दीपेन्द्र वीर विक्रम शाह

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दीपेन्द्र वीर विक्रम शाह नेपालका राजा थिए। उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन्। दरवार हत्याकाण्ड पछि यिनी अर्धमृत अवस्थामा राजा घोषित गरिएका थिए त्यसको तेस्रो दिन यिनलाई मृत घोषित गरियो। दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगको रिपोर्ट अनुसार सो हत्याकाण्डमा राजा बीरेन्द्र रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएका थिए भन्ने निष्कर्ष निकालेको थियो। दीपेन्द्र नेपालका राजा बीरेन्द्ररानी ऐश्वर्यका जेठा छोरा थिए। यिनी अविवाहित अवस्थामा नै मारिए।