नरहरि आचार्य
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नरहरि आचार्य
नेपाली कांग्रेसका बौद्धिक व्यक्तित्व मानिने नरहरि आचार्य संविधानसभामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र शिक्षा-स्वास्थ्यको ग्यारेन्टी गर्ने दुई मुद्दा विशेष प्राथमिकताका साथ उठाउन प्रतिबद्ध हुनुहुन्छ। नेपाली साहित्यमा एम्.ए. गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयमा १६ वर्ष प्राध्यापन गरिसक्नु भएको छ। विद्यार्थी अवस्थादेखि नै प्रजातान्त्रिक आन्दोलनमा संलग्न रही जेल जीवन विताइसकेका आचार्य राष्ट्रिय सभा सदस्यका रूपमा २०४८ देखि पूर्णकालीन राजनीतिमा संलग्न हुनुभएको हो। उहाँले कानून न्याय तथा संसदीय विकास मन्त्रीको जिम्मेदारी सम्हालिसक्नुभएको छ। उहाँ नेपाली काङ्ग्रेस,महासमिति सदस्य हुनुहुन्छ।
समाजसेवा र अध्ययनमा रुचि राख्ने आचार्य समाजवादी चिन्तन राख्नुका साथै गणतन्त्रमा जाने नेपाली जनताको विचारको प्रतिनिधित्व गरेकाले आफूलाई पार्टीले संविधानसभामा प्रतिनिधित्व गराएको ठान्नुहुन्छ। दुई छोरीका पिता आचार्यका राजनीतिसँग सम्वन्धित थुप्रै लेखरचना र नयाँ नेपालको प्रस्तावना, राज्यको पुनःसंरचना तथा रूपान्तरण,पार्टीमा लोकतन्त्र लगायत पुस्तकहरू प्रकाशित छन्।