नन्दकृष्ण जोशी
नेपाली विकिपीडियाबाट
नन्दकृष्ण जोशी देउडा गायक हुनुहुन्छ । उहाँ २०१५ साल साउन १५ मा बझाङको तलकोटमा जन्मनुभएको हो । पिता जगदीश र माता गंगमतीका चार छोरा र तीन छोरी जन्मेका थिए । ती चार भाईमा नन्दकृष्ण एक हुनुहुन्छ ।
तलकोट क्षेत्रमा ६ गाविस छन् । ती गाविसबाट एमबराबरको पढाई सक्ने उहाँ पहिलो हुनुहुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने पहिलो सुदुर पश्चिमेली हुनुहुन्छ । जोशी जनआन्दोलन २ लगायतका विभिन्न आन्दोलनमा गरी ३७ पटक थुनिनुभयो । नयाँ राष्टियगानको चयन समितिमा पुगेका जोशीले देउडा गायनलाई राष्ट्रिय स्तरमा चिनाउनुभएको छ । आफूलाई अगाडी बढाउन सधैं हौसला दिने दाजुहरु शुकदेव र देवीचन्द्रलाई सम्झनुहुन्छ ।