डल्फिन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
colspan=2 style="text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | डल्फिन
Temporal range: 10–0 Ma
Miocene – Recent
A bottlenose dolphin breaching in the bow wave of a boat
colspan=2 style="text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
भाग: Chordata
वर्ग: स्तनधारीप्राणी
गण: Cetacea
कुल: Delphinidae

डल्फिन समुद्री स्तनधारी जीव हो। यो जीवको ह्वेल सँग निकट सम्बन्ध छ। डल्फिनको १७ वंश र ४० प्रजातिहरू छन्। यिनीहरूका आकार १.२ मी (४ फीट) एवं ४०० कि.ग्रा (माउई डल्फिन) देखि लिएर ९.५ मी (३० फीट) १० टन (ओर्का या किलर व्हेल) सम्म हुन सक्छ। यो विश्वका सबै ठाउँमा पाइन्छ। खासगरी महाद्वीपीय तख्ताको समुन्द्री क्षेत्रमा यो जीव पाइन्छ। यो मांसाहारी हुन्छ र सानो माछाहरू र समुद्री जीव यसको मुख्य आहार हो। डल्फिनको उत्पत्ति लगभग १ करोड वर्ष पहिले मियोसीन कालको समयमा भएको थियो।

डल्फीन पृथ्वीमा रहेका केहि धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। डल्फिनको सधैं खुशी रहन बानी र मानिस सँगको मित्रवत व्यवहारले यो मानिसको प्रिय जीवको रूपमा परिचित छ। गंगा नदीमा पाइने डल्फीनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ।