नन्दकृष्ण जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नन्दकृष्ण जोशी देउडा गायक हुन्।[१][२] उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने पहिलो सुदुर पश्चिमेली व्यक्ति हुन्। जोशी नेपालको जनआन्दोलन दोस्रो लगायतका विभिन्न आन्दोलनमा सहभागिता जनाएर ३७ पटक जेल गइसकेका छन्। नेपालको राष्ट्रिय गान सयौं थुंगा फूलका हामीको चयन समितिमा रहेका जोशीले देउडा गायनलाई राष्ट्रियस्तरमा चिनाउन सफल बनेका छन्।[३]

जीवनी[सम्पादन गर्नुहोस्]

नन्दकृष्णको जन्म वि.सं. २०१५ साल साउन १५ गते बझाङको तलकोटमा भएको हो।[४] उनको पिताको नाम जगदीश जोशी र माताको नाम गंगमती जोशी हो। ती चार जना भाइमा नन्दकृष्ण एक हुन्। सानो छँदा उनलाई नन्दकिशोर भनेर बोलाइने गरिन्थ्यो।सप्ताह, नवाह, सत्यनारायण गराउने उनका पिताले उनको नाम फेरेर नन्दकृष्ण राखिदिए। तलकोट क्षेत्रबाट स्नातोकोत्तर बराबरको पढाइ सक्ने उनी पहिलो व्यक्ति हुन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

बडीगाउँको विद्यालयमा पाँच कक्षासम्मको अध्ययनपछि उनले आठ कक्षासम्म तलकोटको दुर्गा भवानी निम्न माध्यमिक विद्यालयमा पढे। कक्षा ८ पछि उनले बझाङ सत्यवादी माध्यमिक विद्यालयमा भर्ना भएर उत्तीर्ण गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सडकमा लोकतन्त्रको 'झ्याम्म झ्याम्म'", नेपाल समय (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०१ [dead link]
  2. "लोकस्टारमा अब ६ जना प्रतिष्पर्धी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०१ 
  3. "महानायकले सुनेकोे कर्णाली र देखेको कर्णाली", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०१ 
  4. "नन्दकृष्ण जोशी सानो छँदा", कोइराला (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]