसरिडर, अन्तिम पहुँच २०१८-०२-०४ 
  3. "कम्पनीको प्रोफाइल", स्टक एक्सचेञ्ज अफ थाइल्यान्ड, अन्तिम पहुँच ३ जुलाई २०१०  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०२२ मिति
  4. "आेरेन्जले यसको ३९% भाग बेचेको छ", टेलिकम एसिया, २००४-०४-०१। 
  5. "थाइल्यान्डको पहिलो ४ जी एलटिइ सेवा", मोबाइल एसिया  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]