पाकिस्तान क्रिकेट बोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाकिस्तान क्रिकेट बोर्ड
پاکستان کرکٹ بورڈ
खेलक्रिकेट
क्षेत्राधिकार पाकिस्तान
स्थापना१ मे १९४९; ७४ वर्ष पहिले (१९४९-०५-01)
मान्यताअन्तर्राष्ट्रिय क्रिकेट परिषद्
मान्यता प्राप्त मिति२८ जुलाई १९५२ (1952-07-28)
क्षेत्रीय आवद्धएसियाली क्रिकेट परिषद्
आवद्ध मिति१९ सेप्टेम्बर १९८३; ४० वर्ष पहिले (१९८३-०९-19)
मुख्यालयगद्दाफी रङ्गशाला, फिरोजपुर
स्थानलाहोर, पाकिस्तान
सभापतिमोहसिन राजा नाकवी
निर्देशकमोहम्मद हफीज
पुरुष प्रशिक्षकमोहम्मद हफीज (अन्तरिम)
महिला प्रशिक्षकमोहतासिम रसीद (अन्तरिम)
परिचालन आयरू१९.३२ बिलियन (अमेरिकी डलर$१४० मिलियन) (सन् २०२०-२१)[१]
प्रायोजक
Replacedपाकिस्तान क्रिकेट नियन्त्रक बोर्ड
आधिकारिक वेबसाइट
pcb.com.pk
पाकिस्तान

पाकिस्तान क्रिकेट बोर्ड, पाकिस्तानमा क्रिकेटको लागि एक खेल शासकीय निकाय हो जुन पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीद्वारा सञ्चालित सबै भ्रमण र खेलहरूको नियन्त्रण र आयोजनको लागि जिम्मेवार छ। सन् १९५२ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को सदस्य रहेको यस संस्थाले आइसिसी अन्तर्गत हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा देशको पुरुष र महिला राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दछ।[४]

सन् १९४७ मा ब्रिटिस साम्राज्यको स्वतन्त्र प्रभुत्वको रूपमा पाकिस्तानको स्थापना पछि, स्थानीय पूर्वाधारहरू पहिले नै स्थापित भइसकेका र देश ब्रिटिस राजको अंश भएको कारण व्यावसायिक क्रिकेट वा अन्य क्रिकेट प्रतियोगिताहरू सोही वर्ष सुरु भएका थिए। सन् १९४८ मा क्रिकेट नियन्त्रण बोडको औपचारिक स्थापना नहुञ्जेलसम्म क्रिकेट खेलहरू अनौपचारिक रूपमा आयोजना गरिन्थ्यो। पाकिस्तान जुलाई १९५२ मा इम्पेरियल क्रिकेट कन्फरेन्स (हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को रूपमा चिनिन्छ) मा प्रवेश गरेको थियो, र त्यसपछि टेस्ट क्रिकेट खेल्दै पूर्ण सदस्य रहेको छ। पाकिस्तानले पहिलो टेस्ट शृङ्खला सन् १९५२ को अक्टोबर देखि डिसेम्बरसम्म भारतमा खेलेको थियो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pakistan Cricket Board Financial Report for 2021", pcb.com.pk, अन्तिम पहुँच ५ मे २०२१ 
  2. २.० २.१ "Commercial Partners | Pakistan Cricket Board", pcb.com.pk, अन्तिम पहुँच ४ मार्च २०२२ 
  3. "TCL Teams Up With PCB As Associate Partner Of Pakistan vs Australia Series", The Friday Times (पत्रिका), ३ मार्च २०२२, अन्तिम पहुँच ४ मार्च २०२२  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०२२ मिति
  4. "International Cricket Council", Live Cricket Scores & News International Cricket Council, २०१७-०१-३१, अन्तिम पहुँच २०२०-१२-१७  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१२ मिति
  5. "A look at the first meetings of Pakistan vs India cricket rivalry", Pakistan Today (अङ्ग्रेजीमा), २०२१-१०-२२, अन्तिम पहुँच २०२२-०६-११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]