नरहरि आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरहरि आचार्य
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री
कार्यकाल
१३ फागुन २०७० – २५ असोज २०७२
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीसुशील कोइराला
उपराष्ट्रपतिपरमानन्द झा
पूर्वाधिकारीहरिप्रसाद न्यौपाने
उतराधिकारीअग्नि खरेल
संविधान सभा सदस्य
कार्यकाल
२०६५–२०७४
निर्वाचन क्षेत्रकाठमाडौँ ५
व्यक्तिगत विवरण
जन्म (1953-09-27) २७ सेप्टेम्बर १९५३ (उमेर ७०)
काठमाडौँ
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
अभिभावकहरू
  • उमानाथ आचार्य
  • रेवती आचार्य
वेबसाइटnarahariacharya.com

नरहरि आचार्य एक नेपाली राजनीतिज्ञ हुन्। सुशील कोइराला नेतृत्वको सरकारमा २०७० फागुन १३ गते कानून, न्याय, संविधान सभा, संसदीय मामिला तथा शान्ति तथा पुनःनिर्माण मन्त्रीको जिम्मेवारी सम्हालेका उनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। आचार्य नेपालको दोस्रो संविधान सभाको सदस्य बनेका थिए। उनले संविधान सभा निर्वाचन, २०७० मा नेपाली कांग्रेसबाट काठमाडौँ ५ सिट जितेका थिए।[१]

समाजसेवा र अध्ययनमा रुचि राख्ने आचार्य समाजवादी चिन्तन राख्नुका साथै गणतन्त्रमा जाने नेपाली जनताको विचारको प्रतिनिधित्व गरेकाले आफूलाई पार्टीले संविधानसभामा प्रतिनिधित्व गराएको ठान्नुहुन्छ। दुई छोरीका पिता आचार्यका राजनीतिसँग सम्वन्धित थुप्रै लेखरचना र नयाँ नेपालको प्रस्तावना, राज्यको पुनःसंरचना तथा रूपान्तरण,पार्टीमा लोकतन्त्र लगायत पुस्तकहरू प्रकाशित छन्।[२]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

नरहरि आचार्यको जन्म २०१० असोज ११ गते काठमाडौँको बिशारनगरमा उमानाथ आचार्य र रेवती आचार्यको घरमा भएको थियो। मानविकी विषयमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयमा १६ वर्ष अध्यापन गरेका छन्। उनले लेखिका शारदा शर्मासँग विवाह गरेका छन् र उनका दुई छोरी छन्।[१]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

२०४६ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका आचार्यले २०४६ सालमा मात्र पार्टीको सदस्यता लिएका थिए। वि.सं. २०४८ सालमा राष्ट्रिय सभाको सदस्य बनेका उनी कानून, न्याय, संविधानसभा र संसदीय मामिलामन्त्रीमा नियुक्त भएका थिए।

विसं २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौँ ५ बाट १३ हजार २४५ मत प्राप्त गरी विजयी भएका थिए नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई नौ हजार १२० मतले पराजित गरे। राजनीतिक गतिविधिका क्रममा उनलाई १ वर्ष जेल सजाय पनि सुनाइएको थियो।

निर्वाचनको इतिहास[सम्पादन गर्नुहोस्]

संविधान सभा निर्वाचन, २०७०[सम्पादन गर्नुहोस्]

काठमाडौँ ५
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली कांग्रेस नरहरि आचार्य १५,३६४
नेकपा एमाले ईश्वर पोखरेल १४,७२३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजाराम श्रेष्ठ ४,३५९
एनेकपा (माओवादी) महेन्द्रकुमार श्रेष्ठ ३,६५५
स्वतन्त्र राजनीतिज्ञ उज्वल थापा १,१६३
अन्य २,६७४
नतिजा कांग्रेसको जित
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०६४[सम्पादन गर्नुहोस्]

काठमाडौँ ५
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली कांग्रेस नरहरि आचार्य १३,२४५
नेकपा एमाले ईश्वर पोखरेल ९,१२०
नेकपा (माओवादी) दिपेन्द्र प्रकाश महर्जन ८,०८९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कमल थापा ३,९२५
नेकपा (मालेवाद) दमनबहादुर खत्री १,०२२
अन्य २,१९४
अवैध मतहरू १,३८९
नतिजा कांग्रेसको जित
स्रोत: निर्वाचन आयोग[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नरहरि आचार्यको एकान्तबास", सेतोपाटी, अन्तिम पहुँच २०२४-०१-२८ 
  2. संविधान सभा निर्वाचन पोर्टल
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५